मधुमेह अर्थात् चिनी रोग (Diabetes Mellitus)

संपरीक्षक डा. ज्योति भट्टराई, MBBS, ABIM (USA)

    परिचय :

    मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज भनिन्छ भने नेपाली मा चिनीरोग भनेर पनि चिनिन्छ । रगत मा लामो समय सम्म चिनीको मात्रा बढी हुने रोगहरुलाई सामूहिक रुप मा डाक्टरी भाषा मा डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस (अमेरिकामा) भन्ने गरिन्छ । रगत मा हुने इन्सुलिन नामक हर्मोन ले रगत मा भएको चिनी अर्थात् ग्लुकोज लाई शरीर का कोषहरु मा प्रतिक्रिया गराएर त्यहाँ बाट शक्ति उत्पादन गर्न मद्दत गर्दछ। फलस्वरुप रगत मा चिनी को मात्रा निश्चित स्तर भन्दा माथी जान सक्दैन । शरीर भित्र इन्सुलिन बनाउने काम प्यानक्रियाज को हो । यदि प्याक्रियाज ले आवश्यक मात्रा मा इन्सुलिन बनाउन सकेन भने वा भएको इन्सुलिन सँग कोषहरु ले प्रतिक्रिया जनाउन सकेनन् भने रगत मा चिनी को मात्रा बढ्ने समस्या उत्पन्न हुन्छ। लामो समयसम्म रगत मा चिनीको मात्रा बढिरह्यो भने तेसका कारण ले मुटु, मिर्गौला, आँखा, खुट्टा लगायत विभिन्न अंगहरु मा हानि पुग्दछ ।

    विश्वमा करीब २२ करोड मानिस मधुमेह रोग बाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि ४० वर्ष सम्म उमेर समूहका करीब १५ प्रतिशत मधुमेह बाट ग्रसित रहेको र सो उमेर समूहभन्दा माथीका करीब १९ प्रतिशत लाई मधुमेह लागेको तथ्यांक स्वास्थ्य विभाग ले दिएको छ । ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्या को रुपमा रहेको छ । नेपालको ग्रामीण क्षेत्र मा जम्मा २ प्रतिशत व्यक्ति मधुमेह बाट प्रभावित भएका छन् । विश्व मा रोग बाट मर्नेहरु मध्ये ५ प्रतिशत मधुमेहका रोगी छन् । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउँदो १० वर्ष मा मधुमेह बाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    कारण र प्रकार :

    मधुमेह लाग्नु को कारण का आधार मा मधुमेह लाई तीन प्रकार मा बाँडिएको छ-

    • टाइप वन मधुमेह (Type I diabetes) : प्यानक्रियाज ले पर्याप्त मात्रा मा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने मधुमेह लाई पहिलो प्रकार को मधुमेह भनिन्छ । यदि प्यानक्रियाज मा भएका इन्सुलिन उत्पादन गर्ने कोषहरु क्षतिग्रस्त भए भने प्यानक्रियाज ले आवश्यक मात्रा मा वा कत्ति पनि इन्सुलिन पैदा गर्न सक्दैन । तेसैले पहिलो प्रकार को मधुमेह को उपचार गर्दा बिरामी लाई इन्सुलिन को आपूर्ति हुने खालको उपचार गर्नु पर्दछ। दोस्रो प्रकार को मधुमेह का तुलना मा यो कम उमेर मा र करीब १० प्रतिशत जनसंख्या मा देखिने गर्दछ ।
    • टाइप टू मधुमेह (Type II diabetes) : यो इन्सुलिन को प्रतिरोध का कारण उत्पन्न हुने समस्या हो । शरीर मा इन्सुलिन हुँदा हुँदै पनि शरीर का कोषहरु ले इन्सुलिन प्रति आवश्यक प्रतिक्रिया जनाउन सक्दैनन् । यो औसत मानिस मा देखिने समस्या हो । मधुमेह का रोगीहरु मध्ये झण्डै ९० प्रतिशत लाई टाइप टू डायबिटिज हुने गरेको पाइएको छ । बढी जसो वयस्क मानिस मा देखिने यो मधुमेह ४० वर्ष उमेर नाघेकाहरु मा हुने गरेको तथ्यांक ले देखाउँछ ।
    • जेस्टेसनल मधुमेह : गर्भवती महिलाहरु मा जुनै पनि बेला रगत मा   चिनी को मात्रा उच्च हुन गई मधुमेह को समस्या देखिन सक्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ ।

    लक्षण :

    • बढ्ता तिर्खा लाग्नु
    • बढ्ता पिसाब लाग्नु
    • बिना कारण तौल घट्दै जानु
    • धेरै भोक लाग्नु
    • घाउ चोटपटक निको हुन लामो समय लाग्नु
    • आँखा तिर्मिराउनु
    • हातखुट्टा झमझमाउनु वा निदाउनु
    • लखतरान परेको जस्तो वा थाके जस्तो अनुभूति हुनु
    • पिसाब मा चिनी आउने हुनाले नजीकै कमिला भए पिसाब तिर आउँछन्

    मधुमेह का कारकतत्त्वहरु :

    • परिवार मा अरुलाई पनि मधुमेह हुनु अर्थात् आनुवंशिक कारण । बाबुआमा मा मधुमेह भएमा छोराछोरी मा सर्ने सम्भावना २० प्रतिशत रहेको तथ्यांक ले जनाएको छ ।
    • शरीर ज्यादै मोटो हुनु
    • उमेर बढ्दै जानु
    • निष्क्रिय जीवनशैली हुनु
    • उच्च रक्तचाप हुनु
    • रगत मा कोलेस्टेरोल तथा ट्राइग्लिसेराइड्स को स्तर उच्च हुनु
    • बढ्ता मादक पदार्थ सेवन गर्नु
    • धूमपान गर्नु
    • गर्भावस्था मा मधुमेह को शिकार हुनु
    • स्टेर्वाइड्स लगायत का केही औषधिहरु को सेवन गर्नु
    • धेरै चिनी खानाले मधुमेह हुने होइन तर मधुमेह हुन खोजेको अवस्था मा शरीर मा चिनी को मात्रा बढाउन एसले महत्त्वपूर्ण भूमिका खेल्दछ ।
    • भाइरस को संक्रमण : प्यांक्रियाजको विटा कोश (जसले इन्सुलिन उत्पादन गर्छ) मा  भाइरस को संक्रमण हुँदा इन्सुलिन को उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन जान्छ ।

    रोग को निदान :

    रगत मा चिनी को मात्रा जाँचेर मधुमेह भए नभएको पत्ता लगाइन्छ । १२ घण्टा जति केही पनि नखाईकन रगत मा भएको चिनी को स्तर मापन गर्नु सबैभन्दा उपयुक्त मधुमेह को जाँच हो । एसलाई फास्टिङ ब्लड सुगर टेस्ट (FST) भन्छन् । निरोगी अवस्था मा यो ७० देखि १०० मिग्रा प्रति डेसीलिटर हुनुपर्छ । यदि १२५ मिग्रा भन्दा बढ्ता देखियो भने त्यसलाई मधुमेह भएको ठहर गरिन्छ । भोकै नबसीकन पनि रगत मा चिनी को मात्रा जाँच गर्न सकिन्छ जसलाई रेन्डम सुगर टेस्ट (RST) भन्छन् । निरोगी अवस्था मा यो २०० मिग्रा प्रति डेसीलिटर भन्दा बढ्ता हुनुहुँदैन । यदि त्यो भन्दा बढ्ता देखियो भने मधुमेह भएको हुन सक्ने अडकल काटिन्छ। डाक्टर ले आवश्यकता हेरेर अरु जाँच पनि गराउन सक्छन् ।

    ग्लुकोज सहन शक्ति जाँच ले कुनै पनि मानिस लाई डायबिटिज हुन लागेको छ भने शुरुआती दिन मै पत्ता लगाउन सकिन्छ । अर्को एचबीएवनसी नामक परीक्षण ले बितेका तीन महिना मा रगत मा भएको चिनी को औसत मात्रा थाहा पाउन सकिन्छ ।

    उपचार :

    मधुमेह भएको पत्ता लाग्नासाथ डाक्टर को सल्लाह लिनु उचित हुन्छ । यदि बिरामी लाई पहिलो प्रकार को मधुमेह भएको छ भने इन्सुलिन को इन्जेक्शन दिनुपर्ने हुन्छ । दोस्रो प्रकार को मधुमेह मा डाक्टर ले बिरामी लाई खानपान मा अपनाउनु पर्ने सावधानी का बारे मा बताउँछन् र सँगसँगै रगत मा भएको चिनी को मात्रा नियन्त्रण गर्नका लागि खाने गोली पनि दिन सक्छन् ।

    मधुमेह का बिरामीहरु ले जीवनशैली मा निम्न कुराहरु लाई अपनाउनुपर्ने हुन्छ –

    • स्वस्थ खानपान ।
      1. सेतो भात, मैदा, सेतो पाउरोटी, जाम तथा बढ्ता चिनीयुक्त खानेकुराहरु खान हुँदैन ।
      2. ब्राउन राइस, गहुँ को पीठो, ब्राउन ब्रेड, सागपात तथा ताजा फलफूल खानु राम्रो हुन्छ ।
    • शारीरिक व्यायाम । शारीरिक परिश्रम सहितको सक्रिय जीवन ले मधुमेह का कारण हुने मुटु सम्बन्धी समस्या बाट केही हदसम्म जोगाउँछ ।
    • मोटोपन घटाउन आवश्यक कार्य गर्ने ।
    • रक्तचाप को नियन्त्रण गर्ने ।
    • धूमपान र मद्यपान त्याग्ने ।
    • रगत मा भएको चिनीको मात्रा नियमित रुप मा जाँच्ने ।
    • डाक्टर को सुझाव बमोजिम नियमित रुप मा इन्सुलिन को इन्जेक्शन लिने वा डायबिटिज को औषधि सेवन गर्ने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper