- वंशानुगत आधार : यदि बाबुआमा मध्ये कसैमा वा पहिलो बच्चा मा यो समस्या देखियो भने अर्को बच्चा मा पनि यो समस्या देखिने सम्भावना हुन्छ ।
- लिंग : केटीहरु लाई भन्दा केटाहरु लाई यो समस्या देखिने पाँच गुणा सम्भावना हुन्छ।
- सात महिना पनि नपुग्दै जन्मेका बच्चाहरु मा पनि अन्तर्मुखी समस्या देखिन सक्छ ।
- आनुवंशिक बिकार बाट ग्रस्त बच्चाहरु मा पनि यो समस्या देखा पर्न सक्छ।
- अन्य : भाइरल संक्रमण गर्भवती अवस्था मा लामो समय सम्म प्रदूषित वायु को संसर्ग तथा छिप्पिएको उमेर मा शिशु को जन्म हुनु ले पनि यो समस्या जन्मने सम्भावना रहेको केही विज्ञहरु को अनुमान छ ।
- सामाजिक समस्या : यस किसिमको समस्या बाट पीडित बच्चा ले अरु सँग कुनै चाख देखाउन्नन् । एक्लै बस्न रुचाउँछन् । अरु ले के सोचिराखेका छन् त्यो बुझ्दैनन् । आँखा मा आँखा जुधाएर बोल्न सक्दैनन् ।
- भाषा को तथा बातचित को समस्या : तिनीहरु बोल्दै बोल्दैनन् अथवा ढिलो बोल्छन् । २४ महिना को हुँदा सम्म पनि नबोल्ने या पैला बोलेकाले पनि बोल्न छाड्ने सम्भावना हुन्छ ।
- कल्पनाशीलता मा कमी : तिनीहरु एकै किसिमको खेल प्रत्येक दिन दोहोर्याउँछन् ।
- असामान्य व्यवहार : सबै काम एउटै समय मा हुनु पर्छ भन्ने सोच्ने हुँदा आँफूले चाहे जस्तो भएन भने बच्चा एकदमै रिसाउने स्वभाव को हुन्छ ।
- मूर्च्छा पर्नु : गम्भीर प्रकृति को समस्या मा बच्चा मूर्च्छा पर्ने सम्भावना समेत हुन्छ ।
- छ महिनासम्म पनि नहाँसेमा
- वर्ष दिनसम्म पनि आवाज को नक्कल गर्न नसक्ने तथा अनुहारको हाउभाउ मा कुनै परिवर्तन नदेखिने भएमा
- १६ महिनासम्म पनि एउटै शब्द बोल्न नसकेमा
- १८ महिनासम्म पनि खेल्न वा नक्कल गर्न नसकेमा
- कुनै पनि उमेर मा सिकिसकेका शब्द बोल्न बिर्सेमा
परिचय :
स्वभावतः मानिस दुई प्रकार को हुन्छ- बहिर्मुखी र अन्तर्मुखी । बहिर्मुखी स्वभाव भनेको साथीभाई सँग कुरा ग तर एउटा स्वभाव बढ्ता देखिए पनि उसमा अर्को स्वभाव केही न केही अंश मा रहेकै हुन्छ । हामीले जसमा जुन स्वभाव बढ्ता देखिन्छ तेसैका आधार मा तेस व्यक्ति लाई परिभाषित गर्दछौं । बच्चाहरु भने अलिक अलग हुन्छन् । उनीहरु मा बहिर्मुखी स्वभाव को प्रधानता हुन्छ । किनभने उनीहरु सिकाई को अभियान मा हुन्छन् । तर यदि उनीहरु मा चाहिने भन्दा बढ्ता अन्तर्मुखी स्वभाव को विकास भयो भने के होला ? उनीहरु एक्लै बस्न रुचाउने, समाज मा घुलमिल हुन नचाहने, साथी बनाउन नसक्ने, राम्रो सँग छलफल गर्न नसक्ने र सिमीत चाहना लिएका हुन्छन् । एस्ता बच्चाहरु ढिलो बोल्ने तथा भाषा को विकास मा कमजोर हुने सम्भावना पनि हुन्छ ।
एस्तो समस्या लाई डाक्टरी भाषा मा अटिज्म स्पेक्ट्रम डिस्अर्डर र छोटकरी मा ASD भनिन्छ । एस किसिमको समस्या ले आक्रान्त भएका बच्चाहरु को संख्या दिनानुदिन बढ्दो छ । ६८ बच्चाहरु मध्ये १ जना मा यो समस्या भएको अनुसन्धान ले देखाएका छन् । केटीहरु लाई भन्दा केटाहरु लाई यो रोग हुने सम्भावना पाँच गुणा बढ्ता हुन्छ । कतिपय बच्चाहरु मा नाबालक अवस्था देखि नै यसका लक्षणहरु देखा पर्छन् भने कतिपय मा केही वर्ष पछि ।
कारण :
अहिलेसम्म ASD को वास्तविक कारण पत्तो लागेको छैन । यो समस्या बाट विश्वभर का बालबालिका प्रभावित छन् । यो समस्या पैदा हुनुका पछाडि निम्नलिखित कारणहरु को भूमिका हुन सक्छ ।
लक्षणहरु :
समस्या का रूप मा हुने अन्तर्मुखी चरित्र का लक्षणहरु सामान्य देखि लिएर गम्भीर प्रकृतिका देखिएका छन् । हुनत हरेक बच्चा अलग चरित्र को हुन्छ । ता पनि यो समस्या ले ग्रस्त बच्चाहरु केही पृथक खालका हुन्छन् । यसका लक्षणहरु तीन वर्ष भित्रै देखिन्छन् । तलका लक्षणहरु तपाईंको बच्चा मा देखिए भने बच्चा आत्मकेन्द्रित समस्या ले ग्रस्त छ भन्ने बुझ्नुपर्छ :
रोग को पहिचान :
बच्चा को आत्मकेन्द्रित समस्या लाई पहिचान गर्ने तेस्तो सजिलो जाँच छैन । यदि तपाईंले बच्चा मा तलका कुनै लक्षण देख्नुभयो भने मनोचिकित्सक वा वाक चिकित्सक सँग परामर्श लिनु पर्ने हुन्छ-
उपचार :
अत्यधिक आत्मकेन्द्रित स्वभाव एउटा आजीवन रहिरहने समस्या हो । हुनत यो रोग जरै देखि निर्मूल पार्ने उपचार आजसम्म पत्तो लागेको छैन । तर बच्चा अवस्था मै गरिने सहायक उपचार ले ठूलो अन्तर ल्याउन सक्छ । उपचार को मुख्य लक्ष्य भनेकै बच्चा को बहिर्मुखी क्षमता लाई बढी भन्दा बढी वृद्धि गर्नु र अन्तर्मुखी स्वभाव लाई घटाउनु हो । यो समस्या बाट ग्रस्त हरेक बच्चा को प्रकृति फरक खालको हुने हुँदा उपचार पद्धति पनि बच्चा बच्चा पिच्छे फरक खालको हुने गर्छ । उपचार को मुख्य उद्देश्य भनेकै बच्चा को व्यावहारिक र संप्रेषण क्षमता मा सुधार ल्याउनु सँग पठन पाठन परिवार ले अपनाउनु पर्ने पद्धति बारे सल्लाह दिनु सँगै औषधि को प्रयोग ले बच्चा को समस्या लाई न्यूनीकरण गर्नु हो ।
विश्व स्वास्थ्य संगठन (WHO) ले बताए अनुसार बाबुआमा स्वयं ले मनोसामाजिक तथा व्यावहारिक उपचार द्वारा बच्चा को आत्मकेन्द्रित स्वभाव लाई केही हद सम्म न्यूनीकरण गर्न सक्छन् । यदि तपाईंको बच्चा मा यस्तो समस्या छ भने दैनिक रूपमा तपाईंले बच्चा लाई बोल्न सिकाउनु सँगै अन्य मानिस सँग घुलमिल हुने अभ्यास गराउन सक्नुहुन्छ । उनीहरु लाई जीवन भरि कुनै न कुनै रूप मा सहारा को जरुरत पर्छ भन्ने कुरा बिर्सनु हुँदैन ।
तपाईंले आफ्नो बच्चा मा आत्मकेन्द्रित स्वभाव भएको लक्षण देख्नुभयो भने तुरुन्त मनोरोग विशेषज्ञ को सल्लाह लिनु जरुरी हुन्छ । यो समस्या मा जति चाँडो उपचार का उपायहरु को खोजी र अवलम्बन गर्नुहुन्छ उति नै राम्रो हो ।
रोकथाम :
चाहिने भन्दा बढ्ता अन्तर्मुखी हुनुका पछाडि को कारण यकीन हुन नसकेकाले यसको रोकथाम कसरी गर्ने भन्ने बारे मा यसै भन्न सकिने अवस्था छैन । धेरै जसो मामिला मा बच्चा ठूलो हुनु सँगै समस्या हराउँदै जान सक्छ । यस समस्या ले आक्रान्त कतिपय मानिसहरु एकाकी जीवन बिताउन बाध्य छन् तर वास्तव मा तिनलाई ठूलो भए पछि पनि सेवा र सहारा को आवश्यकता पर्दछ ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्