घमौरा (Miliaria)

संपरीक्षक डा. संगीता बराल, MBBS, Ph.D., Dermatologist

    परिचय :

    गर्मी ठाउँ मा गर्मी याम शुरु हुनु सँगै देखिने अनेक समस्या मध्ये घमौरा पनि एक हो । गर्मी का कारण छाला को बाहिरी सतह मा देखा पर्ने हलुका चिलाउने र पोल्ने खालका राता मसिना बिमिरा लाई घमौरा भनिन्छ । एसलाई अंग्रेजी मा Miliaria वा Prickly Heat भन्दछन् । सबै उमेर र लिंग का मानिस मा हुन सक्ने भए पनि यो बालबालिका मा बढ्ता देखिने समस्या हो । घमौरा धेरै जसो शुरु मा घाँटी मा, काखी मा र काछ मा निस्कने भए पनि यो विस्तारै शरीर भरि देखा पर्न थाल्छ । बच्चा जति साना हुन्छन् उति नै पसिना का ग्रन्थी को राम्रो विकास भइनसकेको हुँदा घमौरा निस्कने सम्भावना बढी हुन्छ।

     

    घमौरा निस्कनुको कारण :

    घमौरा निस्कनु का विभिन्न कारण हुन सक्छन्-

    • गर्मी बढ्नुसँगै बढ्दो तापक्रम बाट शरीर लाई बचाउने उद्देश्य ले पसिना निस्कन्छ । तर निरन्तर पसिना निस्किरहँदा पसिना निस्कने छाला मा रहेको छिद्र थुनिन पनि सक्छ र थुनिएको पसिना का कारण मसिना बिमिरा निस्कने गर्छन् जसलाई हामी घमौरा भन्छौं ।
    • धूलो मयल आदि छाला मा जम्मा हुनुका कारण ले पनि पसिना निस्कने छिद्र लाई थुन्ने सम्भावना हुन्छ ।
    • कहिलेकाहीं छाला मा उपस्थित ब्याक्टेरिया तथा मृत कोशिका ले पनि पसिना निस्कने छिद्र लाई बन्द गरिदिन सक्छन् र घमौरा निस्कन सक्छ ।

     

    घमौरा का प्रकार :

    घमौरा तीन प्रकार का हुन्छन् –

    • क्रिष्टलीय प्रकार- miliaria crystallina : यो घमौरा को सबैभन्दा सामान्य प्रकार हो । एसमा छाला को सतह मा पसिना भरिएका मसिना फोका स्पष्ट देखिन्छन् । यो छाला को सबैभन्दा बाहिरी सतह मा हुने हुँदा हलुका चिलाउने गर्छ तर पोल्दैन । यो प्रायः गरेर बच्चाहरु मा देखिन्छ।
    • रुब्रा प्रकार- miliaria rubra : यो छाला को थोरै भित्री सतह मा हुन्छ । एसमा पसिना भरिएजस्ता नभएर सुन्निए जस्ता बिमिरा देखिन्छन् । यो चिलाउने सँगसँगै चहराउने पनि हुन्छ । एसलाई मिलियारिया पोस्टुलोसा पनि भनिन्छ । बच्चा, किशोर तथा वयस्क सबैमा एस प्रकार को घमौरा देखिने गरिएको छ ।
    • गम्भीर प्रकार- miliaria profunda : यो सबैभन्दा गम्भीर किसिम को घमौरा हो । सामान्यतया यो खाल को घमौरा विरलै देखिन्छ । एसमा ठूला, कडा र मासु को रंग का उभार देखिन्छन् ।

     

    घमौरा को परीक्षण :

    घमौरा हो कि होइन भन्ने कुरा डाक्टर ले हेरेरै थाहा पाउने छन् । तर कहिलेकाहीं सहजै चिन्न नसकिएको अवस्था मा अन्य परीक्षणहरु पनि गराउन सक्छन् । कतै घमौरा जस्ता देखिने ती बिमिराहरु घमौरा नभएर ब्याक्टेरियल तथा फंगल संक्रमण बाट भएको हो कि वा अरु कुनै समस्या हो सो पत्ता लगाउनु आवश्यक हुन्छ ।

     

    उपचार :

    • घमौरा लाई भिजाएको सफा रुमाल ले पुछ्ने र शीतल हावा मा सुक्न दिने गर्नु वेश हुन्छ ।
    • सामान्यतया राम्ररी नुहाउने गर्नाले घमौरा आफ से आफ निको भएर जान्छन् ।
    • घमौरा आएको छाला को सतह लाई राम्ररी सफा गरिसके पछि पाउडर लगाउनाले चिलाउने तथा चहराउने समस्या बाट राहत मिल्दछ । तर छाला लाई चिल्लो पार्ने भ्यासेलिन जस्ता क्रीम लगाउनु हुँदैन ।
    • घमौरा सजिलो सँग हराएन भने क्यालामाइन लोशन लगाउँदा पनि आराम हुन्छ ।
    • कतिपय घमौरा मा डाक्टर ले कर्टिसोनयुक्त क्रीम तथा एलर्जी को औषधि पनि दिन सक्छन्।

     

    रोकथाम :

    • गर्मी बाट जोगिनु नै घमौरा बाट बच्ने सर्वोत्तम उपाय हो । खासगरी चर्को घाम मा ननिस्कने र बच्चा लाई बढ्ता गर्मी हुनुबाट जोगाउने हो भने घमौरा निस्कने सम्भावना मा कमी आउँछ ।
    • गर्मी मा कसिलो र बाक्लो कपडा लगाउनु हुँदैन । पातला सुती का कपडा लगाउनु राम्रो हुन्छ ।
    • नियमित रुप ले प्याज खाना ले पनि घमौरा बाट बच्न सकिन्छ । प्याज लू बाट जोगिन का लागि पनि उत्तिकै सहयोगी हुन्छ ।
    • गर्मी मा पसिना आइरहने हुँदा पसिना लाई पखालेर फाल्न का लागि हरेक दिन नुहाउनु पर्छ ।
    • पसिना निस्कन सहज होस् भन्न का लागि गर्मी ठाउँ मा अत्यधिक पानी पिउने बानी बसाल्नु पर्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper