कपाल झर्ने समस्या (Hair fall problem)

संपरीक्षक डा. लक्ष्मी घिमिरे

    परिचय :

    कपाल को काम टाउको लाई सुरक्षा प्रदान गर्नु मात्रै होइन । अत्यधिक चिसो र अत्यधिक तातो बाट मस्तिष्क लाई जोगाउने काम पनि कपाल कै हो । अझ तेसमाथी कपाल ले सुन्दरता थप्ने काम पनि सँगसँगै गरिरहेको हुन्छ । केटा मान्छे ले कपाल छोटो अवस्था मै काट्ने गरे पनि धेरै जसो केटीहरु ले सुन्दर देखिनका लागि  कपाल लामो हुने गरेर पाल्ने गर्छन् । सामान्यतया पुरानो कपाल झरिराख्ने र नयाँ पलाइराख्ने प्रक्रिया भइरहेको हुन्छ । तर कहिलेकाहीं असामान्य तबर ले कपाल कमजोर हुने र झर्ने गर्न थाल्दछ । एसका अनेक कारण हुन सक्छन् ।

    हुनत महिलाका तुलनामा कपाल झर्ने समस्या पुरुषमा बढ्ता देखिएको छ । तर कपाल मसिनो हुँदै जानु, कमजोर हुनु र झर्नु महिलामा पनि देखिने लक्षण हो । कुनै अरु नै रोग वा शरीर मा हर्मोन को गडबडी ले पनि कपाल झर्न सक्छ । एसरी कपाल झरेर पातलो हुँदै गयो भने चाहे केटा हुन् वा केटी जसलाई पनि चिन्ता हुने गर्छ । यो एउटा आम समस्या हो । एलोपेसिया अर्थात् बाल्डनेस अर्थात् तालुखुइले रोग का कारण पनि कपाल झर्ने समस्या हुन सक्छ । तालुखुइले रोग का बारे मा एसै निरोगी नेपाल को साइट मा छुट्टै चर्चा गरिएको छ ।

    लक्षण :

    कपाल झर्नुको लक्षण भनेकै टाउको मा कपाल पातलो देखिनु हो । नुहाउँदा अथवा कपाल कोर्दा हात मा एकैचोटि धेरै कपाल झरेको देखिन्छ । टाउको मा ध्यान दिएर हेर्दा पनि कपाल पातलो भएको देखिन्छ ।

    कपाल झर्नुका प्रमुख कारणहरु र उपचार :

    कपाल झर्नुका पछाडी अनेक कारण हुन सक्छन् । यही कारण ले कपाल झरेको हो भन्ने यकीन गर्न गाह्रो भए पनि निम्न कारणहरु लाई हटाउन खोज्दा वा हट्दा कपाल झर्ने समस्या बाट छुटकारा पाउन सकिन्छ –

    • चायाँ : चायाँ का कारण पनि कपाल झर्ने मात्रै नभएर नयाँ कपाल पलाउन पनि रोकिन सक्छ । एक त चायाँ का कारण कपाल चिलाउने गर्छ र कन्याउँदा कपाल को जरा मा अनावश्यक दवाव पर्दछ ।
    • धूमपान : केटीका तुलना मा केटा मान्छेहरु ले युवावस्था देखि नै चुरोट खाने गरेका हुन्छन् । धूमपान का कारण कपाल का कोषहरु मा रगत पुर्याउने कोशिकाहरु खुम्चन गई हेयर फोलिकल मा अक्सिजन को कमी भएर कपाल झर्ने समस्या ले सताउन सक्छ ।
    • मदिरापान : बढ्ता मदिरापान पनि कपाल झर्ने कारक तत्त्व का रुप मा देखिने गरेको छ । मदिरा का कारण हेयर फोलिकल मा विषालु पदार्थहरु जम्मा हुँदै जाने समस्या हुन्छ ।
    • वंशाणुगत समस्या : परिवार मा अग्रजहरु को पनि तालुखुइले हुने समस्या रहेछ भने पनि तालुखुइले हुने समस्या आफ्नो वंश को पहिचान का रुप मा आफूलाई पनि आउन सक्छ । एसको उपचार सहज छैन ।
    • डीएचटी हर्मोन को असन्तुलन : पुरुषहरु का लागि पुरुषहरु मा हुने डीएचटी हर्मोन को असन्तुलन पनि कपाल झर्नुको एक कारण हुन सक्छ । सो हर्मोन को सन्तुलन सँगै कपाल झर्न रोकिने देखिएको छ ।
    • हाइपोथाइरोइडिज्म : थायरोइड हर्मोन को कमीका कारण पनि कपाल झर्न सक्छ । किनकि थाइरोइड को सोझो सम्बन्ध कपालसँग हुन्छ । थाइरोइड को उपचार गरेमा कपाल झर्ने समस्या पनि आफै कम भएर जान्छ । थाइरोइड हर्मोन को आपूर्ति गर्ने औषधि डाक्टर को सल्लाह मा खान सकिन्छ ।
    • कुनै गम्भीर रोग : टाइफाइड, डेंगू, औलो आदि रोगहरु लाग्दा पनि मानिसहरु को कपाल झर्ने गर्छ । तर रोगहरु को उपचार पश्चात् बिस्तारै कपाल पलाउन शुरु हुन्छ । तेसपछि कपाल लाई पुरानै अवस्थामा पुर्याउनका लागि कपाल को बढ्ता हेरविचार गर्नुपर्ने हुन्छ ।
    • पोलिसिस्टिक ओभरी सिन्ड्रोम (PCOS) : हर्मोन को असन्तुलन का कारण हुने यो अर्को रोग हो । पुरुष हर्मोन एण्ड्रोजेन को अधिकता ले ओभरियन सिस्ट, मोटापा, मधुमेह तथा महिनाबारी मा गडबडी, नपुंसकता जस्ता समस्या सँगै कपाल मसिनो हुँदै कमजोर हुन्छ र झर्दै जाने हुन्छ । पीसीओएस को उपचार सँगै यी समस्या बाट छुटकारा मिल्न सक्छ ।
    • ट्राइकोटिलोम्यानिया : यो एक प्रकार को मानसिक रोग हो । यौवनावस्था मा प्रवेश सँगै कुनै कुनै केटा वा केटी मा अगाडी को कपाल तान्ने बानी हुन्छ जुन एक प्रकार को तनाव पोख्ने बानी हो । यो रोग कारण ले पछि गएर बिस्तारै टाटो का रुप मा ठाउँ ठाउँ को कपाल झरेर जाने हुन्छ ।
    • भिटामिन ए को अधिकता : हामीलाई दैनिक करीब ४००० आईयू भिटामिन ए भए पुग्छ । तर यदि कुनै भिटामिन को सप्लिमेन्ट बाट त्यो भन्दा धेरै भिटामिन ए हाम्रो शरीर मा पुग्यो भने पनि कपाल झर्ने समस्या देखिन्छ । एसको समाधान भनेको भिटामिन ए को अधिकता लाई घटाउनु हो ।
    • भिटामिन बी को कमी : भिटामिन बी को कमी पनि कपाल झर्ने एउटा कारण हुन सक्छ । रगत मा भिटामिन बी १२ को अवस्था रक्त परीक्षण गरेर थाहा हुन्छ । यदि भिटामिन बी को कमी छ भने भिटामिन बी सप्लिमेन्ट का रुप मा लिन वा भिटामिन बी धेरै भएका खानेकुरा खान सकिन्छ ।
    • प्रोटीन को कमी : कपाल बन्नका लागि पनि प्रोटिन को आवश्यकता हुन्छ । यदि खानामा प्रोटिन को कमी भयो भने पनि कपाल झर्ने वा नयाँ कपाल उम्रन गाह्रो हुने समस्या हुन्छ । खानेकुरा मा प्रोटिन को वृद्धिसँगै कपाल बाक्लो हुन थाल्छ ।
    • गर्भावस्था : गर्भावस्था को समय मा महिला मा हुने तनाव र हर्मोन को असन्तुलन का कारण पनि कपाल झर्ने समस्या देखिएको छ । यो समस्या पनि बच्चा जन्मिई सके पछि बिस्तारै समाधान भएर जान्छ ।
    • मानसिक तनाव : मानसिक तनाव का कारण पनि कपाल झर्ने देखिएको छ । कुनै मानसिक तनाव परेको छ भने साथीभाई सँग बढ्ता कुरा गर्ने र मन लाई कुनै अन्य कुरा मा भुलाउन खोज्नु राम्रो हुन्छ ।
    • शारीरिक आघात : यदि टाउको मा कुनै ठूलै चोटपटक लाग्यो भने वा कुनै गम्भीर किसिमको शल्यक्रिया बाट गुज्रनु पर्यो भने पनि कपाल झर्न सक्छ । एसरी झरेको कपाल स्वास्थ्यलाभ (रिकभरी) को क्रम मा बिस्तारै पलाउन थाल्छ ।
    • रक्ताल्पता : शरीर मा रगत को कमी पनि कपाल झर्ने एउटा कारण हो । रगत को कमी भए नभएको रगत मा हेमोग्लोबिन को जाँच गरेर पत्ता लाग्छ । यदि रक्ताल्पता भएको छ भने आइरन चक्की खान वा बढ्ता फलाम भएका खानेकुरा खान सकिन्छ ।
    • प्रतिरोध क्षमता शक्ति मा ह्रास : यदि शरीरको इम्यून सिस्टम कमजोर भयो भने पनि कपाल झर्न सक्छ। प्रतिरोध क्षमता शक्ति को विकास का लागि डाक्टर को सल्लाह मा स्टेर्वाइड इन्जेक्शन लिन सकिन्छ ।
    • केमोथेरापी : कतिपय क्यान्सर को उपचार मा प्रयोग गरिने केमोथेरापी पनि कपाल झर्ने कारण हुन सक्छ। केमोथेरापी को उपचार रोकिनु सँगै कपाल झर्ने समस्या मा पनि कमी आउन थाल्छ ।
    • विभिन्न औषधी : कुनै विशेष प्रकार का औषधी- जस्तै रगत पातलो पार्ने औषधी, भिटामीन ए सप्लीमेन्ट, मुटु को रोग सँग जोडिएका औषधीहरु, उच्च रक्तचाप का गोलीहरु, निन्द्रा को औषधी आदि को प्रयोग ले पनि कपाल झर्ने गर्छ । तेस्तै गर्भावस्थाको समयमा महिलाहरु को खाने औषधी का कारण एस्ट्रोजन नाम को हर्मोन को सन्तुलन बिग्रन्छ जसले गर्दा पनि कपाल झर्ने गर्छ । यी औषधिहरु को प्रयोग रोकिनासाथ पुनः कपाल पलाउन शुरु हुन्छ ।
    • हेयर स्टाइल उपकरण तथा कपाल मा जेल स्प्रे आदि को अत्यधिक प्रयोग : कपाल छिटो सुकाउनका लागि धेरैले हेयर ड्रायर को प्रयोग गर्ने गर्छन् । एसरी धेरै जसो कपाल सुकाउने गर्दा कपाल झर्ने समस्या आउन सक्छ । अर्का तर्फ कपाल लाई कहिले कर्ली कहिले स्ट्रेट गर्ने बानी धेरैको हुन्छ । यो पनि छिटो छिटो गर्नाले कपाल झर्ने गर्छ ।

    सुझाव र सल्लाह :

    • कपाल झर्ने समस्या कुन प्रकार को हो, सर्वप्रथम त्यो बुझ्नका लागि चिकित्सक कहाँ जानुहोस् ।
    • चिकित्सक को सल्लाह बमोजिम उपचार तर्फ लाग्नुहोस् ।
    • तपाईंको निराशा उपचार पछि आशामा परिणत होला ।
    • तपाईंको सौन्दर्य को लागि तपाईं–हामी सबै मिलेर लाग्ने बेला भएन र ?

     

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper