चायाँ (Dandruff)

संपरीक्षक डा. लक्ष्मी घिमिरे

    परिचय :

    कपाल मा देखिने सेता सेता मसिना र पातला पाप्राहरु लाई चायाँ भनिन्छ । चायाँ भनेको छाला को बाहिरी सतह मा हुने एक समस्या हो । यो प्रायः जाडो याम मा बढ्ता देखिने गर्छ । यो टाउको बाहेक आँखी भौं, आँखा को ढकनी वरिपरि तथा नाक को किनार मा समेत देखिन सक्छ । कसैकसै का दाह्री, जुँगा मा पनि चायाँ पर्ने गर्दछ । कपाल मा चायाँ पर्नाले मानिस को व्यक्तित्व मा नै नकारात्मक प्रभाव परेको अनुभूति हुन्छ । कालो र लामो कपाल भए पनि चायाँ परेको छ भने त्यसको आकर्षण समाप्त भएर जान्छ । कतिपय चायाँ पोषक तत्व वा भिटामिन को कमी ले हुने गर्छ र कतिपय चायाँ भाइरल संक्रमण का कारण पनि देखिन सक्छ । भाइरल इन्फेक्सन का कारण हुने चायाँ सरुवा खालको हुन्छ । जुन अरूको काइँयो या सौन्दर्य प्रसाधन प्रयोग गर्नाले आउँछ । जति छिटो यो रोग सर्छ उति नै छिटो फैलिन्छ ।

    चायाँ पर्नु सँगै चिलाउने समस्या पनि निस्कन्छ । कपाल मा जुम्रा परे झैं कन्याउनु पनि व्यक्तित्व लाई नकारात्मक छवि दिने क्रियाकलाप हो । वास्तव मा यो कपाल को समस्या नभई छाला को समस्या हो । यो समस्या अधिकांश मानिसमा देखिने र अत्यन्त सामान्य जस्तो लाग्ने भए पनि यो सामान्य उपचार ले निको हुँदैन । यो महिला मा भन्दा पुरुष मा बढ्ता देखिने समस्या हो ।

    कारण :

    चायाँ पर्नुको यथार्थ कारण अझैसम्म पनि फेला परेको छैन । हर्मोन को उत्पादन सँग यो समस्या जोडिएको हुन सक्ने धेरै विशेषज्ञहरु को राय छ । किनकि यो समस्या किशोरावस्था बाट युवावस्था मा प्रवेश गर्न लागेको उमेर समूह मा बढ्ता देखिन्छ । चायाँ पर्नुका कारणहरु निम्न हुन सक्ने विशेषज्ञ बताउँछन्–

    • सेबोरिक डर्माटाइटिस : मालासेजिया नामक फंगस का कारण सेबोरिक डर्माटाइटिस हुने गर्छ । यो फंगस छाला को सतह मा बसेर रौं का कोषहरु बाट निस्केको चिल्लो खाएर बाँच्दछ । टाउको सँगै कानको पछाडी को भाग, आँखी भौं, छाती तथा नाक को दुई किनार मा पनि यो फंगस बस्ने गर्दछ । एसका कारण छाला रातो र चिल्लो देखिनु सँगै छाला मा चायाँ परेको देखिन सक्छ । यो जति बढी सक्रिय हुन्छ समस्या उति नै बढ्ने गर्दछ र चिलाउने सँगै असहज महसूस हुने समस्या दखिन्छ ।
    • सोरियासिस एक्जेमा तथा अन्य छाला सम्बन्धी समस्या भएकालाई चायाँ पर्ने सम्भावना धेरै हुन्छ । एक प्रकार को दाद को जन्मदाता भनेर चिनिने टिनिया क्यापिटिस नामक जीवाणु को संक्रमण ले पनि चायाँ पर्न सक्छ ।
    • तनाब : बढ्ता सोचिराख्ने तथा चिन्ता लिने मानिस लाई पनि चायाँ पर्ने सम्भावना हुन्छ ।
    • उमेर : अन्य उमेर समूह का व्यक्ति मा भन्दा युवायुवती मा यो समस्या धेरै देखिन्छ । भर्खरै जन्मेका नवजात शिशु मा पनि यो समस्या देखिन्छ । एसको कारण हो उनीहरु मा हुने हर्मोन को परिवर्तन ।
    • खानपान : खानेकुरा मा भिटामिन बी तथा जिंक को कमी भयो भने पनि चायाँ पर्ने सम्भावना बढेर जान्छ ।
    • जेल, डाई (स्प्रे) र स्याम्पू तथा हेयरआयल को रसायन सँग हुने एलर्जीको प्रतिक्रियास्वरूप चायाँ हुन सक्छ ।
    • अप्राकृतिक खानपान तथा खानपानमा असन्तुलन ले शरीर मा विषाक्त तत्त्व को वृद्धि हुन गई सो का कारण पनि चायाँ को समस्या देखिन सक्छ ।
    • कपाल को सफाइमा कमी हुनु, नुहाउँदा साबुन र स्याम्पु राम्ररी नपखालिनु, चायाँ भएको व्यक्ति को काइँयो, ब्रस, तौलिया, सिरानी प्रयोग गर्नु आदि पनि चायाँ पर्ने र सर्ने कारण हुन सक्छन् ।

    लक्षण :

    एसको प्रमुख लक्षण भनेकै सेतो खैरो रंगको भुसजस्तो सानो सानो कण कपालमा जताततै देखिनु, कपाल झर्नु वा टुक्रिनु, काइँयो ले कपाल कोर्दा र चिलाउँदा धूलो झर्नु, कपाल चिल्कनु, खास गरी राति सुतेको बेला, टाउको मा केही चीज सरसर्ती हिंडेको अनुभव हुनु, छाला चिलाएर रातो हुनु आदि लक्षणहरू देखिन्छ ।

    उपचार :

    • नियमित रुप ले नुहाउने र नुहाउँदा श्याम्पू वा साबून को कुनै कसर कपाल मा बाँकी नरहने किसिम ले पखाल्ने गर्नु पर्छ । नुहाउन का लागि कपाल को चायाँ हटाउन बजार मा विभिन्न खालका एन्टिडेन्ड्रफ श्याम्पू र नुहाइसके पछि कपाल मा लगाउने विभिन्न तेलहरु पाइन्छन् । तर तिनले चायाँ लाई नियन्त्रण गरे पनि पूरै निर्मूल पार्न सकेको देखिंदैन । तिनको निर्माण गर्दा निम्न कुराहरु लाई आधार मानेको देखिन्छ-
    • किटोकोनाजोल : यो एक प्रभावकारी एन्टीफंगल रसायन भएकाले यो मिसिएको श्याम्पू लाई फंगस बाट भएको चायाँ हटाउन प्रयोग गरिन्छ ।
    • सेलेनियम सल्फाइड : यो रसायन ले छाला मा बढ्ता चिल्लो पदार्थ निस्कन दिँदैन ।
    • जिंक पाइरिथियोन : एसले फंगस को वृद्धि लाई रोक्न मद्दत गर्छ ।
    • स्यालिसाइलिक एसिड : चायाँ मा छाला का कोषहरु नआऊन् भन्नका लागि यो रसायन ले मद्दत गर्छ।
    • कोल टार : यो प्राकृतिक एन्टीफंगल एजेन्ट भएकाले यो भएका साबुन वा श्याम्पू को प्रयोग गर्न सकिन्छ तर एसले नुहाए पछि यो सूर्यको किरण सँग बढ्ता संवेदनशील हुने भएकाले सोझै घाम मा बस्नु परेमा टोपी लगाउनु वा कपाल रुमाल ले छोप्नु आवश्यक हुन्छ ।
    • माथी उल्लेख गरिएका रसायन मध्ये कम्तीमा पनि कुनै एक भएको श्याम्पू ले नुहाएर नरिवल को तेल ले हलुका मालिश गर्नाले चायाँ बाट धेरै राहत मिल्ने हुन्छ । चायाँ हटाउने श्याम्पू लगाएर नुहाइसके पछि अल्कोहल युक्त माउथवाश ले केही समय कपाल को जरा भिजाएर पखाल्ने हो भने पनि चायाँ बाट राहत मिल्न सक्छ ।
    • नुहाइसकेपछि सधैं हलुका तवरले शुद्ध नरिवल को तेल कपाल मा लगाउने गर्नुपर्छ । नरिवल को तेल छाला को लागि, घाउ खटिरा का लागि तथा छालासम्बन्धी रोग मा पनि लाभदायक देखिएको छ ।
    • उपरोक्त उल्लिखित चायाँ निवारणका सहायक उपायहरू अपनाउनुको साथै यस समस्याबाट पीडित व्यक्तिले आफ्नो खानपानमा पनि ध्यान दिनु जरुरी देखिन्छ । दैनिक आफ्नो भोजनमा जिंक भिटामिन ई र सेलिनियम तत्त्व भएका खानेकुरा आफ्नो भोजनमा सामेल गर्नुपर्दछ । यसको लागि गहुँ को पिठो (रोटी), ब्रोकाउली, हरियो सागपात, लसुन तथा फलफूलहरूमा स्याउ, नासपाती, अंगुर, मौसमी, भुइँकटहर, केरा, सुन्तला, कागती आदि जस्ता फलफूलहरू पनि सेवन गर्नुपर्दछ । प्रशस्त मात्रा मा शुद्ध पानी पिउनुपर्छ ।
    • होमियोप्याथी मा पनि चायाँ का लागि राम्रो र सफल उपचारार्थ प्रयोग गरिने केही औषधिहरू छन् । कुनै राम्रो योग्य तथा अनुभवी चिकित्सकसँग परामर्श लिई यी औषधिहरू को प्रयोग गर्दा लाभ हुन सक्छ । ती औषधिहरु मा कलकेरिया कार्व, नेट्रमम्युर, थुजा, फास्फोरस, ग्रेफाइटिस, सल्फर, आर्सएल्ब, सेनिक्युला, मेजेरियम, इथुजा, सिपिया, केलिम्युर आदि पर्दछन् ।

    के नगर्ने ?

    ०    नानाथरि का तेल, सुगन्धित तेल कपाल मा लगाउने ।

    ०    आफ्नो काइँयो, ब्रस, तौलिया, तकिया, रुमाल, साबुन अरूलाई प्रयोग गर्न दिने र अरुको आँफूले प्रयोग गर्ने ।

    ०    रासायनिक हेयर ड्रायर, श्याम्पू, जेल आदि को प्रयोग गर्ने ।

    ०    मानसिक रूप ले तनाव मा रहने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper