परिचय :

    अंकुशेजुका पर्नु भनेको मानिस को आन्द्रा मा एक किसिमको जुका (हुकवर्म) को पर्याक्रमण बाट हुने समस्या हो । यो एन्साइलोस्टोमा डयूडेनेल र नेकाटर अमेरिक्यानस दुई किसिम मध्ये कुनै एक परजीवी को आक्रमण बाट हुन्छ । नेपाल जस्ता विकासोन्मुख मुलुकहरु मा यसलाई जुका पछि दोस्रो ठूलो परजीवी प्रकोप का रुप मा लिइन्छ । मानव मलमूत्र द्वारा प्रदूषित भएको माटो मा अंकुशेजुका का अण्डा तथा लार्भा रहने सम्भावना हुन्छ । निम्न अवस्थाहरु मा अंकुशेजुका को संक्रमण हुने सम्भावना हुन्छ :

    • माटो मानव मलमूत्र द्वारा प्रदूषित हुनु
    • माटो मा फुल बाट लार्भा बन्न र बाँच्न उपयुक्त न्यानोपन र आर्द्रता हुनु
    • मानव शरीर को छाला, विशेष गरेर पाइताला, उक्त माटा को संसर्ग मा आउनु
    • हुकवर्म का लार्भा द्वारा प्रदूषित खानेकुरा राम्ररी नपकाई खानु

    माथी उल्लिखित शुरु का तीन अवस्थाहरु का कारण मानव शरीरभित्र प्रविष्ट भएका अंकुशेजुका का लार्भाहरु रक्तधारमा बग्दै बग्दै फोक्सो मा पुग्छन् । खोक्दा र माथी उल्लिखित चाैथाे अवस्था मा मुख बाट भित्र छिरेका ती लार्भाहरु घाँटी सम्म आइपुग्छन् र थुक वा खानेकुरा निल्नु सँगै पाचन नली तिर छिर्छन् । तेस पछि आन्द्रा को भित्ता मा टाँसिएर बस्छन् ।

     

    जोखिम का कारणहरु :

    यदि प्रदुषित माटो भएका ठाउँ मा खाली खुट्टा हिँडियो भने अंकुशेजुका का लार्भाहरु छाला मा टाँसिन र शरीरभित्र घुस्न सक्छन् । यदि तपाईं अंकुशेजुका प्रभावित क्षेत्रमा बस्नुहुन्छ वा यात्राका दौरान त्यस्ता क्षेत्रमा पुग्नुभयो भने तपाईंमा अंकुशेजुका को संक्रमण हुने प्रबल सम्भावना हुन्छ।

     

    लक्षणहरु :

    अंकुशेजुका संक्रमण को प्रारम्भिक चरणमा कुनै लक्षण देखिँदैन । जब अंकुशेजुका का लार्भाहरु ले छाला लाई छेडेर भित्र रक्तधार मा मिसिन्छन् र फोक्सो वा आन्द्रामा आक्रमण गर्छन् तब निम्न लक्षणहरु देखा पर्छन्

    • जहाँबाट अंकुशेजुका शरीरभित्र प्रविष्ट भएको हो सो स्थानमा रातो डाब्रा देखिनु का साथै चिलाउने हुन्छ
    • खोकी लाग्ने, खोक्दा रगत आउने, सास फेर्न गाह«ो हुने हुन्छ
    • वाकवाकी लाग्ने र वान्ता आउने हुन्छ
    • पेट दुख्नुका साथै पेट फुल्न सक्छ
    • फलामको कमीले हुने रक्ताल्पताका लक्षणहरु जस्तै पहेंलोपना, थकावट, चक्कर आउनु आदि हुन सक्छ
    • कुपोषण तथा रक्ताल्पताका कारण हुने जीऊ फुल्ने लक्षण पनि देखा पर्छ
    • गम्भीर संक्रमणका अवस्थामा पोषणको अभाव हुन गई शरीर दुब्लाउँदै जाने अवस्था आउँछ

     

    निदान :

    • दिसामा अंकुशेजुका का फुल तथा लार्भा भए नभएको जाँच गरेर
    • अंकुशेजुका प्रभावित क्षेत्रमा प्रदूषित माटोसँग शरीरको संसर्ग भएको जानकारी र अंकुशेजुकाका मिल्दाजुल्दा लक्षणहरुका आधारमा पनि अन्दाज गर्न सकिन्छ । परीक्षण गर्दा छालामा पहेंलोपन, एल्बुमिनको कमीका कारण शरीर मा सुजन तथा बच्चाहरु मा शारीरिक विकासमा रोकावट देखिन्छ ।
    • रक्त परीक्षण गर्दा सेता रक्तकणकै एक प्रकार इयोसिनोफिल्स को संख्यामा वृद्धि देखिनुले अंकुशेजुकाको आन्द्रामा कडा संक्रमण भएको बुझाउँछ । तर यो जाँच मात्रैले निष्कर्ष निकाल्न सकिँदैन ।
    • फोक्सोमा संक्रमण भएको अवस्थामा फोक्सोको अवस्था हेर्न छातीको एक्सरे जाँच गरिन्छ।

     

    उपचारका विकल्पहरु :

    • अल्बेण्डाजोल खुवाउनु उपचारको सबैभन्दा प्रभावकारी उपाय हो । मेबेण्डाजोलको प्रयोग यसको वैकल्पिक उपचार हो ।
    • रक्ताल्पता देखिएको अवस्थामा आइरन (फलाम) चक्की खुवाउनु ।
    • कुपोषण को लक्षण देखिएको खण्डमा एन्टीहेल्मिन्थिक चिकित्साले शारीरिक वृद्धि र संज्ञानात्मक कार्यमा सुधार ल्याउने काम गर्छ ।

     

    रोकथाम :

    • जुत्ता लगाउने बानी गर्ने, प्रदूषित क्षेत्रमा खाली खुट्टा नहिँड्ने ।
    • वातावरणीय सरसफाईमा ध्यान दिने, खुला ठाउँमा दिसापिसाब नगर्ने ।
    • मानव दिसालाई मलका रुपमा खेतबारीमा प्रयोग नगर्ने ।
    • बच्चाहरु तथा बच्चा पाउने उमेरमा पुगेका किशोरीहरुले निश्चित अन्तरालमा नियमित रुपले कृमीनाशक औषधिको सेवन गर्ने ।
    • आर्थिकसामाजिक अवस्थामा सुधार, सफा वातावरण, समुचित शिक्षाले पनि यस किसिमका संक्रमणहरुबाट जोगाउन सहयोग पुरयाउने काम गर्छ ।

     

    सम्बन्धित विषय :

    Roundworm, Pinworm, Malnutrition

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper