- एउटा मूल व्यक्तित्व हुन्छ र अर्को आरोपित अथवा परिवर्तित व्यक्तित्व हुन्छ।
- दोस्रो व्यक्तित्व बढ्ता प्रभावशाली असामान्य तथा मूल व्यक्तित्व को विरोधी प्रतीत हुन्छ ।
- लामो नीँद सम्मोहन तथा कुनै असामान्य घटना पछि रोगी मा दोस्रो व्यक्तित्व को संक्रमण हुन्छ।
- दोस्रो व्यक्तित्व हावी भएका समय मा मूल व्यक्तित्व को स्मरण हुन सक्छ तर मूल व्यक्तित्व मा रहेका बेला दोस्रो व्यक्तित्व को संस्मरण हुँदैन ।
- मौलिक सामान्य व्यक्तित्व बिरामी का लागि प्रिय हुँदैन । एसबाट यो रोग भनेको बिरामी को मानसिक पलायन हो भन्ने पुष्टि हुन्छ ।
- आँखा एकोहोरा र लठ्ठिएका जस्ता देखिनु ।
- समय को ज्ञान नहुनु । उनीहरु लाई समय बितिसकेको महसूस हुँदैन ।
- ससाना कुरा मा पनि डराइरहनु र सशंकित हुनु ।
- बेचैन हुनु र आत्महत्या गर्ने इच्छा हुनु ।
- टाउको दुख्नु शरीर मा अनेक किसिम को पीडा को अनुभव हुनु ।
- आँफूले आफैलाई चिथर्नु वा टोक्नु ।
- कुनै ठूलो मानसिक वा शारीरिक चोट हुनु ।
- बाल्यकाल मा निरन्तर शारीरिक, मानसिक वा यौनिक शोषण मा पर्नु ।
- कुनै प्रियजन लाई गुमाउनु को पीडा लाई सहन गर्न नसक्नु ।
- वंश मा कसैलाई एस्तै किसिम को मानसिक रोग लागेको हुनु ।
- विस्मरण को मनोवैज्ञानिक समस्या बाट गुज्रनु ।
- एसको प्राथमिक उपचार भनेकै खेल चिकित्सा, संवाद चिकित्सा र सम्मोहन चिकित्सा हो ।
- एसको उपचार का लागि कुनै निश्चित औषधि छैन । तर यो रोग सँगै बिरामी मा देखा पर्ने डिप्रेशन र चिन्ता लाई कम गर्न औषधि को प्रयोग गर्न सकिन्छ ।
- एसको प्रमुख लक्षण नै रोगी को मूड मा देखा पर्ने उतारचढाव भएकाले तेसलाई सुस्थिर गर्न का लागि मूड स्ट्याबिलाइजर को उपयोग गरिन्छ । एसको छनोट र मात्रा निर्धारण गर्दा रोगी को उमेर शरीर को तौल इण्डोक्राइन तथा कार्डियोभास्कुलर प्रोफाइल हेरिन्छ ।
- यो उपचार प्रक्रिया लामो हुन्छ । शुरुका छ महीना मा करीब आधा समस्या निको भएको देखिन्छ। अनि निको हुने प्रक्रिया सुस्त हुन्छ र दुई तीन वर्ष सम्म नै औषधि दिने गरिन्छ ।
परिचय :
बहुव्यक्तित्व विकार लाई मल्टिपल पर्सानालिटी डिस्अर्डर (Multiple Personality Disorder, MPD) पनि भन्ने गरिन्थ्यो । अचेल डिस्सोसिएटिभ आइडेन्टिटी डिस्अर्डर (Dissociative Identity Disorder, DID) का नाम ले बढ्ता जानिन्छ । एउटै व्यक्ति को मन दुई वा दुई भन्दा बढी परस्पर असम्बन्धित चरित्र मा टुक्रनु तथा कुनै बेला कुनै चरित्र र कुनै बेला कुनै चरित्र व्यक्ति मा हावी हुनु नै बहुव्यक्तित्व बिकार हो। यो एउटा तेस्तो मानसिक विचलन हो जसलाई हाम्रो समाज मा अज्ञानतावश बोक्सी लागेको वा प्रेतात्मा को प्रवेश भएको अवस्था का रुप मा चित्रण गर्ने गरिन्छ । एउटै मानिस समय समय मा भिन्न स्वभाव र चरित्र मा प्रस्तुत हुँदा उसको सामाजिक संबन्ध लगातार बाधित तथा व्यतिक्रमित हुँदै जान्छ ।
एस रोग लाई बुझाउन केही नाम प्रचलित छन् बहुव्यक्तित्व (Multiple Personality), खण्डित व्यक्तित्व (Split Personality) वा असंपृक्त व्यक्तित्व (Dissociative Personality) इत्यादि । लोककथा तथा साहित्य मा एस किसिम का अनेक दृष्टान्त पाइन्छन् । रोबर्ट लुई को प्रसिद्ध उपन्यास “डा. जोकिल एण्ड मि. हाइड” को चर्चा मनोविज्ञानवेत्ता पनि गर्ने गर्दछन् ।
कतिपय ले यो रोग लाई सिजोफ्रेनिया सँग पनि जोडेर हेर्ने गरेका छन् । तर सिजोफ्रेनिया र बहुव्यक्तित्व विकार अलग अलग समस्या हुन् । सिनेमा तथा सिरियलहरु मा एस समस्या बाट ग्रसित व्यक्ति लाई खुँखार चरित्र को देखाउने गरिन्छ तर वास्तविकता तेसको उल्टो पाइएको छ। बहुव्यक्तित्व विकार को समस्या ले केही सामान्य नियमहरु लाई पालना गरेको जस्तो महसूस हुन्छ —
लक्षण :
बहुव्यक्तित्व विकार को मुख्य लक्षण भनेकै बेला बेला मा रोगी को भावभंगिमा मा आमूल परिवर्तन आउनु र अर्कै चरित्र हावी भए जस्तो देखिनु हो । एसका अन्य सहायक लक्षणहरु लाई बुँदागत रुप मा एसप्रकार टिप्न सकिन्छ –
कारण :
निश्चित यही कारण ले बहुव्यक्तित्व विकार हुन्छ भनेर भन्न सकिने आधार छैन । एस विषय मा अद्यापि अनुसन्धान भइरहेको छ । तर पनि निम्न कारणहरु लाई प्रभावी मानिएको छ –
निदान तथा उपचार :
बिरामी को पारिवारिक इतिहास तथा लक्षण सुनेर र हेरेर डाक्टर ले बहुव्यक्तित्व विकार हो कि अन्य कुनै मानसिक समस्या हो निर्क्योल गर्छन् । मानसिक रोग भएकाले एसमा कुनै त्यस्तो सजिलै खुट्याउन सकिने शारीरिक परिवर्तन देखिँदैन । रोग को निश्चय भए पछि डाक्टर ले निम्न विधि अपनाएर उपचार गर्ने छन्-
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्