दाद (Ringworm)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, एमबीबीएस, पीएचडी

    परिचय :

    एक प्रकार को फङ्गस अर्थात् ढुसी का कारण छाला को बाहिरी सतह मा सानो गोलाकार टाटो का रुप मा देखा पर्ने सुख्खा, खस्रो र चिलाउने खाल को दाग लाई दाद भनिन्छ । नर्मल एक्जिमा दाद को अर्को प्रकार हो । छाला मा आउने दाद को समस्या नभोगेका मानिस विरलै होलान् । जीवन मा एकपटक न एकपटक दाद ले हरकोही लाई सताएकै हुन्छ । यो रोग हात, खुट्टा, टाउको, छाती, काखी, दाह्री, नङ, लिंग, जाँघ, पेट को तल्लो भाग र अन्डकोश आदि मा हुने गर्छ । चिकित्सकीय भाषा मा एसलाई रिङवर्म भनेर चिनिन्छ । दाद सानो अंगुठी देखि ठूलो पैसा आकार मा हुन्छ । जसमा चिलचिलाहट भइरहन्छ । यो रोग एक किसिम को सरुवा रोग हो। एकबाट अर्कामा फैलिने किसिमको रोग हो। एस रोगबाट ग्रस्त व्यक्ति ले प्रयोग गरेका सामानहरु, तौलिया, लुगाहरू वा क्रीम आदि को प्रयोग ले दाद सर्ने गर्दछ । ट्राइकोफाइटन र माइक्रोस्पोरम जात का फङ्गसहरु शरीर मा दाद को समस्या ल्याउनका लागि जिम्मेवार मानिन्छन् । सामान्यतया हेर्दा अंगुठी जस्तो देखिने हुँदा एसलाई अंग्रेजी मा रिंगवर्म भनिएको हो ।

     

    प्रकार :

    माथी पनि भनियो दाद दुई प्रकार का हुन्छन् : एउटा ढुसी को संक्रमण बाट हुने दाद र अर्को सामान्य एक्जिमा । यहाँ ढुसी बाट हुने दाद का प्रकार को चर्चा गरिने छ । दाद बाट प्रभावित शरीर को भाग का आधार मा एसलाई निम्न समूह मा बाँडिएको छ –

    • टिनिया पेडिस (Tinea pedis) : खुट्टा मा हुने फङ्गल संक्रमण ।
    • टिनिया अन्गुइम (Tinea unguium) : हातखुट्टा का नङहरु मा हुने संक्रमण ।
    • टिनिया कर्पोरिस (Tinea corporis) : धड, खुट्टा तथा हात पाखुरा मा हुने संक्रमण ।
    • टिनिया क्रुरिस (Tinea cruris) : काछ तथा सोको वरपर हुने संक्रमण ।
    • टिनिया म्यानम (Tinea manuum) : हत्केला मा हुने संक्रमण ।
    • टिनिया क्यापिटिस (Tinea capitis) : टाउको मा हुने संक्रमण ।
    • टिनिया बार्बी (Tinea barbae) : अनुहार मा हुने संक्रमण ।

     

    कारण :

    दाद उत्पन्न गर्ने फङ्गस अर्थात् ढुसी का लागि न्यानो र ओसिलो वातावरण प्रिय हुन्छ । यो वातावरण उसका लागि वृद्धि हुन र फैलन अनुकूल मानिन्छ । तेसैले एस्तो वातावरण मा बस्ने मानिसहरु एस किसिम को फङ्गल संक्रमण बाट बढ्ता प्रभावित हुन्छन् । अझ जसमा प्रतिरोध क्षमता शक्ति कमजोर छ तिनमा यो संक्रमण बढ्ता देखिन्छ । बढ्ता कस्सिएका कपडा लगाउनाले वा शरीर बाट बढी पसिना निस्कने ठाउँ मा यो दाद हुने सम्भावना हुन्छ । यो सरुवा भएकाले दाद भएका मानिस सँगै सुत्दा वा सम्पर्क मा आउँदा तथा दाद भएका मानिस ले प्रयोग गरेका लत्ताकपडा एवं तौलिया प्रयोग गर्नाले सर्ने हुन्छ ।

     

    लक्षण :

    दाद को लक्षण दाद भएको शरीर को अंग मा तथा दाद ले ओगटेको क्षेत्र मा निर्भर गर्दछ । तर प्रायः सबै दाद मा दाद भएका ठाउँ मा छाला को रंग फरक देखिने र चिलाउने हुन्छ । प्रायः छाला ढुसी को सम्पर्क मा आएको ४ दिन देखि १४ दिन भित्र छाला मा दाद को लक्षण देखिन थाल्छ । ती लक्षण समग्र मा एस्ता हुन्छन् :

    • दाद शुरु हुँदा छाला को रङ मा हलुका परिवर्तन देखिने ।
    • दाद आएका ठाउँ अत्यधिक चिलचिलाहट हुने ।
    • दाद बढ्दै जाँदा छाला को रंग रातो र खस्रो हुने ।
    • छाला मा अंगुठी आकार को टाटो देखिने ।
    • संक्रमित ठाउँ को रौं झर्ने ।
    • समय बढ्नु सँगै दाद को आकार मा पिन वृद्धि हुनु ।

     

    निदान :

    दाद को निदान गर्दा रोगी का लक्षण तथा छाला को जाँच लाई आधार बनाइन्छ । दाद भएको छाला कन्याउँदा निस्कने धूलो लाई प्रयोगशाला मा कल्चर गरेर पनि हेर्न सकिन्छ । दाद मा १० प्रतिशत पोटाशियम हाइड्रोक्साइड को झोल दलेर पनि सो को परीक्षण गर्न सकिन्छ ।

     

    उपचार :

    • दाद को उपचार मा एन्टिफंगल क्रीम तथा लोशन को प्रयोग गर्नु पर्छ । दाद भएको भाग लाई सफा र सुख्खा राख्नु पर्छ ।
    • यदि टाउको मा दाद आएको छ भने सेलेनियम सल्फाइड वा जिंक पाइरिथिओन वा किटोकोनाजोल भएको श्याम्पो ले नुहाउने ।
    • दाद सँगै ब्याक्टेरियल संक्रमण भएको छ भने एन्टिबायोटिक को प्रयोग गर्नु पर्छ ।

     

    के नगर्ने ?

    • हातखुट्टा का नङ लामा नबनाउने ।
    • दाद भएका ठाउँ मा अत्यधिक चिलाउने हुन्छ । कन्याउँदा सकेसम्म नङ् को प्रयोग नगर्ने ।
    • दाद कन्याएको हात नधोइकन शरीर का अन्य अङ्ग नचलाउने ।
    • दाद भएको व्यक्ति ले लगाएका कपडा नलगाउने । उसले प्रयोग गरेका रुमाल गम्छा आदि को प्रयोग नगर्ने ।
    • छाला को रोग भएका जन्तुजनावर देखि टाढा रहने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper