रक्ताल्पता (रगत को कमी /Anemia)
- थकान र कमजोरी महसुस हुनु
- श्वासप्रश्वास छिटो हुनु
- छाला को रंग हलुका पहेंलो देखिनु
- चक्कर आउनु र छटपटी हुनु
- छाती दुख्नु
- मुटु को धडकन बढ्नु, धडकन मा असन्तुलन आउनु
- खानेकुरा मा फलाम तत्त्व को कमी भएमा : किनकि हेमोग्लोबिन उत्पादन गर्न फलाम को आवश्यकता पर्दछ । गर्भावस्था का बेला, बच्चा लाई दूध खुवाउने अवस्था मा तथा पटक पटक रक्तदान गरेको अवस्था मा शरीर मा संचित फलाम मा कमी आउन सक्छ।
- राता रक्तकोष बनाउन आवश्यक भिटामिन को कमी भएमा : पूर्ण रुप ले शाकाहारी भोजन गर्नेहरु ले भिटामिन बी १२ प्राप्त गर्न नसक्ने हुनाले अतिरिक्त रुप मा सो भिटामिन लिनु पर्ने हुन्छ । फोलेट पाइने हरिया सागसब्जी, फलपूmल कम खानाले शरीर मा फोलेट को कमी हुन सक्छ ।
- आन्द्रा मा हुने सेलियाक जस्ता रोग का कारण पनि आन्द्रा ले यथेष्ट मात्रा मा पोषक तत्व शोषण गर्न सक्दैन ।
- राता रक्तकोष बनाउन का लागि आवश्यक एरिथ्रोपोइटिन नामक हर्मोन को कमी भएमा : मिर्गौला सम्बन्धी पुरानो रोग र क्यान्सर तथा केमोथेरापी का कारण शरीर मा एरिथ्रोपोइटिन नामक हर्मोन मा कमी आउँछ ।
- लीड को दुष्प्रभाव : रगत मा लीड (एक प्रकार को धातु) को मात्रा बढी भएमा तेसले हाड भित्र को मासी लाई दुष्प्रभावित गरी राता रक्तकण को उत्पादन मा कमी ल्याउँछ ।
- संक्रमण : सेप्टिसेमिया, एचआईभी, मलेरिया, कालाजार जस्ता रोगहरु मा राता रक्तकण को क्षति हुने गर्छ ।
- यदि बनेका राता रक्तकण पनि अपूर्ण खाल का वा दोषयुक्त छन् भने तिनलाई हाम्रै शरीर ले नष्ट गर्ने व्यवस्था छ । यदि स्फेरोसाइटोसिस, ग्लुकोज ६–फोस्फेट डिहाइड्रोजिनेज (G6PD) को कमी भयो भने वा थालासेमिया र सिकल सेल एनिमिया भयो भने दोषयुक्त राता रक्तकण बन्ने सम्भावना हुन्छ ।
- केही अवस्था मा स्व–प्रतिरोध शक्ति ले एन्टीबडी को सहारा मा राता रक्तकण माथी आक्रमण गर्ने समस्या पनि देखा पर्न सक्छ ।
- रगत बग्ने पुराना घाऊहरु
- पुरानो पायल्स को रोग
- पाचन नली सँग सम्बन्धित वा अन्य प्रकार का रगत को हानि हुने रोगहरु मा
- महिनाबारी का बेला अत्यधिक रक्तस्राव भएमा
- लामो समय देखि एस्पिरिन, इबुप्रोफेन जस्ता अम्ल वृद्धि गरी आन्द्रा मा घाउ पार्ने खालका स्टेर्वाइड रहित औषधि को प्रयोग गरेमा
- अंकुशे जुका जस्ता परजीवीहरु को प्रकोप भएमा
- फलाम, भिटामिन बी १२ र फोलिक एसिड को कमी का कारण ले भएको रक्ताल्पता लाई पोषिला खानेकुरा खाएर एवं फलाम तथा भिटामिन युक्त गोली को सेवन गरेर वा सूई लगाएर सो को पूर्ति गर्न सकिन्छ ।
- फलाम धेरै भएका खानेकुरा : रातो मासु, सिमी, हरिया सागसब्जीहरु
- पेप्टिक अल्सर का कारण रक्तस्राव भएर रक्ताल्पता भएको हो भने सो पेप्टिक अल्सर को उपचार पछि सो समस्या स्वतः हराएर जान्छ ।
- महिला मा महिनाबारी को गडबडी का कारण धेरै दिन सम्म लगातार रगत गइरहेमा हर्मोन को उपचार द्वारा रगत जाने समस्या लाई रोक्न सकिन्छ ।
- अंकुशे जुका का कारण पनि रक्ताल्पता हुने भएकाले यदि दिसा जाँच मा अंकुशे जुका देखिएको भए अंकुशे जुका को उपचार गर्नु पर्दछ ।
परिचय :
हाम्रो शरीर मा हेमोग्लोबिन को स्तर (मात्रा) घटेको अवस्था लाई रक्ताल्पता भएको मानिन्छ । हेमोग्लोबिन भनेको राता रक्तकोष मा पाइने एक तेस्तो अवयव हो जसले रगत मा अक्सिजन बोकेर हिँड्ने काम गर्छ । यदि शरीर मा हेमोग्लोबिन को मात्रा घट्यो भने रगत को अक्सिजन बोकेर हिँड्ने क्षमता पनि घट्छ । फलस्वरुप शरीर लाई चाहिने अक्सिजन को यथेष्ट मात्रा मा आपूर्ति हुन सक्दैन । अक्सिजन को आपूर्ति मा कमी आउनासाथ शरीर भित्र हुने कतिपय रासायनिक प्रतिक्रियाहरु प्रभावित हुन्छन् र शरीर ले चाहिए जति शक्ति प्राप्त गर्न सक्दैन । रक्ताल्पता हुनु आँफैमा एक रोग नभएर शरीर भित्र भएका अन्य रोग को संकेत पनि हो ।
लक्षणहरु :
कारणहरु :
निम्नलिखित कारणहरु ले शरीर मा रक्ताल्पता हुन सक्छ-
१. यदि शरीर ले आवश्यक मात्रा मा हेमोग्लोबिन अथवा राता रक्तकोष बनाउन सकेन भने : यसो हुनुका पछाडी निम्नलिखित कारणहरु हुन सक्छन्-
२. बनेका राता रक्तकोषहरु असमय मै नष्ट भए भने : यसो हुनुका पछाडी निम्नलिखित कारण हुन सक्छन्-
३. शरीर बाट रगत को क्षय हुने पुराना समस्या मा पनि हेमोग्लोबिन को स्तर मा कमी आउँछ । यसमा तलका कारणहरु हुने सम्भावना हुन्छ-
निदान :
रगत मा भएको हेमोग्लोबिन को मात्रा परीक्षण गरेर शरीर मा रक्ताल्पता भए नभएको पत्ता लगाइन्छ । यदि तपाईं मा सामान्य खाल को रक्ताल्पता भएको छ भने कुनै विशेष लक्षण देखिँदैनन् । तर रक्ताल्पता का लक्षण देखिएको अवस्था मा तेसमा निहित कारण पत्ता लगाउन का लागि रगत काे विभिन्न परीक्षण का साथै इण्डोस्कोपी वा हाड को मासी को बायोप्सी परीक्षण गर्नु पर्ने हुन्छ । विकासोन्मुख मुलुकहरु मा रक्ताल्पता को मुख्य कारण भनेको अंकुशे जुका को प्रकोप हो । यसका लागि दिसा जाँच गर्नु पर्ने हुन्छ ।
उपचार का विकल्पहरु :
सामान्यतया, रक्ताल्पता का पछाडी रहेको कारण पत्ता लगाएर सो को उपचार गर्नाले रक्ताल्पता को समस्या स्वतः समाप्त भएर जान्छ ।
यदि रक्ताल्पता को समस्या अत्यन्त गम्भीर अवस्था मा पुगेको छ भने तेसले छाती दुख्ने, श्वासप्रश्वास मा तिब्रता ल्याउने, रिँगटा लागेको अनुभव गराउने आदि हुन्छ । तेस्तोमा तत्कालै चिकित्सक को सल्लाह लिई रगत चढाउनु पर्ने हुन सक्छ ।
डाक्टर लाई कहिले भेट्ने ?
यद्यपि अरु रोगहरु को जाँच गर्दा पनि रक्त परीक्षण गर्ने गरिन्छ र हेमोग्लोबिन को स्तर पत्ता लगाइन्छ । तर यदि कुनै स्पष्ट कारण विना सामान्य अवस्था मा थकान को अनुभव हुन्छ र लामो समय सम्म कमजोरी रहिरहन्छ भने डाक्टर लाई भेट्नु जरुरी हुन्छ । शरीर मा रक्ताल्पता भएका कारण ले त्यस्तो अवस्था भएको हुन सक्छ ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्