दाँत दुख्नु (Toothache)

संपरीक्षक डा. सुशील कोइराला, BDS, MDS

    परिचय :

    दाँत खिइएर दाँत भित्र रहेको स्नायु मा दबाब पर्नाले वा गिँजा मा समस्या हुनाले दाँत मा वा दाँत वरिपरि जुन दुखाई को अनुभूति हुन्छ तेसलाई दाँत दुख्नु भनिन्छ । दाँत हाम्रो शरीर को एकदमै महत्वपूर्ण अंग हो । हामीले खाएको खानेकुरा लाई मिहिन पारेर निल्न योग्य बनाउने काम दाँत को हो । एसरी मिहिन पार्दा तेसरी खाइने खानेकुरा को मनमोहक स्वाद को अनुभूति गर्ने अवसर पनि हामीलाई मिल्दछ ।

    दाँत दुख्ने धेरै कारण हुन सक्छन् । गिँजा सुन्निनु, दाँत फुट्नु, दाँत घोटिनु, कुँडिनु, कीरा ले खानु र कहिलेकाहीं कुनै उपचार गर्दा गर्दै औषधि का कारण ले पनि दाँत दुख्न सक्छ । दाँत दुख्नु एति पीडादायी हुन्छ कि न खानेकुरा राम्ररी खान पाइन्छ न अरुसँग कुरा गर्न । दाँत को दुखाई पनि एकदमै पीडादायी हुन्छ । एसले गर्दा एकातिर मानसिक तनाव हुन्छ भने अर्कातिर टाउको दुखाई पनि हुन सक्छ ।

    दाँत दुखाई का विभिन्न किसिम छन्- धेरै तातो वा ज्यादै चिसो खानेकुरा खाँदा सर्रर्र भएर दाँत दुख्ने, गिँजा सुन्निएर ब्लक ब्लक गरेर दुख्ने, दाँत मा खाल्टो परेकाले दुख्ने कुनै कुरा खाँदा तेसको दवाव ले गर्दा दुख्ने आदि ।

    कारण :

    दाँत स्वास्थ्य र सौन्दर्य दुवैका लागि अत्यन्त महत्वपूर्ण अंग हो । एसलाई सुन्दर राख्ने चाहना सबैको हुन्छ । तर पनि विविध कारण ले गर्दा दाँत मा समस्या आउँछ । अधिकांश मा दाँत मा आउने समस्या भनेको कीरा लाग्ने र दुख्ने हो । यो बुझ्नका लागि सर्वप्रथम दाँत को बनावट का बारे मा जान्नु उपयुक्त हुन्छ । दाँत तीन तह मिलेर बनेको हुन्छ । पहिलो बाहिर देखिने सेतो भाग जसलाई इनामेल भनिन्छ । दोस्रो इनामेल भन्दा भित्रको भाग डेन्टाइन र तेस्रो डेन्टाइन भन्दा पनि भित्रको भाग पल्प । पल्प दाँत को सबैभन्दा कमजोर र संवेदनशील भाग हो जहाँ रक्तसंचार हुन्छ र संवेदना को सूचना दिने स्नायुहरु हुन्छन् । हाम्रो मुख भित्र विभिन्न किसिम का ब्याक्टेरिया हुन्छन् । हामीले खाएको खाना दाँत मा बसिरहँदा तेस्ता ब्याक्टेरिया ले एसिड उत्पन्न गर्छन् र त्यो एसिड ले बिस्तारै दाँत लाई खियाउन थाल्छ । एसिड ले खियाउन सबैभन्दा गाह्रो हुने भाग भनेको बाहिरी सतह अर्थात् इनामेल हो । इनामेल खियाई सके पछि भित्रका भाग लाई खियाउन निकै सजिलो हुन्छ । एसैलाई हामीले दाँत मा कीरा लागेको वा दाँत कीरा ले खाएको भन्ने गर्छौं ।

    दाँत मा कीरा लाग्ने धेरै कारण छन्,

    • दाँत लाई फोहर राख्नु वा खाना खाए पछि ब्रश नगर्नु ।
    • जिब्रो तथा मुख राम्ररी सफा नगर्नु ।
    • वंशाणुगत रुप मा दाँत कमजोर हुनु ।
    • बढ्ता गुलिया खानेकुरा, चकलेट, बिस्कुट आदि अत्यधिक खाने गर्नु ।
    • एकदमै तातो वा एकदमै चिसो खानेकुरा चपाएर खानु ।

    दाँत दुख्ने अर्को कारण भनेको गिँजा सुन्निनु वा गिँजा पाक्ने रोग लाग्नु हो । जसलाई स्कर्भी भनेर चिनिन्छ । दाँत दुख्नुकै अर्को कारण भनेको नयाँ दाँत पलाउन खोज्नु पनि हो । कसैकसैलाई बुद्धिबंगारा आउने बेला मा पनि नराम्ररी दाँत दुख्ने गर्छ । तर यो समस्या केही दिन पछि निको भएर जान्छ ।

    लक्षण :

    दाँत दुख्नुको सबैभन्दा ठूलो लक्षण भनेकै दाँत दुख्नु हो । दाँत दुख्नुसँगै निम्न लक्षण पनि देखिन सक्छन् –

    • दुखेको दाँत वरिपरि को गिजा सुन्निनु ।
    • टाउको दुख्नु ।
    • ज्वरो आउनु ।
    • मुख बाट दुर्गन्ध आउनु ।
    • दुखाई बढेर कानमा समेत पीडा हुनु ।
    • गिँजा बाट रगत आउनु ।
    • बढ्ता तातो वा चिसो खाँदा दाँत झन्झनाउने र गिँजा दुख्ने हुनु ।

    उपचार :

    डाक्टर ले सर्वप्रथम दाँत, गिँजा र मुख को अवस्था हेर्ने छन् । दाँत र गिँजा को एक्स रे लिने छन् । तेसपछि दाँत को अवस्था हेरेर निम्नमध्ये कुनै एक उपचार गर्न सक्ने छन् –

    • दाँत को दुखाई कम गर्न इबुप्रोफेन, प्यारासिटामोल जस्ता दुखाई घटाउने औषधि दिने छन् ।
    • यदि दाँत मा परेको खाल्टो मा घाऊ भएको रहेछ र पीप बनेको छ भने संक्रमण लाई न्यून गर्न एन्टीबायोटिक दिन सक्ने छन् ।
    • दाँत मा प्वाल परेको वा खाल्टो परेको भएमा सिमेन्ट भर्न मिल्ने देखिए सिमेन्ट भर्ने वा रुट क्यानल गर्ने र सिमेन्ट भर्न वा रुट क्यानल गर्न नमिल्ने भएमा दुखेको दाँत सिंगै उखेल्ने ।
    • उपचार पछि पनि बिरामी लाई कुनै ब्याक्टेरियल संक्रमण नहोस् भनेर एन्टीबायोटिक दिन सक्ने छन् ।

    जोगाउने उपायहरु :

    • नियमित रुप मा खाना खाए पछि दाँत सफा गर्ने ।
    • समय समय मा तातो पानी मा नून मिलाएर मुख कुल्ला गर्ने ।
    • धेरै चिसो वा धेरै तातो कुरा चबाएर नखाने ।
    • गुलिया मिठाइँहरु, बिस्कुट धेरै नखाने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper