- खानेकुरा खाँदा वा छुँदा अपठेरो महसूस हुने ।
- शुरु का चरणहरु मा अलिअलि वा एकदमै पीडा हुने ।
- सँगै का अन्य दाँत को तुलना मा फरक रंग को हुने ।
- संवेदनहीन मृत दाँत लाई जरै देखि उखेलेर ।
- रुट क्यानल विधि द्वारा दाँत लाई जोगाएर ।
- कुनै पनि खानेकुरा खाए पछि राम्रो सँग कुल्ला गरेर मुख सफा राख्ने ।
- बिहान बेलुकी खाना खाइसके पछि दाँत माझ्ने ।
- दाँत कीरा ले खाएको छ भने तुरुन्त चिकित्सक को सल्लाह लिएर सो को उपचार गर्ने ।
- गुलिया दाँत मा टाँसिने खानेकुरा चकलेट कम खाने । खाए पछि राम्रो सँग दाँत सफा गर्ने ।
- दुइटा दाँत को बीच मा खानेकुरा अड्किएका रहेछन् भने तिन लाई निकाल्ने ।
- नियमित रुप मा दाँत को जाँच गराउने ।
परिचय :
हामीले दाँत लाई छोयौं भने हामीलाई स्पर्श को चेतना हुन्छ । दाँत भित्र रहेका रक्तनली तथा स्नायुतन्तुहरु का कारण एस्तो भएको हो । कुनै खराबी वा संक्रमण का कारण यदि दाँत भित्र रहेका रक्तनली तथा स्नायुतन्तुहरु नष्ट भए भने दाँत संवेदनहीन हुन्छ । त्यो दाँत छुँदा पनि हामीलाई स्पर्श को चेतना हुँदैन । त्यो दाँत ले केही कुरा छुँदा वा चबाउँदा असहज अनुभूति हुन्छ । एस्तो दाँत लाई मृत दाँत वा बेकामी दाँत भनिन्छ ।
कारण :
दाँत मा तीन तह हुन्छन्- इनामेल, डेन्टाइन र पल्प । सबैभन्दा बाहिरी कडा सतह लाई इनामेल भनिन्छ । बीच को हलुका तह लाई डेन्टाइन र भित्री नरम भाग लाई पल्प । पल्प एस्तो भाग हो जसमा रक्तनली तथा स्नायुतन्तुहरु फिँजिएका हुन्छन् । यदि पल्प मा रहेका रक्तनली तथा स्नायुतन्तुहरु कुहुने र नाशिने गरी दाँत को फेद मा कुनै संक्रमण भयो अथवा कुनै चोटपटक लाग्यो अथवा दाँत कीरा ले खायो भने मृत दाँत को जन्म हुन्छ । जसका कारण ले दाँत संवेदनहीन हुन्छ र काम नलाग्ने बन्न पुग्छ । सँगैका अन्य दाँत भन्दा यो दाँत को रंग पनि हलुका फरक देखिन्छ ।
लक्षण :
पहिचान तथा उपचार :
सामान्यतया बाहिरी आँखा ले हेरेरै पनि यही दाँत मृत दाँत हो भन्ने कुरा को निर्क्यौल गर्न सकिन्छ । तर तेसको उपचार का लागि भने दाँत को एक्स रे गरेर क्षति को कारण र किसिम को पत्ता लगाइन्छ । एस किसिम को मृत दाँत को उपचार दुई प्रकार ले गर्ने गरिन्छ –
रोकथाम :
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्