जोर्नी सुन्निने बाथ (Inflammatory Arthritis)

संपरीक्षक डा. परिमल कोइराला MBBS, MD

    परिचय :

    प्रायः सबै जसो जोर्नी दुख्ने, जोर्नी सुन्निने, हात खुट्टा का मांसपेशी दुख्ने आदि समस्या लाई हामीले बाथ भन्ने गर्छौं । बाथ रोग कहिले काहीं एक्लै र कहिलेकाहीं अन्य रोग सँगसँगै मिसिएर दुःख दिने पनि हुन सक्छ । बाथ का अनेक प्रकार मध्ये जोर्नी सुन्निने बाथ पनि एक हो । एसका पनि केही प्रकार छन् – र्‍यूमाटोइड आर्थराइटिस, सोरियाटिक आर्थराइटिस, गौटी आर्थराइटिस र सिस्टेमिक लुपस एरिथ्म्याटोसस ।

    जोर्नी सुन्निने बाथ मा पैताला को बूढी औंला को फेद सुन्निने देखि लिएर हात खुट्टा का विभिन्न जोर्नीहरु सुन्निने र दुख्ने समस्या हुन्छ । बाथ कुनै ब्याक्टेरियल संक्रमण ले हुने रोग होइन । जोर्नी सुन्निने बाथ हाम्रो आफ्नै शरीर को रोग प्रतिरोध क्षमता शक्ति ले भ्रमवश आफ्नै मांसपेशी का कोषिकाहरु लाई शत्रु ठानेर आक्रमण गर्नाले हुन्छ । यो बाथ का कारण छाला, आँखा, मुटु र मिर्गौला मा समेत हानि पुग्न सक्छ । हाइपरयुरिसेमिया मा पनि जोर्नी सुन्निने समस्या देखिन्छ तर तेसको निदान रगत मा यूरिक एसिड को मात्रा जाँच गरे पछि हुन्छ । सबै प्रकार का बाथहरु एक बाट अर्को लाई नसर्ने दीर्घ प्रकृति का रोग हुन् ।

     

    कारण

    हाम्रो शरीर को रोग प्रतिरोध क्षमता शक्ति ले विभिन्न प्रकार ले हाम्रो शरीर लाई रोगाणु बाट जोगाउने काम गरिरहेको हुन्छ । तर तेही रोग प्रतिरोधी क्षमता को दुरुपयोग हुन पुग्यो भने त्यो क्षमता रोगाणु का विरुद्ध प्रयोग हुनु पर्नेमा आफ्नै अंगहरु का विरुद्ध मा प्रयोग हुने सम्भावना हुन्छ । अनि रोग प्रतिरोध क्षमता कै आक्रमण का कारण जोर्नीहरु का कार्टिलेजहरु मा क्षति पुग्ने र सुन्निने हुन्छ । एस किसिम का बाथ हुनुका पछाडी निम्न कारणहरु ले भूमिका खेलेका हुन सक्छन् –

    • महिला हुनु । एस किसिम को बाथ पुरुष मा नगण्य पाइएको छ ।
    • वंश मा अरु लाई पनि यो समस्या भएको हुनु ।
    • शरीर मा अत्यधिक मोटोपना वा अत्यधिक दुब्लोपना हुनु ।

     

    लक्षण

    के कारण ले अति यौन चाहना हुन्छ भन्ने विषय मा अनेक सिद्धान्त बनेका छन् । तर सबै सिद्धान्त ले निम्न कारण लाई साझा रूप मा महत्त्व दिएको पाइन्छ –

    • जोर्नी सुन्निने तथा दुख्ने ।
    • सुन्निएको वरिपरि रातो देखिने ।
    • बिहान उठ्नासाथ हिँड्न समस्या हुने ।
    • हात गोडा कक्रक्क परे जस्तो महसूस हुने ।
    • जोर्नी मा ज्वरो आए जस्तो तातो हुने वा पूरै शरीर तातेर ज्वरो आउने ।
    • मेरुदण्ड का हड्डी दुख्ने, करङ दुख्ने जस्ता समस्या हुने ।
    • पिसाब पोल्ने ।
    • पानी खेलाउँदा बढ्ता दुःख हुने ।
    • मुख र गुप्तांग मा बराबर घाउ खटिरा आउने ।
    • बिस्तारै औंलाहरु बांगिएको महसूस हुने ।

     

    रोग को निदान

    र्‍यूमाटोइड आर्थराइटिस को निदान गर्दा बिरामी को लक्षण र जोर्नीहरु को अवस्था लाई मुख्य आधार मानिन्छ । तेसपछि थप सुनिश्चित हुन निम्न जाँच समेत गर्न सकिन्छ –

    • रगत मा र्‍यूमाटोइड फ्याक्टर (RF) भए नभएको पत्ता लगाइन्छ ।
    • जोर्नीहरु को एक्स रे गरेर ।

     

    एस रोग का कारण निम्तिने थप समस्याहरु

    यो समस्या का कारण निम्न समस्याहरु पनि निम्तिने गर्छन् –

    • मुटु सुन्निने । एसलाई मियोकार्डिटिस पनि भनिन्छ । एसका कारण मुटु भएको ठाउँ मा दुख्ने गर्छ ।
    • फोक्सो ससाना ट्यूबहरु सुन्निने । जसले गर्दा श्वासप्रश्वास को गति छिटो हुने र छाती दुख्ने गर्छ ।
    • मिर्गौला सुन्निने । एसलाई नेफ्राइटिस पनि भनिन्छ । एसका कारण रक्तचाप बढ्ने र मिर्गौला ले काम नगर्ने समेत हुन सक्छ ।
    • आँखा सुन्निने । एसले आँखा दुख्ने र दृश्य धमिलो हुने हुन सक्छ ।
    • मांसपेशी सुन्निने । एसलाई पोलिमियोसाइटिस पनि भनिन्छ । एसका कारण पाखुरा, पिंडौला, साँप्रा दुख्ने हुन सक्छ ।

     

    उपचार

    जोर्नी सुन्निने समूह को बाथ को उपचार गर्दा निम्न कुराहरु मा ध्यान दिइन्छ –

    • सुन्निएको कम गर्न तथा दुखाई घटाउन का लागि इबुप्रोफेन, प्यारासिटामोल जस्ता औषधिहरु दिने ।
    • जोर्नी सुन्निनु को कारण ले अत्यधिक पानी जमेको खण्ड मा जमेको पानी निकाल्ने।
    • सुन्निएको ठाउँ मा तातो वा चीसो ले सेक्ने ।
    • बिरामी लाई इम्यूनोस्प्रेसिभ स्वभाव का औषधिहरु दिनु पर्ने पनि हुन सक्छ । यी औषधिहरु ले रगत मा कमी ल्याउने तथा कलेजो मा असर पुर्‍याउने हुँदा डाक्टर को निगरानी मा सेवन गर्नुपर्ने हुन्छ ।
    • फिजियोथेरापी तथा विभिन्न किसिम का व्यायामहरु द्वारा मांसपेशी र जोर्नीहरु लाई यथास्थिति मा ल्याउने । व्यायाम लामो समयसम्म नियमित गरिरहनु पर्ने हुन्छ ।
    • क्याल्शियम, प्रोटीन, ओमेगा ३ फ्याट्टी एसिड आदि को सप्लिमेन्ट खुवाउने ।
    • सुत्ने बेला मा तातो एक गिलास दूध मा आधा चम्चा बेसार हालेर पिउने गर्नाले पनि यो बाथ मा केही राहत मिल्न सक्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper