कान दुख्नु तथा पाक्नु (Earache or ear pain)

संपरीक्षक डा. परिमल कोइराला MBBS, MD

    परिचय :

    हाम्रो कान भित्र कुनै कारण ले पीडा हुनु लाई कान दुख्नु भनिन्छ । कान दुख्नु सामान्य र छिटै सञ्चो हुने खालको पनि हुन्छ र जटिल खालको पनि हुन्छ । कान दुख्दा दुख्दै कान बाट पानी बग्ने र पछि पीप समेत बग्ने अवस्था लाई कान पाक्नु भनिन्छ ।

    वर्षायाम को शुरूआत सँगै कान चिलाउने र दुख्ने समस्या लिएर डाक्टर कहाँ पुग्नेको संख्या अत्यधिक हुने गर्छ । कान को नली मा ढुसी को संक्रमण या अटोमाइकोसिस का कारण कान दुख्ने पाइएको छ । कान मा हुने ढुसी संक्रमण अन्य मौसम मा पनि आक्कलझुक्कल देखिने भएता पनि वर्षा याम मा एसको प्रकोप धेरै हुन्छ । बाटो घाटो मा कान सफा गरेर जीविकोपार्जन गर्ने मानिसहरु बाट कान सफा गराउनु पनि कान लाई कमजोर बनाउनु हो । कान ले जुन पायो तेही वस्तु ले कोप्ने वा सफा गर्ने काम कदापि गर्नु हुँदैन ।

    कान मा भएको संक्रमण अन्य भाग मा समेत फैलन सक्छ । तेसैले कान दुख्नु लाई सामान्य हो भन्ने भावना ले उपचार मा हेलचक्र्याईं पनि गर्नु हुँदैन । यो पाका मानिस मा भन्दा बालबालिका तथा किशोरहरु मा बढ्ता देखिने समस्या हो ।

     

    कारण

    • कान दुख्नु का पछाडी दुई किसिम का फंगसहरु जिम्मेवार हुन्छन् – क्याण्डिडा एल्भिकेन्स र एस्पर्जिलस नाइगर ।
    • कान भित्र को रंग पहेंलो जस्तो देखिए एल्भिकेन्स र कालो देखिए नाइगर फंगस ले गर्दा भएको भन्ने बुझ्नु पर्छ ।
    • वातावरण को आर्द्रता र कान भित्र को गर्मी फंगस को वृद्धि मा सहयोगी हुन्छन् ।
    • कान मा हालिएको तेल तथा नुहाउँदा पसेको पानी पनि कान दुख्नुका लागि जिम्मेवार हुने गर्छन् ।
    • रोग प्रतिरोध क्षमता शक्ति कमजोर भयो भने पनि यो समस्या देखिन्छ ।
    • कान सफा गर्दा सिन्को वा कोप्ने औजार प्रयोग गर्नु पनि कान दुख्नुको कारण हुन सक्छ ।
    • बाटो घाटो मा कान सफा गरेर जीविकोपार्जन गर्ने मानिस बाट कान सफा गराउनु पनि कान दुख्नु को एउटा कारण हुन सक्छ ।
    • पिनास का कारण ले वा टन्सिल सुन्निनाले पनि कान दुख्ने र पाक्ने समस्या देखिन सक्छ ।
    • कान को जाली फुट्नाले वा अन्य कान वरिपरि का संक्रमण ले पनि कान दुख्ने र पाक्ने हुन्छ ।
    • दाँत मा संक्रमण हुनु र पीप भरिनु ।

     

    लक्षण

    • कान चिलाएजस्तो हुनु र दुख्नु ।
    • कान भित्र हेर्दा रातो देखिनु ।
    • कान भित्र हेर्दा सुन्निएको देखिनु ।
    • कान बाट शुरु मा सङ्लो तरल पदार्थ र पछि पीप जस्तो पदार्थ निस्कनु ।
    • कान बन्द भएको जस्तो लाग्नु ।

     

    रोग को निदान

    कान भित्र सामान्य उपकरण को सहायता ले हेरेर तथा लक्षण का आधार मा रोग को निदान गर्न सकिन्छ ।

     

    उपचार

    कान दुख्यो वा कान बाट पानी बग्यो भने तुरुन्त नाक-कान-घाँटी को डाक्टर लाई देखाइहाल्नु पर्छ । चिकित्सक ले कान को फोहोर निकालेर कान लाई सफा पार्ने छन् र आवश्यक भए एन्टिबायोटिक औषधि पनि दिन सक्ने छन् । एसमा कान मा हाल्ने थोपा औषधि वा मुख बाटै खानु पर्ने एन्टिबायोटिक पनि हुन सक्छ । कान बढ्ता दुखेको भए कान लाई आइस ले सेक्ने वा तातो नून पानी मा रुमाल चोबेर निचर्ने र कान मा सेक्ने गर्नाले पनि फाइदा हुन्छ। सँगसँगै डाक्टर को सल्लाह मा इबुप्रोफेन वा प्यारासिटामोल जस्ता दुखाई कम गर्ने औषधि खानु पनि लाभदायक हुन्छ ।

     

    कान दुख्ने समस्या बाट कसरी जोगिने ?

    • कान मा तेल वा पानी पस्न बाट जोगाउने । पौडी खेल्दा कान मा कपास वा पानी पस्न बाट जोगाउने साधन को उपयोग गर्नु पर्छ ।
    • धूलो धुवाँ बाट जोगिनु पर्छ ।
    • जे पायो तेही वस्तु ले कान नकोट्याउने ।
    • बाटोघाटो मा बसेका कान सफा गर्ने व्यक्तिहरु बाट कान सफा नगराउने ।
    • कपाल मा चाया परेको छ भने तेसको तत्कालै उपचार गर्ने । अन्यथा तेही चाया कान भित्र पसेर कान दुख्ने र पाक्ने समस्या निम्त्याउन सक्छ ।
    • रुघाखोकी तथा पिनास भएमा उपचार गरिहाल्नु पर्छ । रुघाखोकी वा पिनास का कारण पनि कान दुख्ने समस्या हुन सक्छ ।
    • बच्चाहरु लाई दूध खुवाउँदा दूध बगेर बच्चा को कान मा नछिर्ने उपाय अपनाउनु पर्छ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper