- गिँजा दुख्ने, सुन्निने र रातो हुने ।
- दाँत को उपचार पछि लामो समय सम्म पनि गिँजा निको नहुने ।
- कीरा ले नखाएका दाँत पनि हलुका हल्लिने ।
- बंगारा निदाएको महसूस हुने ।
- सुन्निएको गिँजा बाट पीप वा पानी आउने ।
- बंगारा को हाड बाहिरै बाट देखिने ।
- यदि तपाईंले बिस्फोस्फोनेट लिँदै हुनुहुन्छ भने डाक्टर लाई त्यो बारे मा जानकारी गराउनुहोस् ।
- शल्यक्रिया गरेर दाँत निकाल्दा वा दाँत को रुट क्यानल गर्दा सावधानी अपनाउनुहोस्।
- ब्रेष्ट क्यान्सर को उपचार गर्दै हुनुहुन्छ भने र दाँत सम्बन्धी कुनै काम गर्दै हुनुहुन्छ भने डाक्टर लाई सो बारे मा अवगत गराउनुहोस् ।
- यदि गिँजा सुन्निने र गिँजा बाट रगत आउने समस्या भएको छ भने तुरुन्त डाक्टर को सल्लाह लिएर सो को उपचार गराउनुहोस् ।
- दाँत को नियमित सफाई गर्ने र हरेक खाना पछि राम्ररी कुल्ला गर्ने बानी बसाल्नुहोस्।
परिचय :
जब दाँत मुनि को बंगारा माथी को गिँजा पातलो हुँदै जान्छ र बंगारा को हाड बाहिर देखिने हुन थाल्छ तब बंगारा मा रगत को आपूर्ति राम्रो सँग हुँदैन । एसका कारण बंगारा कमजोर हुँदै जान्छ र सड्न थाल्छ । एसलाई स्वास्थ्य विज्ञान मा “नेक्रोसिस” वा “ओस्टियोनेक्रोसिस अफ ज” भन्ने गरिन्छ ।
यदि बंगारा को हाड ८ हप्ता भन्दा बढी गिँजा ले नढाकिएको अवस्था मा रहिरह्यो भने लामो समय को पोषक तत्त्व को कमी ले बंगारा मर्दै जान थाल्छ । यो समस्या शल्यक्रिया गरेर दाँत फुकाले पछि हुने बंगारा को उदांगोपन मा पनि केही मानिस मा देखिन सक्छ । कतिपय मानिस मा ओष्टियोपोरोसिस नामक हाड को उपचार मा दिइने बिस्फोस्फोनेट्स नामक रसायन भएको औषधि ले पनि यो समस्या निम्त्याउँछ भने कतिपय महिला मा स्तन क्यान्सर को उपचार का दौरान गरिने केमोथेरापी का कारण ओष्टियोपोरोसिस हुन सक्ने र तेसमा पनि बिस्फोस्फोनेट्स भएको औषधि दिइने हुँदा बंगारा सड्ने समस्या हुन सक्छ । यो बिरलै हुने समस्या भए पनि गम्भीर र जटिल प्रकृति को समस्या हो ।
लक्षण
कारण
ओष्टियोपोरोसिस नामक हाड को समस्या मा दिइने बिस्फोस्फोनेट्स रसायनयुक्त औषधि ले दुष्प्रभाव का रूप मा केही मानिस मा बंगारा को सामान्य क्षति हुँदा आफ से आफ निको हुने गुण हराएर जान्छ । यो समस्या ले गर्दा दाँत को उपचार गर्दा भएको क्षति को पनि आपूर्ति हुँदैन र बंगारा उदांगो हुँदै जाने र मर्दै जाने समस्या आउन सक्छ ।
रोग को निदान
बंगारा सड्ने रोग को निदान का लागि कुनै विशेष परीक्षण हुँदैन । बिरामी को लक्षण गिँजा को अवस्था तथा उदांगिएको बंगारा को हाड हेरेर डाक्टर ले बंगारा सड्ने समस्या भए नभएको पत्ता लगाउने छन् । बिरामी ले बिस्फोस्फोनेट्स भएको औषधि खाए नखाएको इतिहास पनि रोग को निदान गर्न सहायक हुन सक्छ ।
उपचार
बंगारा सड्ने समस्या को उपचार गर्दा मुख कुल्ला गर्ने क्लोरहेक्सिडिन युक्त झोल औषधि तथा खाने एन्टिबायोटिक को प्रयोग गर्न सकिन्छ । ओजोन चिकित्सा पनि ओष्टियोनेक्रोसिस मा लाभदायक हुन सक्छ। रोग बढ्ता जटिल बनिसकेको छ भने त्यो हाड को मृत भाग लाई शल्यक्रिया द्वारा निकालेर उपचार गरिन्छ ।
रोकथाम
बंगारा सड्ने समस्या को उपचार गर्दा मुख कुल्ला गर्ने झोल औषधि तथा खाने एन्टिबायोटिक को प्रयोग गर्न सकिन्छ ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्