- दाँत लाई कीरा ले खाएर ठूलै खाल्टो परेकाले दुखेको छ ।
- सानो भए पनि गहिरो खाल्टो भइकाले दुखेको छ ।
- ब्रश लगाउँदा पनि दुख्ने र चीसो वा तातो पानी पर्दा पनि दुख्ने गरेको छ ।
- कीरा ले खाएको दाँत को एक्सरे गरेर खिइएको भाग को अवस्था कस्तो छ भन्ने पत्ता लगाउने ।
- गिँजा मा नदुख्ने इन्जेक्शन लगाएर दाँत भित्र जम्मा भएको पीप आदि सफा गर्ने र दाँत लाई खुर्केर दाँत को सड्न लागेको भाग फाल्ने ।
- दाँत का जरा लाई भित्रै सम्म प्वाल पारेर क्यानल बनाउने र तिनमा भएको संवेदनशील नसा पल्प आदि हटाउने ।
- जरा मा सपोर्ट दिनु पर्ने भएमा सपोर्ट दिएर सिमेन्ट ले फिलिङ गर्ने ।
- प्रायः एसरी रुट क्यानल उपचार विधि बाट उपचार गरेको दाँत लाई माथी बाट दाँत कै आकार को टोपी ले छोप्ने जसलाई क्रोनिङ या क्यापिङ का नाम ले चिनिन्छ ।
- बिहान र बेलुका खाना खाए पछि राम्रो सँग दाँत सफा गर्ने ।
- चकलेट वा अन्य केही पनि खानेकुरा खाए पछि मुख कुल्ला गर्ने ।
- धेरै तातो र धेरै चिसो खानेकुरा नखाने ।
- समय समय मा मनतातो नूनपानी ले मुख कुल्ला गर्ने ।
- भुटेको मकै, भटमास जस्ता साह्रा कुराहरु चपाउँदा दाँत र बंगरा को व्यायाम हुन्छ । तर धेरै नै साह्रो कुरा टोक्ने देखि कोक को बोतल खोल्ने काम गर्नु हुँदैन ।
- साह्रै भए पनि सुपारी टोक्ने र पान चपाउने बानी दाँत का लागि हितकारी होइन ।
- बेला बेला मा एन्टीब्याक्टेरियल माउथ वाश को प्रयोग गर्नु पनि लाभदायक हुन्छ ।
परिचय :
दाँत दुखेको पीडा कति असह्य हुन्छ भन्ने कुरा को अनुभव दाँत दुखेका हर कोही सँग हुन्छ । दाँत मा अड्किएको खानेकुरा ब्याक्टेरिया को संसर्ग मा आएर एसिड बने पछि तेही एसिड ले जब दाँत खिइँदै जान्छ र खाल्टो पर्न थाल्छ हामी तेसलाई दाँत मा कीरा लागेको भन्ने गर्छौं । तेसरी कीरा लागेको दाँत लामो समय पछि दुख्न थाल्छ । दाँत को बाहिरी सतह का रुप मा रहेको इनामेल खिइए पछि डेन्टाइन खिइन थाल्छ र डेन्टाइन खिइँदै गएर दाँत भित्र रहेको नसा छोइन पुग्यो भने असह्य पीडा हुन्छ । अनि हामीलाई लाग्न थाल्छ यो दाँत निकालिहाल्न पाए हाइसञ्चो हुन्थ्यो । तेसपछि डाक्टर लाई दबाब दिएरै भए पनि हामीमध्ये कतिपय ले दाँत निकालेका पनि हौंला । तर दाँत दुखेको पीडा सहन नसकेर दाँत निकाली हाल्न खोज्नु भन्दा तेसलाई जोगाउन सकिन्छ कि भन्ने तिर ध्यान दिनु बुद्धिमानी हुन्छ । किनकि प्राकृतिक दाँत जस्तो कृत्रिम दाँत हुन सक्दैन । डाक्टर को सल्लाह लिएर सकेसम्म तेसलाई जोगाउनु उचित हुन्छ । धेरै नै भाग खिइई सकेको र दाँत भित्र रहेको पल्प समेत छोइन पुगिसकेको अवस्था मा सिमेन्ट भरेर दाँत जोगाउन मिल्दैन । तेस्तो बेला मा दाँत मा अत्याधुनिक उपकरण को सहायता ले दाँत को जरा भित्र को नसा सफा गरेर तेसको उपचार गरिन्छ । एसलाई रुट क्यानल ट्रिटमेन्ट “Root Canal Treatment, RCT” अर्थात् “जरानली उपचार विधि” का नाम ले जानिन्छ ।
दाँत दुख्ने कारण र रुट क्यानल ट्रिटमेन्ट
दाँत भित्र भएको संवेदनशील नसा तथा पल्प बाहिरी सम्पर्क मा आयो भने हामीलाई दाँत दुखेको महसूस हुन्छ । बाहिरी सम्पर्क सँगसँगै तिनमा ब्याक्टेरियल ग्रोथ हुने, सुन्निने, पाक्ने आदि हुन्छ जो थप कडा दुखाई को कारण बन्दछ । विभिन्न खोज ले त्यो पल्प तथा नसा हटाए पनि खासै फरक नपर्ने पत्ता लागे पछि रुट क्यानल ट्रिटमेन्ट को विकास भएको हो । रुट क्यानल ट्रिटमेन्ट मा दाँत भित्र रहेको नसा तथा पल्प हटाउने काम गरिन्छ ।
कस्तो अवस्था मा आरसीटी गर्नु पर्छ ?
कुनै पनि कीरा ले खाएको दाँत लाई सिमेन्ट भरेर पनि काम चलाउन सकिन्छ वा दाँत निकाल्नै पर्छ वा आरसीटी गर्नु पर्छ भन्ने निश्चय डाक्टर ले दाँत को अवस्था हेरिसके पछि गर्ने छन् । तर पनि निम्न अवस्था मा आरसीटी गर्नुपर्ने हुन सक्छ-
RCT कसरी गरिन्छ ?
कीरा ले खाएको दाँत को अवस्था र किसिम हेरेर उपचार विधि मा अन्तर हुन्छ । सामान्य उपचार तथा सिमेन्ट भरेर दाँत ठीक नहुने देखिएमा RCT गरिन्छ । केही सामान्य खाल का RCT एउटै बसाई मा पूरा गर्न सकिन्छ भने दाँत को जटिलता हेरेर कतिपय RCT एउटै बसाई मा पूरा हुँदैनन् । दुई तीन पटक अस्पताल पुग्नु पर्ने हुन्छ, जसमा हरेक पटक झण्डै बीस मिनट जति खर्च हुन्छ । RCT गर्दा डाक्टर ले प्रायः निम्न विधि अपनाएका हुन्छन्-
एसरी आरसीटी गर्दा डाक्टर ले आवश्यकता हेरेर एन्टिबायोटिक तथा दुखाई कम गर्ने प्यारासिटामोल या इबुप्रोफेन खाने सल्लाह दिन सक्छन् ।
बचावट :
दाँत को सम्बन्ध केवल भोजन चपाउने सँग मात्रै नभएर अनुहार को सुन्दरता सँग पनि गाँसिएको हुन्छ । विभिन्न समस्या का कारण दाँत फुक्लेर थोते बन्नुपर्दा को पीडा चर्को हुन्छ । तेसैले कीरा लागेर उपचार गर्नु भन्दा कीरा लाग्नै नदिनु बुद्धिमानी हुन्छ । सानै देखि दाँत को हेरचाह मा ध्यान दिनु पर्छ । निम्न कुराहरु मा सजगता अपनायौं भने दाँत लामो समय सम्म जोगाउन सक्छौं ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्