एलर्जी (Allergy)

संपरीक्षक डा. नमराज शर्मा पण्डित, MD, DTCD

    परिचय :

    कुनै कुरा खाँदा-पिउँदा, कुनै पदार्थ को प्रचुरता भएको हावा मा सास फेर्दा वा कुनै वस्तु वा रसायन सँग छोइँदा हाम्रो शरीर ती वस्तुहरु प्रति बढ्ता संवेदनशील भयो भने हाम्रो प्रतिरक्षा प्रणाली ले तेसका विरुद्ध प्रतिक्रिया जनाउने गर्छ । तर सामान्य अवस्था मा अन्य स्वस्थ मानिस लाई तिनै कुरा को संसर्ग मा आउँदा उनीहरुको प्रतिरक्षा प्रणाली ले कुनै प्रतिक्रिया जनाउँदैन । यदि प्रतिरक्षा प्रणाली बढ्ता संवेदनशील भयो र शरीर मा विभिन्न परिवर्तन ल्याएर प्रतिक्रिया जनायो भने तेसलाई हामी एलर्जी भन्छौं । हावा मा तैरिरहने धूलो, धुवाँ, परागकण, जनावर को रौं, कीरा को टोकाई, पेट मा पाइने जुका, चरा को प्वाँख, खानेकुरा तथा औषधि को सेवन बाट एलर्जी हुन सक्छ । एलर्जी गराउने एस्ता वस्तुहरु लाई एलर्जेन Allergen भनिन्छ । कतिपय मानिस लाई खानेकुरा मा मिसाइने रंग का कारण पनि एलर्जी हुन सक्छ ।

    एलर्जेन भनेका तेस्ता वस्तुहरु हुन् जुन् हाम्रो शरीर ले संवेदनशील अवस्था मा मन नपराइएका हुन्छन् । इनको सम्पर्क मा आए पछि हाम्रो शरीर को प्रतिरोधात्मक प्रणाली ले ती विरुद्ध लड्न र तिनलाई निस्तेज तुल्याउन शरीर मा एन्टिबडी Antibody तयार पार्दछ, जसलाई इम्युनोग्लोबुलिन (IgE) भनिन्छ । एसले शरीर लाई हिस्टामिन उत्सर्जन गर्न उत्प्रेरित गर्दछ । फलस्वरुप हाम्रो शरीर मा एलर्जी का लक्षणहरु देखा पर्न थाल्छन् । यी लक्षणहरु शरीर मा उक्त एलर्जेन को प्रभाव रहुन्जेल कायम रहन्छ ।

    एलर्जी कुनै सरुवा रोग होइन । कुनै मानिस को शरीर कुनै कुरा प्रति एलर्जिक हुन सक्छ र अर्को मानिस को शरीर तेही कुरा प्रति एलर्जिक नहुन सक्छ । तेसैले एलर्जी हुने कारक तत्त्वहरु मानिसै पिच्छे फरक हुन सक्छन् । महिला मा भन्दा पुरुष मा एलर्जी को सम्भावना बढी हुन्छ । कम विकसित मुलुक मा भन्दा विकसित मुलुक का मानिसहरु मा एलर्जी का कारण बढी मानिस प्रभावित हुने गरेको तथ्यांक छ । औषधि विज्ञान ले शरीरभित्र हुने एलर्जी का घटनाहरु लाई आजसम्म पनि पूर्ण रुप मा प्रष्ट्याउन सकेको छैन तर पनि एलर्जी को सम्भावना बढ्दो उमेर सँगै क्रमशः घट्दै जाने कुरा अध्ययन मा देखिएको छ ।

     

    लक्षण

    • अकस्मात् शरीर चिलाउनु ।
    • छाला मा राता डाब्राहरु वा चाला देखिनु ।
    • नाक बाट पानी बग्नु ।
    • लगातार हाच्छ्यूँ आउनु ।
    • आँखा चिलाउनु र आँखा रातो हुनु ।Related image
    • आँशु बगिरहनु ।
    • दम बढ्नु ।
    • छाला मा अनेक किसिम का खटिराहरु निस्कनु ।
    • जीवनै जोखिम मा पर्ने खाल को एनाफिल्याक्सिस को लक्षण देखिनु । जसमा सम्बन्धित व्यक्ति लाई सासै फेर्न गाह्रो हुने गरी श्वास नली सुन्निने सम्भावना हुन्छ।

     

    रोग को निदान

    बिरामी को लक्षण का आधार मा तथा उसका वरिपरि को वातावरण एवं उसको आदत का बारे मा जानकारी पाए पछि समस्या को कारक एलर्जी हो वा होइन भन्ने निश्चय हुन्छ । वंशानुगत इतिहास पनि एलर्जी का लागि जिम्मेवार मानिएको छ । रगत को जाँच तथा छाला को जाँच गरेर बिरामी का लागि जिम्मेवार एलर्जेन पत्ता लगाउन सकिन्छ ।

     

    उपचार

    एलर्जेन पत्ता लगाइसकेपछि बिरामी सकेसम्म त्यो कुरा बाट जोगिन सक्नु पर्छ । एलर्जी का कारण देखिएका लक्षणहरु लाई नियन्त्रण गर्नका लागि बिरामी लाई एन्टिहिस्टामिन तथा डिकन्जेस्टेन्ट दिइन्छ । नाक बन्द हुने तथा बढ्ता हाच्छ्यूँ आइरहने समस्या मा नजल स्प्रे को प्रयोग पनि लाभदायक मानिएको छ । एलर्जेन बाट जोगिँदा पनि र विभिन्न औषधि प्रयोग गर्दा पनि बिरामी लाई आराम नभएमा इम्म्युनोथेरापी को सहायता लिनु पर्ने हुन्छ ।

    एलर्जी को उपचार मा दिइने एन्टिहिस्टामिन तथा डिकन्जेस्टेन्ट को सेवन ले शरीर मा आलस्यता ल्याउने, बढ्ता निन्द्रा लगाउने, आँखा सुख्खा बनाउने जस्ता असरहरु पार्छन् । साथै एस्ता औषधिहरु वर्षौं वर्ष सम्म पनि खाइरहनु पर्ने हुन सक्छ । तसर्थ कुन कारक तत्त्व बाट शरीर मा एलर्जी भइराखेको छ तेसको पहिचान गरी तेसबाट टाढा रहनु नै सबैभन्दा राम्रो उपचार हो । किनकि एलर्जी वास्तव मा कहिल्यै निको नहुने रोग हो । एसका लागि गरिने उपचारहरु पनि वर्षौंवर्ष सम्म चलिरहने हुन सक्छन् ।

     

    रोकथाम

    एलर्जेन को सम्पर्क बाट एलर्जी हुने हुँदा तेसबाट जोगिन विभिन्न तरीकाहरु अवलम्बन गर्न सकिन्छ । प्रायः धूलो धुवाँ तथा विभिन्न रासायनिक कुराहरु एलर्जी का लागि जिम्मेवार हुने हुनाले ती बाट जोगिन निम्न उपायहरु अपनाउनु हितकर हुन्छ –

    • बढ्ता धूलो र धुवाँ को संसर्ग बाट जोगिने ।
    • धूलो जम्ने भुवादार कार्पेट को सट्टा चिल्लो कार्पेट वा पार्केटिङ गरिएको भूइँ को प्रयोग गर्ने ।
    • भूइँ सफा राख्न कुचो लगाउने र पुछ्ने ।
    • धुम्रपान नगर्ने र धुम्रपान गर्ने देखि टाढै रहने ।
    • प्वाँखहरु बाट बनाइएका सिरानी, सिरकहरु प्रयोग नगर्ने ।
    • बच्चाहरु लाई भुवा, कपडा बाट बनाइएका खेलौनाहरु खेल्न नदिने ।
    • घर बाहिर निस्कँदा मास्क को प्रयोग गर्ने ।
    • रंग मिसाइएका खानेकुराहरु नखाने ।
    • धूप बाल्ने तथा एयर फ्रेशनरहरु छर्कने नगर्ने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper