दाँत मा कीरा लाग्नु (Tooth Decay)

संपरीक्षक डा. सुशील कोइराला, BDS, MDS

    परिचय :

    जब दाँत खिइँदै जान्छ र खाल्टो पर्न थाल्छ हामी तेसलाई दाँत मा कीरा लागेको भन्ने गर्छौं । कतिसम्म सुनेका छौं भने दाँत दुखेका मानिस को मुख बाट मसिना कीरै झार्छन् अरे । तर के वास्तव मा दाँत लाई तिनै मसिना सेता कीरा ले खाने हुन् त ? मुख मा ती कीरा कसरी छिर्छन् र हामीले मुख मा ती कीराहरु चल्दै एताउती हिंडेको महसूस किन गर्दैनौं ?

    वास्तव मा दाँत कीरा ले टोकेर खाने होइनन् । अज्ञानतावश भित्रिएको दाँत मा कीरा लाग्यो भन्ने चलन हाम्रो समाज मा एति व्यापक भयो कि दाँत खिइनुको वास्तविकता राम्ररी बुझेकाले पनि दाँत मा कीरा लागेको भनेर नभनेमा बाँकी ले नबुझ्ने अवस्था आएको छ । तेसैले यहाँ दाँत खिइनुलाई दाँत मा कीरा लाग्नु कै पर्याय का रुप मा लिइएको छ ।

    कारकतत्त्व : ब्याक्टेरिया

    जब दाँत खिइँदै जान्छ र खाल्टो पर्न थाल्छ हामी तेसलाई दाँत मा कीरा लागेको भन्ने गर्छौं । कतिसम्म सुनेका छौं भने दाँत दुखेका मानिस को मुख बाट मसिना कीरै झार्छन् अरे । तर के वास्तव मा दाँत लाई तिनै मसिना सेता कीरा ले खाने हुन् त ? मुख मा ती कीरा कसरी छिर्छन् र हामीले मुख मा ती कीराहरु चल्दै एताउती हिंडेको महसूस किन गर्दैनौं ?

    हाम्रो मुखभित्र असंख्य संख्या मा ब्याक्टेरिया हुन्छन् । ५०० देखि ७०० प्रकार का ब्याक्टेरिया हाम्रो मुखभित्र रहने गरेको तथ्य पत्ता लागेको छ । सबै ब्याक्टेरियाहरु हामीलाई हानिकारक हुँदैनन् । केही प्रकार का ब्याक्टेरियाहरु को सम्बन्ध दाँत को सडन सँग गाँसिएको छ । ती ब्याक्टेरिया मध्ये Streptococcus mutans लाई प्रमुख मानिएको छ । यो ब्याक्टेरिया आँफैले दाँत खाने होइन । चिनी जस्ता गुलियो पदार्थ तथा कार्बोहाइड्रेटयुक्त खाना लाई एकदमै मन पराउने यी ब्याक्टेरिया ले ती खानेकुरा लाई खाने क्रम मा जुन अम्ल अर्थात् एसिड पैदा गर्छन् त्यो नै दाँत गलाउने र सडाउने पदार्थ हो ।

    दाँत को सडन भनेको एकैदिन को प्रक्रिया होइन । एसका लागि लामो समय लाग्छ । इनामेल भनेको हाम्रो शरीर को सबैभन्दा कडा भाग हो । त्यसैले डेन्टाइन भन्दा इनामेल निकै कडा हुन्छ । ब्याक्टेरिया ले पैदा गरेको अम्ल ले शुरु मा दाँत को इनामेल लाई गलाउन शुरु गर्छ । कडा बाट नरम बनेको इनामेल बिस्तारै खिइँदै र चबाएका खानेकुरा सँग मिसिँदै जान्छ । जसले गर्दा दाँत मा खाल्टो पर्न शुरु हुन्छ । जब इनामेल खिइएर डेन्टिन सम्म आइपुग्छ तब धेरै चिसो वा धेरै तातो खानेकुरा खाँदा दाँत सिरिङ्ङ हुने समस्या हुन्छ । चिसो पानी पिउँदा पनि सर्रर्र सर्रर्र भएको अनुभूति हुन्छ । इनामेल खिइई सकेपछि डेन्टिन खिइन इनामेल लाई जस्तो धेरै समय लाग्दैन । जब कि इनामेल भन्दा डेन्टिन को तह बाक्लो हुन्छ । डेन्टिन लाई खियाउने पनि उही ब्याक्टेरिया ले पैदा गरेको अम्ल नै हो । डेन्टिन पनि खिइए पछि पल्प को भाग उदांगो बन्न पुग्छ र तेहाँ पर्ने दवावै पिच्छे दुख्न थाल्छ ।

    प्रायः स्वस्थ मुख मा नपाइने तर दाँत सडेपछि कतिपय अवस्था मा पाइने Porphyromonas gingivalis नामक ब्याक्टेरिया लाई बढ्ता खतरनाक मानिन्छ । यो ब्याक्टेरिया को सम्बन्ध पेरिओडोन्टाइटिस नामक दाँत को रोग सँग हुन्छ जुन रोग मा दाँत को जरै सड्ने र बढ्ता पीडा हुने पाइएको छ ।

    उपचार कसरी गरिन्छ ?

    दाँत मा कीरा ले कत्तिको खाएको छ तेसका आधार मा उपचार को विधि फरक पर्ने हुन्छ ।

    • सर्वप्रथम त कीरा ले खाएको दाँत को एक्सरे गरेर खिइएको भाग को अवस्था कस्तो छ भन्ने पत्ता लगाइन्छ ।
    • एकदमै सानो खाल्टो परेको भए फ्लोराइड युक्त्त टुथपेष्ट ले सावधानीपूर्वक दाँत माझ्ने गरेमा ब्याक्टेरिया मा नियन्त्रण हुने र त्यो खाल्टो अरु ठूलो हुन बाट जोगिने हुन सक्छ ।
    • यदि ठूलै खाल्टो परेको छ भने तेसमा सिमेन्ट भरिन्छ र प्वाल लाई टाल्ने गरिन्छ ।
    • फिलिङ ले पनि नहुने अवस्था छ भने आरसीटी (रुट क्यानल ट्रिटमेन्ट) गरेर जरै देखि उपचार गर्नुपर्छ। तर यो खर्चिलो झण्झटिली र समय लाग्ने हुन्छ ।
    • तर आरसीटी गरेर पनि नहुने अवस्था रहेछ भने दाँतै उखेलेर फाल्नु पर्छ ।

    बचावट :

    दाँत मा कीरा लागेर उपचार गर्नु भन्दा कीरा लाग्नै नदिनु बुद्धिमानी हुन्छ । बुढेसकाल मा पनि खानेकुरा चपाएर खान पाइयोस् भन्ने चाहना छ भने सानै देखि दाँत को हेरचाह मा ध्यान दिनु पर्छ ।

    • बिहान र बेलुका खाना खाए पछि राम्रो सँग दाँत सफा गर्ने ।
    • चकलेट वा अन्य केही पनि खानेकुरा खाए पछि मुख कुल्ला गर्ने ।
    • धेरै तातो र धेरै चिसो खानेकुरा नखाने ।
    • समय समय मा मनतातो नूनपानी ले मुख कुल्ला गर्ने ।
    • भुटेको मकै, भटमास जस्ता साह्रा कुराहरु चपाउँदा दाँत र बंगरा को व्यायाम हुन्छ । तर धेरै नै साह्रो कुरा टोक्ने देखि कोक को बोतल खोल्ने काम गर्नु हुँदैन ।
    • साह्रै भए पनि सुपारी टोक्ने र पान चपाउने बानी दाँत का लागि हितकारी होइन ।
    • बेला बेला मा एन्टीब्याक्टेरियल माउथ वाश को प्रयोग गर्नु पनि लाभदायक हुन्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper