अति यौन चाहना (Sex Addiction)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, एमबीबीएस, पीएचडी

    परिचय :

    यौन चाहना हुनु नराम्रो होइन । यौवन अवस्था मा प्रवेश हुनु सँगै मानिस मा यौन प्रति अनेक जिज्ञासा एवम् लगाव हुनु एक स्वाभाविक र प्राकृतिक प्रक्रिया हो । तर अति सर्वत्र वर्जयेत् भने झैं अति यौन चाहना हुनु चाहिं एउटा मानसिक समस्या हो । यो स्वभाव ले व्यक्ति को पूरै दिनचर्या लाई प्रभावित पार्न थाले पछि एसले एउटा समस्या को रूप लिन सक्छ । सुत्दा, उठ्दा जतिखेर पनि सेक्स कै मात्र कुरा सोच्ने, कुरा गर्दा पनि सेक्स कै कुरा ल्याउने, विपरीत लिंगी लाई देख्यो कि ऊ सँग पनि सेक्स कै इच्छा राख्ने बानी लाई अति यौन चाहना अर्थात् सेक्स एडिक्शन Sex Addiction का रूप मा लिइन्छ ।

    अति यौन चाहना भएको व्यक्ति लाई यौन अम्मली वा Sex Addict पनि भन्ने गरिन्छ । हर क्षण यौन चिन्तन का कारण एस्तो व्यक्ति ले आफ्नो दिनचर्या लाई सुचारु रूप ले चलाउन सक्दैन । न त पढाई लेखाई मा मन लैजान सक्छ न काम मा मन लगाउन सक्छ । यौन अम्मल का कारण आफन्त का बीच मा समेत सुमधुर सम्बन्ध बनाउन असफल हुँदै जान्छ र अन्ततः ऊ असामाजिक व्यक्तित्व का रूप मा समाजबाटै बहिष्कृत हुन पुग्छ ।

    महिला मा भएको अति यौन चाहना लाई निम्फोम्यानिया Nymphomania र पुरुष मा भएको अति यौन चाहना लाई स्यातिरियासिस Satyriasis पनि भन्ने गरिन्छ ।

     

    लक्षण

    हर समय यौन का बारे मा सोचिराख्ने र सेक्स मा मग्न रहने चाहना हुनु नै अति यौन चाहना को प्रमुख लक्षण हो । एसका अन्य केही लक्षणहरु लाई एसप्रकार टिप्न सकिन्छ –

    • यौन क्रिया मा सन्तुष्टि नमिल्नु ।
    • यौन क्रिया का लागि जोखिम मोल्न रुचाउनु ।
    • एकैसाथ धेरै जना सँग शारीरिक सम्बन्ध हुनु ।
    • अत्यधिक मात्रा मा हस्तमैथुन गर्नु ।
    • अश्लील कुरा हेरेर, पढेर तथा अश्लील कुरा गरेर समय बिताउनु ।
    • सार्वजनिक रूप मा नसुहाउने खालका यौन व्यवहार गर्नु ।
    • राम्रो परिचय नै नभएका वा भर्खर परिचय भएका व्यक्ति सँग पनि यौन सम्बन्ध राख्न खोज्नु वा राख्नु ।
    • यौन बाहेक का अन्य विषय मा खासै चाख नराख्नु ।
    • ससाना कुरा मा पनि झर्कनु वा आलोचना सहन नसक्नु ।

     

    कारण

    के कारण ले अति यौन चाहना हुन्छ भन्ने विषय मा अनेक सिद्धान्त बनेका छन् । तर सबै सिद्धान्त ले निम्न कारण लाई साझा रूप मा महत्त्व दिएको पाइन्छ –

    • बाल्यकाल मा कसैबाट यौन शोषण को शिकार हुनु ।
    • आफूले कल्पना नगरिएका मानिसहरु लाई यौन क्रीडा मा संलग्न भएको देख्नु ।
    • डिप्रेशन, बहुव्यक्तित्व विकार जस्ता अन्य मानसिक रोग को शिकार हुनु ।
    • केही स्नायु सम्बन्धी समस्या, छारेरोग, टाउको को चोटपटक तथा विष्मरण सम्बन्धी मानसिक रोग लाग्नु ।
    • एपोमर्फिन, डोपामिन जस्ता औषधि को सेवन गर्नु ।
    • परिवार मा अरु मा पनि यो समस्या देखिनु ।
    • टेस्टोस्टेरोन, एस्ट्रोजेन जस्ता हर्मोन मा असन्तुलन हुनु ।

     

    रोग को निदान

    बिरामी का लक्षण हेरेर र परिवार का अन्य सदस्यहरु बाट सुनेर सेक्स एडिक्सन भएको हो वा होइन भन्ने निर्क्योल गरिन्छ । रगत जाँच गरेर रगत मा भएको हर्मोन को असन्तुलन पत्ता लगाइन्छ । बिरामी को वंशानुगत अध्ययन र बिरामी लाई लागेका अन्य मानसिक रोग को जानकारी पनि अति यौन चाहना को समस्या भएको हो वा होइन भन्ने निदान का  लागि सहयोगी हुन्छ ।

     

    एस रोग का कारण निम्तिने थप समस्याहरु

    यो रोग आँफैमा एउटा समस्या त हो नै । तेसमाथी एस रोग का कारण निम्न समस्याहरु पनि निम्तिने गर्छन् –

    • एड्स, भिरिङ्गी जस्ता संक्रमणजन्य यौन रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।
    • सामाजिक रूप मा बहिष्कृत हुन सक्ने सम्भावना प्रबल हुन्छ ।
    • कसैसँग प्रेम मा परेको भए प्रेम टुट्ने तथा विवाहित भए सम्बन्ध विच्छेद हुने सम्भावना हुन्छ ।
    • यौन सम्बन्ध ले तत्काल राहत को अनुभूति भए पनि त्यो क्षणिक हुन्छ । तर तेसले दीर्घकालीन रूप मा नकारात्मक असर पार्दछ ।
    • यो समस्या ले ग्रसित मान्छेहरु मादक पदार्थ तथा लागू पदार्थ का अम्मली हुने सम्भावना अत्यधिक हुन्छ ।

     

    उपचार

    अति यौन चाहना को उपचार मानसिक चिकित्सक को निगरानी मा हुनु पर्छ । रोगी लाई सावधानी पूर्वक गरिने चिकित्सा लाभदायक हुन्छ । डाक्टर ले समस्या को कारण का आधार मा उपचार को प्याकेज बनाउँछन् । एसमा व्यावहारिक चिकित्सा उपयोगी हुन्छ । कसै कसैलाई डिप्रेशन को औषधि पनि दिन सकिन्छ । यदि बिरामी अविवाहित छ भने उसको विवाह गरिदिनु लाभदायक हुन्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper