- ज्वरो आउने ।
- एकदमै जाडो भएको महसूस हुने ।
- रुघा-खोकी तथा घाँटी खस् खस् भएर पोले जस्तो हुने ।
- छाती दुख्ने ।
- थकान को महसूस हुने ।
- भोक नलाग्ने ।
- पखाला लाग्ने ।
- वाकवाकी हुने ।
- चक्कर आए जस्तो महसूस हुने ।
- स्वाइन फ्लू लागेको सुँगुर सँग कुनै प्रकारको सम्पर्क का कारण ।
- स्वाइन फ्लू प्रभावित व्यक्तिहरु को सम्पर्क का कारण हावा का माध्यम बाट ।
- स्वाइन फ्लू का भाइरस भएको दानापानी सुँगुर को दिसापिसाब आदि सँग सम्पर्क का कारण ।
- ६५ वर्षभन्दा माथीका वृद्धवृद्धा ।
- ५ वर्षमुनि का बालबच्चा ।
- कुनै रोग का दीर्घरोगी ।
- गर्भवती महिला ।
- लामो समय देखि एस्पिरिन खाइरहेका व्यक्तिहरु ।
- रोग प्रतिरोध क्षमताशक्ति कमजोर भएका मानिसहरु ।
- एडाम्यान्टिन्स : एम्यान्टाडिन र रिम्यान्टाडिन ।
- इन्फ्लुएन्जा प्रोटिन इन्हिबिटर : ओसेल्टामिभिर तथा जानामिभिर ।
- खाना खानुभन्दा अगावै साबुन पानी ले राम्रो सँग हात धुने ।
- सुंगुर को मासु खानु परेमा राम्रोसँग पकाएर खाने ।
- पूरा निद्रा सुत्ने ।
- यथेष्ट शारीरिक परिश्रम गर्ने बानी बसाल्ने ।
- कुनै पनि कुरा मा धेरै चिन्ता नलिने ।
- समय समय मा पानी पिई राख्ने ।
- सन्तुलित आहार लिने ।
- सुँगुर को सम्पर्क बाट जोगिने ।
- रोग लागेका मानिस सँग सीधा सम्पर्क नगर्ने ।
परिचय :
सन् २००९ मा सुँगुर, मानिस र चरा मा पाइने इन्फ्लुएन्जा भाइरस बीच triple re-assortment भएर पहिलो पटक मानिस मा “स्वाइन फ्लू” देखा परेको थियो । तेसको १ वर्ष भित्रै २१४ देशमा स्वाइन फ्लू फैलन गई करीब १८ हजार मानिस को ज्यान लिएको थियो । नेपाल मा सन् २०१५ को बर्खायाम मा स्वाइन फ्लू को भाइरस देखिए पनि एस पटक निकै अगाडी उक्त रोग को भाइरस देखिएको छ ।
स्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुर को कारण फैलिने गर्दछ । एसलाई कतै-कतै सुँगुरे ज्वरो पनि भन्ने गरिन्छ र यो रोग फैलाउन टाइप ए इन्फ्लुएन्जा (H1N1) भाइरस जिम्मेबार मानिएको छ ।
‘म्यूटेसन’ का कारण हाल एस भाइरस ले आफ्नो स्वरूप परिवर्तन गरेको पाइएको छ । हाल यो भाइरस H1N2, H3N2, H3N1 आदि रुप मा देखा परेका छन् । जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो जसले उपल्लो र तल्लो श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ ।
यसको लक्षण पनि पहिले जस्तो स्पष्ट रुपमा थाहा पाउन सहज छैन । पहिले भन्दा यो भाइरसको क्षमता ८ गुणासम्म बढेको पाइएको छ ।
लक्षण :
रोग लाग्नु को कारण :
स्वाइन फ्लू सरुवा रोग हो । यो रोग सर्नुका पछाडी केवल तीनवटा कारण हुन सक्छन् –
जोखिमयुक्त अवस्था :
हुनत स्वाइन फ्लू को समय मै उपचार नहुँदा जो कोही लाई पनि प्राणघातक हुन सक्छ । तै पनि एस रोग को जोखिम मा पर्ने व्यक्तिहरु एसप्रकार छन् –
रोग को निदान :
रोगी मा देखिएका लक्षणहरु लाई रोग निदान को पहिलो आधार मानिन्छ । तेसपछि नाक को पानी मा भाइरस A अथवा B छ कि छैन भन्ने जाँच गरिन्छ । तेसपछि टाइप A हो कि टाइप B हो भन्ने पत्ता लगाइन्छ । टाइप A हो भने स्वाइन फ्लू हुने सम्भावना हुन्छ र टाइप B हो भने स्वाइन फ्लू हैन भन्ने पक्का हुन्छ । तेसपछि RT-PCR आदि गरेर स्वाइन फ्लू हो होइन निर्क्यौल गरिन्छ ।
उपचार :
सामान्यतया बिरामीहरु सफासुग्घर वातावरण मा तातो पानी पिएर र रुघाखोकी लाग्दा लिइने सामान्य औषधि सेवन गरेर सञ्चो हुन सक्छन् । तर बिरामीको अवस्था गम्भीर रहेछ भने अस्पताल मै भर्ना भएर उपचार गराउनु पर्ने हुन्छ । त्यो बेला डाक्टर ले बिरामी को समस्या हेरेर निम्न औषधि प्रयोग गर्न सक्छन् –
रोकथाम का उपाय :
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्