- मानिस मा यो रोग सर्ने प्रमुख कारक भनेको यो रोग बाट संक्रमित कुखुरा नै हो । हाँस तथा अन्य बर्ड फ्लू का रोगी पक्षी बाट पनि यो रोग सर्ने सम्भावना हुन्छ । यो रोग लागेका पक्षी को मासु, रगत, प्वाँख, सिँगान, र्याल, सूली, अण्डा, अण्डा राख्ने क्रेट आदि को सोझो सम्पर्क बाट वा नजीकै को हावा मा उडिरहेका ससाना पानीका कणहरु को सम्पर्क बाट यो रोग सर्दछ । किनकि यो रोग का भाइरसहरु हावा का माध्यम ले टाढा टाढा फैलन सक्दैनन् तर संक्रमित हाँस-कुखुरा आदि को नजीकै को हावा मा ससाना पानीका कणहरु सँग टाँसिएर उडेका हुन सक्छन् । यो रोग लागेका कुखुरा को मासु वा अण्डा राम्ररी नपाकेको अवस्था मा खाँदा पनि यो रोग सर्न सक्छ ।
- प्रदूषित पानी मा ४ दिन देखि ३० दिन सम्म यो भाइरस जीवित रहने भएकाले एक ठाउँ बाट बगेर भाइरस भएको दूषित पानी अर्को ठाउँ मा जाँदा यी भाइरस का कीटाणु सँगै जान सक्छन् र त्यो पानीको संसर्ग मा आएको कुखुरा बाट मानिस मा यो भाइरस सर्दछ ।
- पक्षीले स्वाँ-स्वाँ गर्ने, खोक्ने र सिँगान, र्याल आदि बगाउने गरेमा ।
- टाउको सुन्निएमा, सिउर को लोती नीलो रङ को भएमा ।
- फुल पार्न बन्द भएमा वा कमजोर बोक्रा भएको फुल पार्ने गरेमा ।
- पक्षघात भएमा ।
- दाना नखाने, तिर्खाउने र छेर्ने गरेमा ।
- रुघाखोकी लाग्ने ।
- नाक बाट पातलो पानी बग्ने ।
- ज्वरो आउने र टाउको दुख्ने ।
- कमजोर भएको अनुभव हुने ।
- भोक नलाग्ने र बढ्ता तिर्खा लाग्ने ।
- श्वासप्रश्वास मा तिब्रता हुने ।
- दिसा पातलो हुने ।
- घाँटी मा जलन हुने ।
- निमोनिया हुने ।
- खाना खानु भन्दा अगाडी साबुन पानी ले राम्ररी हात धुने बानी बसाल्नुहोस् ।
- टोल छिमेक मा कुखुरा तथा पंक्षीहरु मरेको देख्नु भएको छ भने तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरुमा खबर गर्नुहोस् । र आँफूले ती मरेका पक्षी लाई सोझै छुने चलाउने नगर्नुहोस् । तिनीहरु का नजीक जानु परेमा पनि माक्स लगाएर जानुहोस् ।
- हाँस टर्की तथा अन्य जंगली पक्षीहरु मा उनीहरुको रोग प्रतिरोध क्षमता का कारण यो भाइरस को उपस्थिति प्राणघातक नहुन सक्छ । तर उनीहरु पनि यो भाइरस का संवाहक हुन्छन् र तेस्तो रोग लागेका हाँस टर्की र जंगली चराचुरुङ्गी बाट जोगिनु आवश्यक हुन्छ ।
- आफ्ना बालबालिका लाई पनि तेस्ता पक्षीहरु को छेउछाउ मा जान नदिनुहोस् ।
परिचय :
सरल भाषा मा भन्दा फ्लू भनेको रुघाखोकी हो र बर्ड फ्लू भनेको चराहरुको रुघा । एभियन इन्फ्लूएञ्जा भाइरस का कारण चराहरु मा ज्यानै जाने तरीकाले यो रोग लाग्छ । यही रोग चराहरु बाट मानिस मा पनि सर्न सक्छ र मानिसमा सर्दा पनि एसलाई बर्ड फ्लू नै भनिन्छ । एसरी सर्दा लाग्ने बर्ड फ्लू लाई सामान्य रुघाखोकीज्वरो का हिसाब ले लिनु हुँदैन । एसले ज्यानै जाने सम्भावना हुन्छ ।
हावापानी को माध्यम बाट यो भाइरस अत्यन्त द्रूत गति मा फैलन र धेरै को ज्यान लिन सक्ने भएकाले बर्ड फ्लू लाई प्राणघातक रोग मानिएको छ । यो भाइरस को पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा (Highly Pathogenic Avian Influenza- HPAI) राखिएको छ । एसलाई अझै सजिलोका लागि एचफाइभ एनवान, H5N1 भन्ने नामाकरण गरिएको छ ।
बर्ड फ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गी मा लाग्ने अति सङ्क्रामक रोग हो । यो रोग सर्वप्रथम सन् १९७८ मा पक्षी मा र सन् १९९७ मा मानिसमा देखिएको हो। बर्ड फ्लू को सङ्क्रमण भेटिएको विश्व को पछिल्लो मुलुक नेपाल हो । नेपाल मा सन् २०१२ मा पहिलोपल्ट यो रोग को पुष्टि भएको थियो । इण्डिया, थाइल्याण्ड, भूटान, बङ्गलादेश र इण्डोनेशिया मा एसले विकराल समस्या निम्त्याएको छ । बर्ड फ्लू को भाइरस विशेष गरी कुखुरा को मासु, प्वाँख, सिंगान, र्याल, सूली, अण्डा, अण्डा राख्ने क्रेट आदि को सम्पर्क बाट सर्दछ ।
यो रोग मानिस मा कसरी सर्छ ?
यो रोग लागेका कुखुरा कसरी चिन्ने ?
रानीखेत तथा अन्य केही रोग का लक्षणहरू बर्ड फ्लू सँग एकदम मिल्दाजुल्दा हुन्छन् । तसर्थ प्रयोगशाला मा परीक्षण नगरी लक्षण को आधारमा रोग को निर्क्योल गर्न सकिँदैन । रोग को यकिन नभए पनि रोग बाट हुन सक्ने ठूलो क्षति बाट बच्न कुखुरा मा निम्न लक्षण देखिने बित्तिकै तेस्ता कुखुराहरु लाई खोर वा बथान बाट अलग्याएर नजीक को पशु सेवा केन्द्र मा खबर गर्नु उचित हुन्छ । ती लक्षणहरु एस्ता छन्-
कुखुरा मा यो रोग H5N1 भाइरस संक्रमित अन्य कुखुरा, हाँस, चराचुरुङ्गी बाट वा यो भाइरस भएको दाना, पानी का माध्यम बाट निरोगी कुखुरा मा सर्दछ । कुखुराहरु भने यो रोग लागे पछि बाँच्ने सम्भावना हुँदैन । यहाँसम्म कि रोग लागेको कुखुरो भएको बथान का सम्पूर्ण कुखुरा ४८ घण्टा भित्र रोगले संक्रमित भईकन मरिसक्छन् ।
यो रोग लागेका मानिस मा कस्तो लक्षण देखिन्छ ?
फ्लू को जस्तो लक्षण हुन्छ बर्ड फ्लू को पनि प्रारम्भिक लक्षणहरु उस्तै तर बढ्ता कष्ट दिने खालका हुन्छन् । ती लक्षणहरु एस्ता छन्-
रोग को निदान कसरी गरिन्छ ?
चाहे कुखुरा मा होस् या मानिस मा होस् बर्ड फ्लू को सङ्क्रमण थाहा पाउने पहिलो विधि हो- र्यापिड टेस्ट। यो टेस्ट को सुविधा देश का विभिन्न शहर मा भएका क्षेत्रीय प्रयोगशाला मा छ । एसबाट एस समूह को भाइरस हो कि होइन भन्ने पत्ता लगाइन्छ । यदि रहेछ भने अर्को जाँच का लागि केन्द्रीय प्रयोगशाला टेकु मा पठाइन्छ, जहाँबाट एचफाइभ एनवान H5N1 हो, होइन पत्ता लाग्छ ।
बर्ड फ्लू को उपचार :
बर्ड फ्लूको विषयमा वैज्ञानिकहरूले समेत सबै कुरा पत्ता लगाइसकेका छैनन् । यसको सङ्क्रमण बाट बच्ने टामी फ्लू भन्ने औषधि आएको छ, जुन प्रायः र्यापिड रेस्पोन्स टोलीमा खटिनेहरू लाई दिइन्छ । अन्य फ्लू मा दिइने औषधिहरु बर्ड फ्लू मा पनि केही हदसम्म प्रभावकारी हुन्छन् । यो रोग पत्ता लागिसके पछि डाक्टर को सल्लाह मा अस्पताल मै भर्ना भएर एसको उपचार गर्नु पर्छ।
अमेरिका मा १८ वर्ष देखि ६४ वर्ष सम्म का मानिस लाई लगाउन हुने गरी खोप को विकास गरिएको भए पनि नेपाल भारत जस्ता मुलुक मा त्यो आइपुगेको छैन । कुखुरा लाई नै लगाउन मिल्ने गरी अर्को खोप को विकास गरिएको छ ।
रोग बाट बच्ने उपाय :
कुखुरा को मासु, अण्डा खानु परेमा राम्ररी धोईपखाली गरी राम्ररी पकाएर मात्रै खानुहोस् । यो भाइरस ७० डिग्री भन्दा माथी को तापक्रम मा ३० मिनट भन्दा बढी समय बाँच्न सक्दैन ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्