परिचय :

    अल्जाइमर एक प्रकार को मस्तिष्क जन्य रोग हो । यस रोग मा मानिस विस्तारै बिर्सने हुँदै जान्छ र उसको बौद्धिक क्षमता मा समेत क्रमशः ह्रास आउन थाल्दछ । यो रोग को विकास सबैमा एउटै गति मा र एउटै समय मा हुँदैन । यस रोग ले मानिस को सोच्न र कल्पना गर्न सक्ने क्षमता मा पनि कमी ल्याउँछ । मानिस को सामाजिक व्यवहार र व्यक्तित्व मा पनि यसले असर पार्दै जान्छ । अन्ततोगत्वा, मानिस ले आफ्नो जीवन का असाध्यै महत्वपूर्ण कुरा समेत बिर्सन थाल्छन् र आधारभूत दैनिक क्रियाकलाप समेत गर्न नसक्ने हुँदै जान्छन् । जस्तो कि लुगा लगाउन, खान, नुहाउन आदि ।

     

    कारणहरु :

    अल्जाइमर रोग को वास्तविक कारण अझैसम्म पूर्ण रुप ले पत्ता लागिसकेको छैन । यो रोग मा अनुवंश, वातावरण र जीवनशैली को महत्वपूर्ण भूमिका हुन्छ भन्ने आम धारणा छ । मस्तिष्क मा भएका अधिकांश कोषहरु को क्षति हुनुका साथै मस्तिष्क खुम्चनु यसको एक निश्चित कारण हो भन्ने कुरा चाहिँ छर्लंग भइसकेको छ ।

     

    जोखिम का कारण :

    अल्जाइमर रोग लाग्नु का पछाडी निम्न लिखित कारणहरु हुन सक्छन् :

    • बढ्दो उमेर : ६५ वर्ष मुनी का व्यक्ति मा यो रोग विरलै पाइएको छ ।
    • पारिवारिक इतिहास : यदि नजीक का नाता मा अल्जाइमर रोग लागेको छ भने अल्जाइमर रोग हुने सम्भावना अधिक हुन्छ ।
    • लिङ्ग : महिलाहरु पुरुष का तुलना मा बढ्ता बाँच्ने भएकाले तिनलाई अल्जाइमर हुने बढी सम्भावना हुन्छ ।
    • टाउको मा लागेको चोटपटक तथा संज्ञानात्मक बधिरता (चेतना मा हानि) ।
    • मुटु रोग सँग सम्बन्धित जोखिम का कारणहरु (उच्च रक्तचाप, मधुमेह, मोटोपन, उच्च लिपिडेमिया) ले पनि अल्जाइमर रोग बढाउन मा भूमिका खेलेका हुन्छन् ।
    • अनुवंश : क्रोमोजोम मा आनुवंशिक रुप मा आउन सक्ने APOE 4 जीन लाई उच्चतम मानिएको छ ।
    • डाउन सिन्ड्रोम : २१ औं क्रोमोजोम सिँगै वा केही अंश मा जन्मजात लिएर आएका मानिस लाई अरुमा भन्दा १०२० वर्ष अगावै अल्जाइमर रोग हुने सम्भावना हुन्छ ।

     

    लक्षणहरु :

    स्मरण शक्ति मा ह्रास आउन थाल्नु नै अल्जाइमर रोग को संकेत हो । अल्जाइमर रोगी ले आफूलाई अल्जाइमर रोग लागेको बारे मा थाहा नपाउन सक्छ तर परिवार का अन्य सदस्य ले उसका व्यवहार हेरेर लख काट्न सक्छन् ।

    अल्जाइमर रोग लागे पछि देखिने संस्मरण सँग सम्बन्धित केही उदाहरणहरु यस प्रकार छन्

    • महत्वपूर्ण तिथिमिति बिर्सनु, एउटै प्रश्न बारम्बार सोध्नु, सम्झाउने कुराहरु वा सहयोगी चाहिनु, आफ्ना दैनिक काम गर्न पूरा गर्न नसक्नु
    • ठाउँ, मिति र समय का बारे मा भ्रम उत्पन्न हुनु
    • असामान्य ठाउँ मा सामान राख्नु र आँफूले राखेको ठाउँ बिर्सेर फेला पार्न नसक्नु
    • राम्रो निर्णय गर्न नसक्नु, जस्तो कि जो पायो उसैलाई ठूलो रकम दिएर पठाउनु
    • सामाजिक क्रियाकलाप बाट हात झिक्नु, आँफूलाई मन परेका कुराहरु पनि नगर्नु
    • व्यक्तित्व र मूड मा परिवर्तन आउनु, जस्तो कि ससाना कुरा मा डराउनु, दिग्भ्रमित हुनु, शंकालु हुनु
    • कुनै कुरा लाई राम्रो सँग मिलाएर राख्न नसक्ने हुनु, जस्तो कि कुर्ची, टेबुल मिलाउन नजान्नु । आदि ।

     

    निदान :

    बिरामी का व्यवहार हेर्ने बाहेक अल्झाइमर रोग लागेको हो कि होइन भनेर जाँच्ने अरु कुनै तरीका छैन । केबल रोगी को मृत्यु पश्चात् उसको मस्तिष्क का कोषहरु को सूक्ष्म दर्शक यन्त्र द्वारा जाँच गरेर मात्र पत्ता लाग्छ । डाक्टर ले तपाईंको शारीरिक व्यवहार र मानसिक अवस्था को अवलोकन गरेर पत्ता लगाउन सक्छन् । डाक्टर ले अन्य परीक्षणहरु पनि गर्न सक्ने छन् । रक्त परीक्षण, एमआरआई, सीटी स्क्यान, इइजी र पेट स्क्यान गरेर संस्मरण क्षमता मा ह्रास हुनुका कारण पत्ता लगाउन खोज्ने छन् । मस्तिष्क को क्रियाकलाप लाई जाँच्न इइजी परीक्षण को उपयोग गर्न सकिन्छ । भर्खरै देखिएको संस्मरण को क्षति मा बाहेक जीन सम्बन्धी परीक्षण तालिका अनुसार नगर्न सकिन्छ ।

     

    उपचार :

    अल्जाइमर रोग को कुनै निश्चित उपचार छैन । खाली चिकित्सक ले संस्मरण क्षमता मा आएको कमी तथा मस्तिष्क का अन्य क्रियाकलाप लाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा सिकाउने छन्। नियमित शारीरिक व्यायाम, सामाजिक तथा बौद्धिक क्रियाकलाप मा सक्रियता आदि ले यो रोग बढ्ने गति लाई मत्थर पार्ने छन् ।

     

    रोकथाम :

    जीवनशैली का केही तरीकाहरु ले अल्झाइमर रोग हुने सम्भावना लाई घटाउन सक्छन् । सामाजिक क्रियाकलाप मा बढी सक्रीय हुनु तथा बौद्धिक व्यायाम हुने खालका काम मा लाग्नुले तपाईंको मस्तिष्क को कार्यक्षमता लाई जोगाउन सक्छ । सँगसँगै रक्तसंचार प्रणाली लाई चुस्त दुरुस्त राख्ने खाल का नियमित शारीरिक व्यायाम ले पनि मस्तिष्क लाई ओरालो लाग्नु बाट जोगाउने क्षमता राख्दछ । चिल्लो पदार्थ कम भएको, सागसब्जी र फलफूल बढ्ता भएको खानेकुरा को नियमित सेवन पनि अल्झाइमर रोग को सम्भावना लाई न्यून गर्ने उपाय हो । मेडिटेर्यानियन आहार लाई अल्जाइमर रोग हुन नदिने राम्रो आहार का रुप मा लिइएको छ ।

     

    सम्बन्धित विषयहरु

    Dementia, Neurological problems

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper