दिसा मा रगत (Blood in Stool / Rectal Bleeding)

संपरीक्षक डा. परिमल कोइराला MBBS, MD

    परिचय :

    दिसा वा पिसाब मा रगत देखिनु भनेको असामान्य कुरा हो । शरीर मा कुनै न कुनै खराबी का कारण एस्तो हुन जान्छ । दिसा मा देखिने रगत पनि दुई प्रकार को हुन्छ । एउटा त दिसा मै मिसिएर अर्थात् घोलिएर झरेको र अर्को दिसा सँगै अलग्गै चुहेको आलो । दिसा मै मिसिएर वा घोलिएर झर्नु का पछाडी आन्द्रा परजीवी द्वारा संक्रमित भएर निस्केको वा सानो आन्द्रा मा घाऊ भएको वा आमाशय वा सानो आन्द्रा को आन्तरिक स्राव आदि समस्या हुन सक्छन् । एस्तो दिसा मा रगत मिसिएको प्रष्टै देखिन पनि सक्छ र रगत मिसिएको नदेखिएर दिसा पूरै कालो भएको देखिन पनि सक्छ । तर आलो रुप मा रगत झर्नु भनेको गुदद्वार भन्दा माथी रहेको रेक्टम वा ठूलो आन्द्रा मा घाऊ हुनुको संकेत हो । एसरी चुहेको रगत प्रायः उज्यालो रातो र कहिलेकाहीं गहिरो रातो देखिन्छ । एसका कारण दिसा कालो हुँदैन । पायल्स लगायत का विभिन्न समस्या मा दिसा मा रगत देखिन्छ ।

    हाम्रो पाचन प्रणाली को अन्तिम भन्दा अघिल्लो भाग रेक्टम हो र अन्तिम भाग गुदद्वार वा एनस हो । रेक्टम मा हुने रक्तस्राव लाई रेक्टल ब्लिडिङ का नाम ले जानिन्छ । यो सामान्य देखि लिएर गम्भीर प्रकृति को हुन सक्छ । कहिलेकाहीं यो प्राणघातक समेत हुन सक्छ ।

     

    कारण

    दिसा मा रगत देखिनु का पछाडी अनेक कारणहरु हुन सक्छन् ।

    • कब्जियत हुनु ।
    • दिसा बढ्ता साह्रो हुनाले रेक्टम अर्थात् गुदद्वार माथी को भाग कोतरिएर रगत चुहुनु।
    • गुदद्वार हलुका च्यातिनु ।
    • रगतमासी पर्नु ।
    • हेमोर्वाइड्स हुनु । भन्नाले गुदद्वार तथा रेक्टम मा रहेका रगत का नशाहरु फुल्नु, सुन्निनु र घाऊ हुनु लाई बुझिन्छ । एसलाई बवासिर का नाम ले पनि जानिन्छ ।
    • पायल्स हुनु ।
    • गुदद्वार को क्यान्सर हुनु ।
    • रेक्टल क्यान्सर हुनु ।
    • कोलोन क्यान्सर हुनु ।
    • आन्द्रा का भित्ताहरु बाट रगत चुहुनु ।

     

    लक्षण

    दिसा मा भर्खरै चुहे जस्तो रगत देखिनु नै एसको पहिलो र मुख्य लक्षण हो । दिसा बस्दा गाह्रो हुने र गुदद्वार माथी को भाग दुख्ने हुनु पनि एसको अर्को लक्षण हुन सक्छ । अन्य लक्षणहरु मा –

    • पेट फुल्नु वा ढुस्स हुनु ।
    • भोक नलाग्नु ।
    • कमजोरी तथा थकान को महसूस हुनु ।
    • तौल घट्दै जानु ।
    • दिसा चुहेजस्तो भान हुनु तर छाम्दा रगत देखिनु ।

     

    रोग को निदान

    के भएर दिसा मा रगत देखिएको हो भन्ने बारे मा डाक्टर ले विभिन्न किसिम का परीक्षण गर्न सक्छन् । एकातिर दिसा मा कुनै परजीवी छ कि छैन भनेर दिसा को जाँच गर्न सक्छन् भने अर्कातिर रगत धेरै गएर हेमोग्लोबिन को कमी भएको हो कि भनेर रगत को जाँच गर्न सक्छन् । दिसा मा रगत आउनु का पछाडी पायल्स पनि हुन सक्छ र बवासिर पनि हुन सक्छ । गुदद्वार मा वा कोलोन मा क्यान्स पनि एसको कारण हुन सक्छ । तेसैले डाक्टर ले कोलोनोस्कोपी गरेर रक्तस्राव को कारण पत्ता लगाउने छन् ।

     

    उपचार

    दिसा मा रगत देखिनु लाई सामान्य ठानेर उपचार नगरीकन बस्नु बुद्धिमानी हुँदैन । कहिलेकाहीं यो सामान्य हुन पनि सक्छ र कहिलेकाहीं यो गम्भीर समस्या को संकेत पनि हुन सक्छ । ठूलो आन्द्रा को क्यान्सर अर्थात् कोलोन क्यान्सर मा पनि दिसा मा रगत देखिने हुँदा एसको समय मै निदान भयो पनि उपचार सहज र सरल हुन्छ ।

     

    रोकथाम

    दिसा मा रगत आउनुका पछाडी अनेक कारण मध्ये कब्जियत पनि एक हो । कब्जियत बाट मुक्त हुनका लागि हरिया सागपात, फलफूल तथा फाइबरयुक्त खानेकुरा खानु हितकर हुन्छ । आन्द्रा को अल्सर पनि दिसा मा रगत आउनु को अर्को कारण भएकाले एसिडिटी बाट जोगिन तारे भुटेका खानेकुरा नखानु तथा एसिडिटी को समय मै उपचार गर्नु लाभदायक हुन्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper