- हात गोडा सुन्निने ।
- उभ्भिँदा वा हिंड्दा दुख्ने ।
- रगत को ढिका जमेको स्थान मा छाम्दा अन्यत्र भन्दा तातो हुने ।
- नशा फुल्ने ।
- यो जुनसुकै उमेर का मानिस लाई हुने भए पनि ४० वर्ष भन्दा माथी का व्यक्तिहरु एसको शिकार हुने सम्भावना बढ्ता हुन्छ ।
- लामो समय एउटै पोजिशन मा बसिराख्नु ले पनि ढाड देखि तल को भाग मा रक्त प्रवाह को गति सुस्त हुने र बिस्तारै रगत जमेर ढिका पर्ने सम्भावना हुन्छ ।
- गर्भावस्था मा महिला का लागि डीभीटी को शिकार हुन सक्छन् । बच्चा जन्मेको ६ महिना सम्म को समय उनीहरु का लागि जोखिमयुक्त हुन सक्छ ।
- मोटोपना पनि डीभीटी का लागि अनुकूल अवस्था हो ।
- मुटु रोग, क्यान्सर जस्ता गम्भीर किसिम का स्वास्थ्य समस्याहरु पनि डीभीटी भित्र्याउनका लागि जिम्मेवार हुन सक्छन् ।
- वंशानुगत रक्तबिकार पनि डीभीटी का लागि कारक हुन सक्छ ।
- घाउचोटपटक ले पनि यो समस्या निम्त्याउन सक्छ ।
- धुम्रपान पनि डीभीटी को एउटा कारक तत्त्व हो ।
- परिवार नियोजन का लागि खाइने चक्की तथा हर्मोन रिप्लेसमेन्ट थेरापी ले पनि डीभीटी निम्त्याउन सक्छ ।
- रगत लाई पातलो पार्ने औषधि दिएर सो ढिको लाई अरु ठूलो हुन बाट रोक्ने । एसको उपयोग ६ महिना सम्म वा त्यो भन्दा बढी पनि गर्नुपर्ने हुन सक्छ ।
- जमेको ढिको ठूलै रहेछ भने तेसलाई पगाल्न थ्रोम्बोलाइटिक्स समूह का औषधि प्रयोग गर्न सक्छन् । तर तेसले अनपेक्षित रक्तस्राव गराउने हुनाले तेसको प्रयोग गर्दा सतर्कता अपनाउनु पर्ने हुन्छ ।
- रगत पातलो पार्ने औषधि दिन नमिल्ने अवस्था छ वा तेसले काम गरेन भने डाक्टर ले सोली जस्तो आकार को रगत छान्ने वस्तु इन्फेरियर भेना काभा मा राख्न सक्छन् । जसले रगत सँगै बग्दै आएका रगत का ढिकाहरु लाई छान्ने काम गर्दछ र फोक्सो मा पुगेर ज्यान कै जोखिम गराउने समस्या बाट जोगाउन सक्छ ।
- धुम्रपान त्याग्ने ।
- मोटोपना छ भने सो घटाउन आवश्यक कार्य गर्ने ।
- स्वास्थ्य को नियमित परीक्षण गर्ने ।
- लामो समय एउटै आसन मा नबस्ने ।
- कुनै पनि शल्यक्रिया पश्चात् डीभीटी नहोस् भन्नका लागि डाक्टर को सल्लाह लिने ।
परिचय :
यदि रगत नशा मा रगत को गति धेरै ढिलो भयो भने रगत बिस्तारै जम्न र फाल्सा वा ढिका पर्न शुरु हुन्छ जसलाई हामी रगत को जमेको ढिका भन्ने गर्छौं । एसलाई स्वास्थ्य विज्ञान मा डीभीटी अर्थात् DVT = Deep Vein Thrombosis भनेर चिनिन्छ । यो मुख्य गरेर शरीर को तल्लो भाग मा हुने गर्छ । तर अन्य भाग मा पनि हुने सम्भावना रहन्छ । यो अत्यन्त जटिल किसिम को स्वास्थ्य समस्या हो । कहिलेकाहीं त एसले जीवनै जोखिम मा पर्ने पनि हुन सक्छ ।
लक्षण
डीभीटी भएका सबैमा लक्षण देखिनै पर्छ भन्ने छैन । तै पनि निम्न खाल का लक्षण देखिएमा त्यो डीभीटी भएको संकेत हो –
कारण
डीभीटी को निदान
डीभीटी को निदान का लागि डाक्टर ले खुट्टा मा बढ्ता दुखेको स्थान को अवलोकन गर्ने छन् । बिरामी बाट उसलाई भइरहेका लक्षणहरु सुन्ने छन् र डीभीटी का कारण गोडा को कुनै स्थान मा सुन्निएको छ कि छैन र सुन्निएको भए सो को अवस्था कस्तो छ पत्ता लगाउने छन् । विशेष प्रकार को अल्ट्रासाउण्ड को उपयोग गरेर नशा को अवस्था हेर्न सक्ने छन् ।
उपचार
डाक्टर को मुख्य उद्देश्य भनेको जमेको रगत को ढिको लाई अरु ठूलो हुन नदिने तथा तेहाँबाट उप्किएर फोक्सो तिर जान नदिने मा केन्द्रित हुन्छ । एसका लागि डाक्टर ले निम्न उपाय अपनाउन सक्छन् –
रोकथाम
जीवनशैली मा सामान्य परिवर्तन गरेर आँफूलाई डीभीटी को खतरा बाट मुक्त बनाउन सकिन्छ । एसका लागि केही उपायहरु एसप्रकार छन् –
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्