खील (Corns)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, MBBS, PhD

    परिचय :

    छाला मा निरन्तर घर्षण र दबाब पर्दै जाँदा छाला को निश्चित सानो क्षेत्र कडा र बाक्लो हुँदै गएर अन्ततः दबाब परेको ठाउँ मा काँडा को ठोसो बाँकी रहे झैं भएर दुख्ने समस्या लाई खील परेको भनिन्छ । हुनतः खील प्रायः पैताला मा हुने गरेको पाइएको छ । तर काम मा हात को धेरै उपयोग गर्नेहरु का हात मा पनि यो देखिन सक्छ । जस्तो कि तबला, गीतार, भायलीन बजाउने, काठ मा बुट्टा कुँद्ने, ढुङ्गा कुँद्ने, कोदालो, बाउसो चलाउने, घाँस काट्ने आदि का हत्केला मा पनि खील पर्ने सम्भावना हुन्छ । खील पर्दा केही भाग छाला मोटो र साह्रो हुँदै जान्छ भने सँगैको सतह भन्दा हलुका माथी उठेको हुन्छ । खील लाई अंग्रेजी मा कर्नस् (corns) भन्छन् । खील परेको भाग मा दबाब पर्दा दुख्छ । हिँडडुल गर्ने तथा काम गर्न सहज हुँदैन । एसको बाहिरी सतह मृत कोषहरु ले भरिएको हुन्छ ।Related image

     

    कारण
    छाला मा निरन्तर घर्षण भइरहँदा या दबाब पर्न जाँदा केही समय पश्चात् दबाब परेको निश्चित ठाउँ मा खील को उत्पत्ति हुने हो । कुनै ठोसो नै बाँकी रहनु पर्छ भन्ने छैन । प्रायः गरेर कसिलो जुत्ता को प्रयोग ले खुट्टा को बूढी औंला को साइड मा बाक्लो छाला को तह बन्दै र साह्रो हुँदै जान्छ र तेहाँ पछि खील पर्न सक्छ । तेस्तै अग्लो हिल भएको टाइट जुत्ता लगाउनाले कुर्कुच्चा मा खील पर्ने सम्भावना हुन्छ । बिना मोजा साह्रो तलुवा भएको जुत्ता लगाउनाले पनि पैताला मा खील पर्न सक्छ । बाजा बजाउने वाद्यवादक, मूर्ति कुँद्ने मूर्तिकार, काठ कुँद्ने शिल्पकार, नाच्ने कलाकार, कपडा काट्ने मास्टर, कुची चलाउने चित्रकार, धावक, मार्शल आर्टिष्ट, खेलाडी आदि लाई हत्केला वा पैताला मा बढ्ता घर्षण हुने र दवाव परिरहने ठाउँ मा खील पर्ने सम्भावना हुन्छ । क्रिकेट खेलाडी लाई हत्केला तथा औंला का काप मा खील को समस्या निस्कन सक्छ । समग्र मा छाला को कुनै भाग मा अत्यधिक घर्षण र दबाब परिरह्यो भने त्यो साह्रो र बाक्लो हुँदै गएर दुख्न थाल्छ । जसलाई हामी खील परेको भन्छौं ।

     

    लक्षण

    • खील परेको छाला साह्रो र हलुका पहेंलो हुन्छ ।
    • थोरै माथी उठेको हुन्छ ।
    • खुट्टा मा खील परेको छ भने तेसले हिँडडुल गर्न गाह्रो हुन्छ ।

     

    जटिलता
    खील मा थप संक्रमण हुन गयो भने एसले जटिल समस्या को रूप लिन सक्छ ।

    निदान
    खील को पहिचान सम्बन्धित विशेषज्ञबाट छाला को परीक्षण तथा पूर्ण रगत गणना गराएर गरिन्छ । डाक्टर ले कुनै इन्फेक्सन ले एस्तो भएको हो वा खील नै हो भन्ने पनि छुट्याउने छन् ।

    उपचार 
    खील को मामिला मा हाम्रा गाउँघर मा एउटा मान्यता के छ भने धेरै अगाडी काँडा बिझेको र त्यो काँडा राम्ररी निस्केको छैन । तेसको तुस बाँकी नै छ । तेसलाई जब सम्म बाहिर निकालिँदैन तब सम्म यो निको हुँदैन । तसर्थ एसको लागि लुगा सिउने सियो ले घोचेर काँडा झिक्ने प्रयास गरिन्छ । तेसरी कोट्याउँदै जाँदा भित्र काला काला मसिना धर्सा समेत देखिन सक्छन् । तिनैलाई काँडा भन्ने ठानिन्छ । तर त्यो काँडा नभएर रगत जमेर सुकेको अवस्था हो । खील कोट्याउनु भन्दा अगाडी तेसलाई तातो पानी मा डुबाएर वा म्वाइस्चराइजर लगाएर वा कागती को रस चुहाएर नरम पार्नु आवश्यक हुन्छ ।

    डाक्टरहरु ले पनि खील लाई सानो शल्यक्रिया गरेर हटाउँछन् । बजार मा खील लाई नरम पार्ने स्यालिसाइलिक एसिड भएका ह्याण्डिप्लाष्ट जस्ता टेप किन्न पाइन्छन् । सो टेप लगाएर खील भएको भाग लाई नरम पारिसके पछि बिस्तारै खुर्केर हटाउन सकिन्छ । अनि केही दिन मै त्यो निको भएर जान्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper