जलोदर (Ascites)

संपरीक्षक डा. परिमल कोइराला, MBBS, MD

    परिचय :

    पेट मा पानी जम्मा भएर पेट फुल्ने रोग लाई जलोदर भनिन्छ । एसलाई अंग्रेजी मा एसाइटिज Ascites का नाम ले जानिन्छ । एसरी जम्मा हुने पानी को रंग हलुका पहेंलो हुन्छ । छाती देखि मुनि आन्द्रा को बाहिर र पेट को मांसपेशी भित्र जम्मा भएको पानी का कारण जलोदर हुन्छ । एसरी डायफ्राम देखि तल पानी जम्मा भएर रोगी लाई हिँडडुल गर्न असहज बनाउनु का साथै पेट दुख्ने वाकवाकी लाग्ने लगायत का लक्षण पैदा गर्दछ ।

    जलोदर मा जम्मा हुने पानी लाई एसेटिक फ्ल्यूड भनिन्छ । एस किसिम को फ्ल्यूड का विभिन्न स्रोत हुन सक्छन् – कलेजो को रोग, क्यान्सर, मुटु को रोग तथा मिर्गौला सम्बन्धी रोग ।

     

    कारण

    • पेट मा पानी जम्मा भएर जलोदर हुनुको मुख्य कारण कलेजो को रोग हो जसलाई लिभर साइरोसिस पनि भनिन्छ । हेपाटाइटिस बी र सी एसका प्रमुख कारक हुन सक्छन् । शरीर का अन्य भाग मा पानी जम्मा भएर एडेमा भए झैं नै पेट मा पनि पानी जम्मा भएर जलोदर हुने हो ।
    • बढ्ता मादक पदार्थ को सेवन ।
    • मिर्गौला मा समस्या भयो भने पनि पेट मा पानी जम्मा हुन सक्छ । किनभने मिर्गौला को रोग मा मिर्गौला ले लवण तथा पानी को सन्तुलन मिलाउन सक्दैन ।
    • क्षयरोग पनि पेट मा पानी जम्मा हुने समस्या को कारक तत्त्व हुन सक्छ ।
    • मुटु सम्बन्धी समस्या, उच्च रक्तचाप, कोलोन क्यान्सर, प्यानक्रियाज को रोग आदि पनि जलोदर का लागि जिम्मेवार हुन सक्छन् ।

     

    लक्षण

    यदि जलोदर प्रारम्भिक अवस्था मा छ भने तेसका कारण कुनै लक्षण नदेखिन सक्छ । प्रारम्भिक अवस्था भन्नाले पेट मा १०० मिली देखि ४०० मिली सम्म पानी हुनु लाई मानिएको छ । यदि जम्मा भएको पानी ४०० मिली भन्दा बढी भयो भने निम्न लक्षणहरु देखिन सक्छन् :

    • पेट दुख्ने ।
    • उठ्न बस्न तथा हिंडडुल गर्न असहज हुने ।
    • श्वासप्रश्वास चाँडो हुने ।
    • वाकवाकी लाग्ने ।
    • थकान को महसूस हुने ।
    • पिसाब चपाउ भइरहने तथा कब्जियत हुने ।
    • पिठ्यूँ तथा ढाड दुख्ने ।

     

    जलोदर को निदान

    जलोदर को निदान गर्दा प्रथमतः पेट छाम्ने र दबाउने पद्धति अपनाइन्छ । अल्ट्रासाउण्ड गरेर हेरिन्छ । पेट मा पानी जमेको निधो भयो भने पानी जम्नु का कारक तत्त्वहरु को बारे मा खोजी गरिन्छ । बिरामी मा कुन रोग का कारण यो समस्या आएको हो भन्ने पत्ता लगाउनका लागि मिर्गौला, कलेजो, मुटु, फोक्सो, प्यानक्रियाज आदि अंगहरु मा कुनै समस्या छ कि भन्ने खोजी गरिन्छ । सीटी स्क्यान गरेर हेरिन्छ । रगत का विभिन्न जाँच गरिन्छ ।

    जलोदर कुन प्रकार को रहेछ भन्ने पत्ता लगाउने प्रचलित पद्धति अनुसार जलोदर लाई दुई प्रकार मा बाँडिएको छ । एसमा पेट मा जम्मा भएको फ्ल्यूड मा भएको एल्बुमिन र रगत मा भएको सेरम एल्बुमिन जाँच गरेर तिनको मात्रा पत्ता लगाइन्छ । एसलाई सिरम एसाइटिज एल्बुमिन ग्राडिएन्छ अर्थात् साग SAAG भनिन्छ । एसमा –

    • रगत सँग सम्बन्धित जलोदर (लिभर साइरोसिस, मुटु को समस्या, मिर्गौला को समस्या आदि) मा यो १.१ भन्दा बढ्ता हुन्छ ।
    • अन्य कारण सँग सम्बन्धित जलोदर (क्यान्सर, प्यान्क्रियाटाइटिस को समस्या आदि) मा यो १.१ भन्दा कम हुन्छ ।

     

    उपचार

    जलोदर को उपचार गर्दा जलोदर हुनुको कारक तत्त्व पत्ता लगाएर सो को उपचार गर्नु पर्ने हुन्छ । उपचार मा केमोथेरापी लगायत का विभिन्न उपायहरु अपनाइन्छ । पेट मा जमेको पानी निकाल्न का लागि निम्न उपायहरु अपनाउन सकिन्छ –

    आहार : कम सोडियमयुक्त खानेकुरा खानु पर्छ । अर्थात् नून घटाउनु पर्छ ।

    औषधि : पिसाब लगाउने औषधि खुवाएर पेट मा भएको पानी घटाउने कोशिश गरिन्छ ।

    पानी निकाल्ने : सानो सुई को सहायता ले पेट बाट पानी निकालिन्छ । एसरी झण्डै ४ देखि ५ लिटर सम्म पानी निकाल्ने गरिन्छ ।

    शल्यक्रिया : बढ्ता जटिल किसिम को जलोदर मा शल्यक्रिया बाट समस्या को समाधान गर्ने कोशिश गरिन्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper