- तीव्र कामज्वरो आउन सक्छ ।
- एसको असर कायम रहेका बेला जीउ वा टाउको दुख्ने, बान्ता हुने हुन्छ ।
- ज्वरो को क्रम दुई र तीन दिन को अन्तराल मा हुन्छ ।
- सुन्निएको ग्रन्थी ज्वरो को आक्रमण सँगै बढ्दै जान्छ ।
- अण्डकोष सुन्निने- हाइड्रोसिल, खुट्टा हात्ती को खुट्टा जस्तै मोटो र खस्रो हुने, हात सुन्निने, योनीद्वार वा स्तन सुन्निने हुन्छ ।
- रोगीहरू को पिसाब दूध जस्तै सेतो हुन्छ । पिसाब मा लिम्फ मिसिनाले एस्तो हुन गएको हो ।
- ट्रपिकल पल्मोनरी एस्नोफिलियासमेत हुन सक्छ । डब्लूएचओ का अनुसार एस्तो स्थिति मा फोक्सो पनि सुन्निन्छ । अनि सुख्खा खोकी लाग्ने, दम बढ्ने र कहिलेकाहीँ खकार मा रगत देखिने हुन सक्छ । दम बढ्दा रोगी हिँडडुल गर्न असमर्थ हुन सक्छ ।
- हातगोडा मा नीला धर्साहरू देखिन्छन् ।
- छाला बाक्लो र खस्रो देखिन्छ ।
- लामो समयसम्म सुख्खा खोकी लाग्छ ।
- महिला वर्गमा स्तन दुख्ने र सुन्निने हुन्छ ।
- सुन्निएको अङ्ग लाई सफा गर्ने र सुख्खा राख्ने ।
- सुन्निएका स्थानहरु मा म्वाइस्चराइजर क्रीम लगाउने ।
- घाऊ भएमा उपयुक्त औषधि लगाउने ।
- सामान्य व्यायाम गर्ने । हरेक दिन हिँड्ने अभ्यास गर्ने ।
- आवश्यक पर्दा डाक्टर ले शल्यक्रिया समेत गर्न सक्ने छन् । यो शल्यक्रिया प्रायः गरेर सुन्निएको अण्डकोश बाट भएको अपठेरो लाई कम गर्न बढ्ता उपयोगी हुन्छ ।
- शरीर मा भएका हात्तीपाइले का जीवाणु लाई मार्न आइभरमेक्टिन, मेबेन्ड्याजोल जस्ता औषधि दिन सक्छन् । तर इनको सेवन डाक्टर को सल्लाह मुताबिक गर्नु पर्छ।
- जोसुकैलाई हुनसक्ने हात्तीपाइले रोग बाट बच्न वर्ष को एकपटक पाँच वर्ष सम्म सरकार द्वारा वितरित निःशुल्क चक्की खानुपर्छ । एस क्रिया अन्तर्गत जुकानाशक एल्वेन्डाजोल एउटा र उमेर हेरी डाइइथाइल कार्बामाजाइन चक्की एक देखि तीन वटा सम्म वर्ष मा एकपटक खानुपर्छ ।
- चक्की ले हात्तीपाइले को उपचार सँगै पेट मा भएका अन्य जुका को समेत सजिलै उपचार हुन्छ। एसको सेवन ले असर नगरे पनि शरीर मा धेरै परजीवी छन् भने टाउको दुख्ने, वाकवाकी लाग्ने, अथवा पेट दुख्ने हुन सक्छ ।
- यो औषधि गर्भवती, एक साता सम्म का सुत्केरी, छारेरोग, मुटु रोग, मृगौला, जन्डिस, कलेजो का दीर्घ रोगीहरू, सिकिस्त बिरामी र दुई वर्ष नपुगेका बच्चाहरू बाहेक सबैले खान सकिन्छ । डब्लूएचओ का अनुसार हात्तीपाइले को औषधि ८३ राष्ट्र का करोडौं मानिस ले सेवन गरे पनि हाल सम्म कुनै साइड इफेक्ट देखिएको छैन ।
परिचय :
लिम्फ्याटिक फाइलेरिया भनेर चिनिने यो रोग रेशा जस्ता किटाणुहरू Wuchereria bancrofti, Brugia malayi, र B. timori को सङ्क्रमण बाट लाग्दछ । साना जुका जस्ता देखिने यी तीन प्रकार मध्ये नेपाल मा उचेरेरिया ब्यांक्रोफ्टी को प्रकोप मात्रै देखिएको छ । वयस्क अवस्था मा उचेरेरिया ब्यांक्रोफ्टी को पोथी परजीवी ८ देखि १० सेमीसम्म लामो हुन्छ भने भाले परजीवी ४ सेमी सम्म लामो हुन्छ । यो परजीवी र्याल ग्रन्थी (लिम्फ नोड) मा हुन्छ । संक्रमित पोथी क्युलेक्स लामखुट्टे को टोकाई बाट यो परजीवी मानिस मा सर्दछ । प्रायः यो रोग शरीर खुट्टा मा लाग्ने र खुट्टा सुन्निँदै गएर हात्ती को जस्तो देखिने हुँदा एसलाई हात्तीपाइले रोग र स्वास्थ्य विज्ञान मा इलिफ्याटियासिस भनेर पनि चिनिन्छ ।
हात्तीपाइले रोग लाई प्राणघातक रोग मानिँदैन ता पनि यो रोग लागेर अङ्ग मा क्षति भइसके पछि फेरि कुनै पनि औषधि ले तेसको आपूर्ति गर्न सकिँदैन । तेसैले क्युलेक्स लामखुट्टे प्रभावित क्षेत्र मा बसोबास गर्ने वा घुम्न जाने मान्छे ले यो लाग्नु भन्दा अगावै एसको औषधि खानु बुद्धिमानी हुन्छ ।
सन् २०२० सम्म मा नेपाल बाट हात्तीपाइले रोग को निवारण गर्ने लक्ष्य अन्तर्गत इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ले हात्तीपाइले प्रभावित क्षेत्रहरु मा रोग विरुद्ध औषधी खुवाउने कार्यक्रम लाई निरन्तरता दिएको छ ।
विश्व स्वास्थ्य संगठन को एक तथ्यांक अनुसार हाल विश्व का करीब ५२ देश का करीब ८५.६ करोड मानिस हात्तीपाइ ले रोग को जोखिम मा रहेका छन् ।
सन् २००० सम्म विश्व का करीब १२ करोड मानिस एस रोग बाट संक्रमित रहेकोमा करीब ८ करोड मानिसहरु को अंगभंग भएको छ । हाल सम्म ४९.९ करोड मानिसहरु ले पूर्णरुप मा उपचार पाएकोमा ६७ अर्ब मानिस लाई हात्तीपाइले विरुद्ध को औषधी खुवाइसकिएको छ ।
हात्तीपाइले रोग को संक्रमण भएको शरीर को हिस्सा का आधार मा एसलाई तीन भाग मा बाँडिएको छ – लिम्फ्याटिक फिल्यारियासिस सबक्यूट्यानियस फिल्यारियासिस र सिरियस क्याभिटी फिल्यारियासिस ।
लक्षण
सामान्यतया मानिस को शरीर मा यी परजीवी को प्रवेश भएको केही वर्ष पछि मात्रै रोग का लक्षणहरु देखिन्छन् ।
रोग को निदान
बिरामी का लक्षण हेरेर र रगत को परीक्षण गरेर तथा छाला को जाँच गरेर हात्तीपाइले रोग को सजिलै निदान गर्न सकिन्छ । तर एसको निदान गर्नु भनेको यो रोग होइन रहेछ भने सो को उपचार मा लाग्नका लागि पनि हो र हात्तीपाइले रोग नै लागेको थाहा भएमा शरीर मा रहेका हात्तीपाइले का जीवाणुहरु लाई मार्नु र प्रभावित अङ्ग लाई थप क्षति हुनु बाट जोगाउनु हो ।
उपचार
यदि हात्तीपाइले रोग लागेको निश्चय भयो भने डाक्टर को सल्लाह मा निम्न कुराहरु गर्नु लाभदायक हुन्छ –
रोकथाम
यो रोग को लक्षण देखिइसकेपछि रोग लाई निको पारेर शरीर लाई फेरि पहिलेकै अवस्था मा लैजान नसकिने हुनाले एसको लक्षण नदेखिँदै औषधि खानु श्रेयस्कर हुन्छ ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्