डण्डीफोर (Acne)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, एमबीबीएस, पीएचडी

    परिचय :

    डण्डीफोर भन्नासाथ हामी किशोर किशोरीहरु को अनुहार मा देखिने विविरा सम्झन्छौं । तर डण्डीफोर अनुहार मा मात्रै होइन पिठ्यूँ, काँध, घाँटी, छाती, पाखुरा मा पनि हुने सम्भावना हुन्छ । तर अत्यन्त न्यून । डण्डीफोर लाई अंग्रेजी मा एक्नी (Acne) भनिन्छ । हुनतः एसलाई बैंस को लक्षण भनिन्छ अर्थात् युवावस्था मा प्रवेश सँगै देखिन थाल्छ तर यो केही प्रतिशत अरु उमेर समूह का मानिस मा पनि हुन सक्छ । छाला मुनि रौं को जरा मा रहेको सेबासियस ग्रन्थी सक्रिय भएको समय मा यदि सेबासियस ग्रन्थी ले उत्पादन गरेको चिल्लो पदार्थ सहजतापूर्वक बाहिर निस्कन पाएन भने तेसले एउटा सानो विविरा को रुप लिन्छ । तेसैलाई हामीले डण्डीफोर भनेर चिन्छौं । सेबासियस ग्रन्थी हाम्रो किशोरावस्था शुरु भए पछि सक्रिय हुन थाल्छ ।

    ११ देखि ३० वर्ष उमेर समूह का हरेक ४ जना मा एक जना लाई डण्डीफोर हुने सम्भावना हुन्छ । यो खतरनाक नहुने भए पनि एसका कारण छाला मा दागहरु बस्न सक्छन् ।

     

    कारण

    हाम्रो छाला मा मसिना छिद्रहरु हुन्छन् । ती छिद्र बाट पसिना सँगै छाला लाई जोगाउन चिल्लो पदार्थ निस्कन्छ । जहाँ जहाँ रौं हुन्छ त्यहाँ त्यहाँ रौं को जरा सँग जोडिएर तेल उत्पादन गर्ने ग्रन्थी रहेको हुन्छ, जसलाई सेबासियस ग्रन्थी भनिन्छ । ती ग्रन्थी बाट निस्किएको चिल्लो पदार्थ लाई सेबम भनिन्छ । सेबम ले चिल्लो पदार्थ सँग सँगै भित्र का मृत कोषहरु लाई पनि छाला बाहिर ल्याउने काम गर्छ । जब यी छिद्र अर्थात् चिल्लो सँगै मृत कोषहरु निस्कने प्वाल थुनिए भने त्यो ठाउँ मा मसिनो विविरो देखा पर्छ जसले विस्तारै डण्डीफोर को रुप लिन्छ । कहिलेकाहीं एसरी थुनिएको ठाउँ मा ब्याक्टेरिया ले समेत आक्रमण गर्न सक्छ र डण्डीफोर ले अरु भयावह रुप लिन्छ । Propionibacterium acnes (P. acnes) नामक ब्याक्टेरिया एसका लागि जिम्मेवार मानिन्छन् । किशोरावस्था सँगै अनुहार तथा वरपर का सेबासियस ग्रन्थीहरु बढ्ता सक्रिय हुने हुनाले किशोरावस्था सँगै डण्डीफोर देखिने हो । डण्डीफोर आउनु मा भूमिका खेल्ने अरु पनि कारक तत्वहरु छन् जसलाई तलका बूँदाहरु मा दिइएको छ –

    • हर्मोन को उत्पादन मा परिवर्तन – किशोरावस्था को आरम्भ सँगै शरीर मा एन्ड्रोजेन नामक हर्मोन को उत्पादन बढ्न थाल्छ । किशोरीहरु मा एन्ड्रोजेन हर्मोन एस्ट्रोजेन हर्मोन मा बदलिन्छ । रगत मा एन्ड्रोजेन को मात्रा बढ्नु सँगै सेबासियस ग्रन्थीहरु सक्रिय हुन थाल्छन् । सेबम को उत्पादन बढ्न थाल्छ र सहजै बाहिर निस्कन नसकेको सेबम ले छाला को सतह लाई प्वाल पारेर निस्कन खोज्दा हुने क्षति सँगै ती प्वालहरु मा ब्याक्टेरिया को संक्रमण हुन पुग्छ ।
    • डण्डीफोर मा प्रभाव पार्ने अर्को कारक तत्त्व भनेको आनुवंशिक रुप मा आएको हुन्छ जसले उत्प्रेरक को भूमिका खेल्दछ ।
    • एण्ड्रोजेन तथा लिथियम भएका औषधिहरु को प्रयोग ले पनि डण्डीफोर को वृद्धि मा सहयोग गर्दछ ।
    • चिल्ला तथा घटिया किसिम का सौन्दर्य प्रशाधन का साधन ले पनि डण्डीफोर निस्कन मा सहयोगी भूमिका निभाइरहेका हुन्छन् ।
    • मानसिक उत्तेजना, तनाब र चिन्ता पनि डण्डीफोर को वृद्धि मा भूमिका खेल्ने थप कारक तत्त्वहरु हुन् ।
    • महीनाबारी मा गडबडी ।
    • वाह्य वातावरण तथा हावापानी ।

     

    डण्डीफोर का प्रकार तथा तिनको लक्षण

    सबै डण्डीफोरहरु उस्तै हुँदैनन् । निस्केका विविरा को आकार रंग तथा दुखाई का आधार मा ती निम्न प्रकार का हुन्छन् –

    • ह्वाइट हेड्स (Whiteheads) अर्थात् सेतामुखे डण्डीफोर : इनीहरु साना र धेरैजसो भाग छाला भित्रै रहेका हुने हुँदा इनलाई नजीकै बाट हेर्नु पर्ने हुन्छ ।
    • ब्ल्याक हेड्स (Blackheads) कलमुखे डण्डीफोर : इनीहरु को मुख मा कालो थोप्लो जस्तो देखिन्छ । इनीहरु ठूला हुन्छन् र थोरै पर बाट पनि सजिलै देखिन्छन् ।
    • प्यापुल्स (Papules) : इनीहरु हल्का गुलाबी रंग का देखिन्छन् ।
    • पुस्च्यूल्स (Postules) : इनीहरु राता र बीच मा पीप भरिएको रुप मा देखिन्छन् ।
    • नोबुल्स (Nobules) : इनीहरु सामान्यतया ठूला, साह्रा र दुख्ने खालका हुन्छन् ।
    • सिस्ट्स (Cysts) : इनीहरु हलुका खैरो रंग का, पीप ले भरिएका र दुख्ने खालका हुन्छन् । यी निको भए पछि पनि छाला मा दाग रहिरहने हुन्छ ।

     

    डण्डीफोर को निदान

    किशोरावस्था सँगै अनुहार मा डण्डीफोर आउनु सामान्य कुरा हो । तर यदि अनुहार मा बढी संख्या मा डण्डीफोर देखिए, डण्डीफोर आएका ठाउँ मा बढी पीडा हुन थाल्यो अथवा लामो समय सम्म पनि डण्डीफोर निको हुने छाँट देखिएन भने डाक्टर लाई देखाउनु पर्ने हुन्छ । अनुहार वा घाँटी र छाती मा देखिएका विविरा हेरेर नै डण्डीफोर को पहिचान गर्न सकिन्छ ।

     

    उपचार तथा बचावट

    किशोरावस्था सँगै हरेक ४ जना मध्ये १ जना मा डण्डीफोर आउँछ । तेसैले यो आत्तिनु पर्ने समस्या होइन । तर सामान्यभन्दा बढ्ता डण्डीफोर आएको छ र बढी नै पीडा भएको छ भने तेसको उपचार आवश्यक हुन्छ । उपचार सँग सँगै नयाँ डण्डीफोर नियन्त्रण का लागि निम्न उपाय अपनाउनु वेश हुन्छ –

    • अनुहार लाई दैनिक मनतातो पानी र फेसवाश को सहायता ले सफा गर्ने । बेन्जोइल पेरोक्साइड ले डण्डीफोर को घाऊ सफा गर्ने र अनुहार मा पानी को वाफ लिने ।
    • जुन पायो तेही कस्मेटिक को प्रयोग नगर्ने । सकेसम्म चिल्लो पदार्थ कम भएको र स्तरीय कस्मेटिक को प्रयोग गर्ने ।
    • स्यालिसाइलिक एसिड अल्फा हाइड्रोक्सी एसिड भएका लोशन वा म्वाइस्चराइजर को प्रयोग गर्ने ।
    • आवश्यक भएमा डाक्टर को सल्लाह लिएर एन्टिबायोटिक खाने ।
    • डण्डीफोर को गम्भीरता हेरेर डाक्टर ले अन्य उपाय अवलम्बन गर्न सक्ने छन् ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper