अर्धकपाली (Migrane)

संपरीक्षक डा. परिमल कोइराला, MD

     

    परिचय :

    लामो समयसम्म लगातार अत्यन्त कडा किसिम ले टाउको दुख्ने र बेला बेला मा दोहोरिइराख्ने समस्या लाई अर्धकपाली भएको भनिन्छ । यसको अंग्रेजी नाम माइग्रेन, Migrane हो । माइग्रेन हुँदा एमआरआई वा सीटीस्क्यान गर्दा पनि कुनै समस्या देखिँदैन । सामान्य खाल को माइग्रेन मा टाउको दुख्ने मात्रै हुन्छ भने जटिल खाल को माइग्रेन मा पूरै जिउ दुख्ने हातखुट्टाहरु नचल्ने आँखा दुख्ने आदि लक्षणहरु देखिन्छन् । हाम्रो देश मा आम रुपमा देखिने समस्या भनेको सामान्य खाल को माइग्रेन को हो ।

    विशेष गरी २० वर्ष देखि माथी का व्यक्ति मा यो समस्या देख्ने गरिएको छ । यो समस्या पुरुष मा भन्दा स्त्री मा बढ्ता पाइएको छ ।

     

    कारण :

    माइग्रेन को वास्तविक कारण यही हो भन्ने अझै पनि खोजी कै विषय बनेको छ । तर केही अनुसन्धानहरु ले यो रोग हुनुका पछाडी का कारणहरु निम्न हुन सक्ने देखाएका छन् –

    • हाम्रो मस्तिष्क भित्र भएका केही रक्तनलीहरु फुल्नाले ती वरिपरि का कोषहरु सुन्निने र तन्कने हुँदा टाउको दुख्न सक्छ ।
    • महिलाहरु मा महिनाबारी हुँदा हुने हर्मोन को उतारचढाव का कारण महिनाबारी को समय मा टाउको दुख्ने हुन सक्छ ।
    • यदि अघिल्लो पुस्ता मा यो समस्या छ भने आनुवंशिक रुप मा यो रोग सर्ने सम्भावना हुन्छ।
    • गर्भनिरोधक चक्की को सेवन क्याफिन भएका पेय पदार्थ को सेवन तथा चिन्ता पनि माइग्रेन को कारण हुन सक्छ ।
    • क्याफिन भएका कालो रंग का चकलेटहरु, कफी, आइसक्रीम ज्यादा खाने र बढ्ता घाम मा हिंड्ने लाई पनि माइग्रेन हुने सम्भावना ज्यादा हुन्छ ।

     

    थप जोखिम हुने अवस्थाहरु :

    • अनिद्रा : यदि शरीर ले पूरा आराम पाएन भने ।
    • औषधि : केही निद्रा लगाउने औषधि तथा हर्मोन को सन्तुलन मिलाउन खुवाइने औषधि खाँदा।
    • धूलो धुवाँ जस्ता एलर्जिक कुराहरु सँग प्रभाव मा आउँदा ।
    • चर्को आवाज तथा चर्को प्रकाश ।

     

    लक्षण :

    माइग्रेन को मुख्य लक्षण भनेकै लामो समयसम्म लगातार अत्यन्त कडा किसिम ले टाउको दुख्ने र बेला बेला मा दोहोरिइराख्नु हो । यसको लक्षण बिरामी र रोग को प्रकृति अनुसार केही फरक हुन सक्छ –

    • विशेष गरी टाउका को एक भाग मा मात्र दुख्छ । तेसैले नेपाली मा एसलाई अर्धकपाली भनिएको हो । करीब एक तिहाई बिरामी मा टाउका को दुवै भाग मा दुख्ने पनि हुन सक्छ ।
    • टाउका को कहिले दायाँ तिर र कहिले बायाँ तिर दुख्छ । कहिले निधार र कहिले घाँटी दुख्ने हुन्छ । दुखाई प्रायः गरेर ब्लक ब्लक गरेर टन्किएको जस्तो हुन्छ ।
    • धेरै उज्यालो हेर्दा बढ्ता दुख्ने र वाकवाकी लाग्ने समस्या हुन्छ ।Image result for migraine
    • तिब्र पीडा रोकिएको केही घण्टासम्म बिरामी ले थकान को महसूस गर्ने हुन्छ ।
    • चिया कफी जस्ता क्याफिन बढ्ता भएका पेय पदार्थ पिए पछि यस किसिम को टाउको दुखाई बढाउने काम गर्छन् ।

     

    माइग्रेन को जाँच कसरी गरिन्छ ?

    बिरामी को लक्षण का बारेमा राम्रो जानकारी लिएर डाक्टर ले माइग्रेन भए नभएको अन्दाज गर्न सक्ने छन् । टाउका को अन्य कुनै समस्या हो कि भन्ने आशंका मेट्न का लागि डाक्टर ले सीटी स्क्यान तथा एमआरआई गराउने छन् ।

     

    उपचार :

    माइग्रेन हुनुको कारण स्पष्ट नहुनाले उपचार पनि स्पष्ट छैन । यसको उपचार दुई किसिमले गरिन्छ- औषधि सेवन र जीवन शैली मा परिवर्तन । सामान्यतया दुखाई कम गर्ने प्यारासिटामोल इबुप्रोफेन जस्ता औषधिहरु उपयोग मा ल्याइन्छ तर इनको लामो उपयोग ले बिरामी मा नकारात्मक प्रभावहरु देखिने हुनाले सकेसम्म जीवनशैली मा निम्न परिवर्तन ल्याउने सल्लाह दिने गरिन्छ –

    • दैनिक रुप मा शारीरिक व्यायाम गर्ने ।
    • कफी कालो रंग का चकलेट जस्ता क्याफिन धेरै भएका खानेकुराहरु नखाने ।
    • निद्रा पुग्ने गरेर सुत्ने ।
    • पानी पटक पटक गरेर पर्याप्त मात्रा मा पिउने ।
    • पुरानो अचार, गुन्द्रुक, अमिल्याएको तामा जस्ता खानेकुरा नखाने ।
    • सोझै घाम को प्रकाश टाउको मा पर्ने गरेर धेरै बेर नबस्ने । चर्का घाम मा बाहिरफेर हिंड्नुपर्यो भने पनि छाता ओढ्ने ।
    • मन मा नकारात्मक कुरा खेलाउने बानी नगर्ने ।
    • गर्भनिरोधक दवाई खाइरहेको भएमा त्यो नखाने र दुखाई कम हुन्छ वा हुँदैन हेर्ने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper