फोक्सो को क्यान्सर (Lung Cancer)
- धुम्रपान : धुम्रपान नै फोक्सोको क्यान्सरमा प्रमुख कारक तत्व मानिएको छ । हरेक १० जना धुम्रपान गर्नेहरु मध्ये ८ जनालाई फोक्सोको क्यान्सर हुने सम्भावना रहन्छ । यहाँसम्म कि स्वयंले चुरोट नपिउने तर चुरोट पिउनेको संसर्गमा रहिरहनेलाई समेत फोक्सोको क्यान्सरको खतरा हुन्छ ।
- विकिरणको संसर्ग : अरु क्यान्सरहरूमा गरिने विकिरण चिकित्साका कारण
- वातावरणीय विषादिसँगको संसर्ग : अभ्रक, राडोन, आर्सेनिक आदि
- पारिवारिक इतिहास : फोक्सोको क्यान्सर वंशानुगत रुपमा नसर्ने भए पनि लाग्ने सम्भावना बधाउँछ
- एचआइभी संक्रमणले पनि फोक्सोको क्यान्सरको खतरा बढाउँछ
- लामो समय देखि स्थायी रुप मा खोकी रहनु
- सास फेर्दा असजीलो वा खर्खराहट हुनु
- खोक्दा खकार मा रगत देखिनु
- छाती दुख्नु : बोधो, कडा र घोचे जस्तो
- आवाजमा धोद्रोपन आउनु
- थकान हुनु
- तौल मा गिरावट आउनु
- औंला का टुप्पाहरु सुन्निए जस्ता र कडा हुनु
- काँध दुख्नु, पाखुवा वा घाँटी दुख्नु
- हाड दुख्नु
- आँखाका परेला गरुंगा हुनु, दृष्टि धमिलो हुनु
- हातका मांसपेशी कमजोर हुनु
- अनुहार सुन्निनु
- छातीको एक्स–रे, रक्त परीक्षण
- सीटी स्क्यान, PET स्क्यान, एमआरआई, बोन स्क्यान : क्यान्सरको फैलावट जाँच्नका लागि
- बायोप्सी : क्यान्सर प्रभावित तन्तु को परीक्षण । सो तन्तु छातीमा सियोद्वारा कोपेर वा ब्रोन्कोस्कोपी वा शल्यक्रियाबाट निकाल्न सकिन्छ ।
- शल्यक्रिया : क्यान्सर शुरु को अवस्था मै रहेछ भने शल्यक्रिया गरेर क्यान्सर ग्रस्त भाग हटाइन्छ
- विकिरण चिकित्सा : यदि क्यान्सर अरु अंगहरुमा फैलिसकेको छैन भने क्यान्सर कोष मार्नका लागि यो उपाय अपनाइन्छ
- केमोथेरापी : विभिन्न प्रकारका औषधिहरुको संयोजन गरेर शल्यक्रिया अगाडि वा पछाडि यो चिकित्साको उपयोग गरिन्छ । यसलाई शरीरका अन्य अंगमा फैलिएका क्यान्सरको उपचारमा पनि प्रयोग गरिन्छ ।
परिचय :
क्यान्सर मध्येमा फोक्सोको क्यान्सर विश्वभर आम रूपमा पाइने क्यान्सर हो, जुन महिला र पुरुष दुवैमा क्यान्सरबाट हुने मृत्युको प्रमुख कारण बन्दै आएको छ। जब फोक्सोका कोषहरुको असामान्य वृद्धि भएर तिनले आफ्नो चरित्रमा परिवर्तन ल्याउँछन् तब फोक्सोको क्यान्सरको जन्म हुन्छ ।
फोक्सोको क्यान्सर उद्गमका आधारमा प्राथमिक वा माध्यमिक दुई प्रकारको हुन्छ । फोक्सोको प्राथमिक क्यान्सर फोक्सोकै कोषहरुबाट जन्मन्छ भने माध्यमिक क्यान्सर शरीरका अन्य अंगबाट प्रसारित भएर फोक्सोमा आइपुग्दछ ।
फोक्सोको क्यान्सरलाई सामान्य रुपमा साना कोषबाट हुने क्यान्सर र साना कोषबाट नहुने क्यान्सर गरी दुई भागमा वर्गीकरण गरिएको पाइन्छ । साना कोषबाट नहुने क्यान्सर बढ्ता फैलेको पाइन्छ जसलाई एडेनोकार्सिनोमा, स्क्वामस सेल कार्सिनोमा र लार्ज सेल कार्सिनोमा गरी तीन उपवर्गमा विभाजन गरिएको छ ।
जोखिमका कारणहरु :
डाक्टर सँग कहिले भेट्ने ?
फोक्सोको क्यान्सरले शुरुको अवस्थामा विरलै मात्र आफ्नो लक्षण देखाउँछ । जब लक्षण देखिन्छ तब क्यान्सर अरु जटिल अवस्थामा पुगिसकेको हुन्छ । त्यसैले लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिई हाल्नु जरुरी हुन्छ । फोक्सोको क्यान्सरका केही लक्षणहरु यस प्रकार छन्–
जब क्यान्सर को प्रकोप बढ्दै जान्छ र यो फोक्सो बाहेक अन्य अंगहरु मा पनि फैलँदै जान्छ तब देखिने लक्षणहरु–
क्यान्सर फोक्सो बाट बाहिर फैलँदै कलेजो, हाड तथा एड्रेनल ग्रन्थी र मस्तिष्कमा समेत पुग्न सक्छ । मस्तिष्क मा फैलिएको क्यान्सर ले टाउको दुख्ने, दृष्टि कमजोर हुने तथा पक्षाघात हुने सम्भावना समेत हुन्छ ।
प्यारानियोप्लास्टिक सिंड्रोम : जब फोक्सोको क्यान्सरले सोझै ट्युमर वा यसको मेटास्टेसिससँग सम्बन्धित भएको लक्षण देखाउँदैन । जस्तो कि मांसपेशीमा हुने कमजोरी, सोडियमको मात्रा मा गिरावट वा क्याल्शियमको स्तरमा वृद्धि, रगतमा फाल्सा पर्ने आदि ।
उपचार का विकल्पहरु :
शुरुशुरुमा फोक्सोको क्यान्सर लक्षणरहित हुन्छ । जब शरीरमा कुनै असामान्य अवस्था देखिन्छ तब मात्र हाम्रो ध्यान जान्छ । त्यो बेलामा शंका लागेर फोक्सोको एक्स–रे गर्दा ३ सेमी वा त्यो भन्दा सानो गिर्खो देखिन सक्छ । त्यसपछि रोगको अवस्था हेरेर डाक्टरले आवधिक सीटी स्क्यान गर्ने कि शल्यक्रिया नै गर्ने (उच्च जोखिम देखिएमा) निश्चय गर्ने छन् ।
यदि तपाईंमा माथि बताइएका लक्षणहरु देखिएका छन् भने तुरुन्त डाक्टरको परामर्श लिनु उपयुक्त हुन्छ । यदि डाक्टरले तपाईंमा फोक्सोको क्यान्सरको आशंका गर्छन्, तब उनले तपाईंलाई थप विस्तृत परीक्षणका लागि सल्लाह दिने छन् । तिनमा निम्न परीक्षणहरु प्रमुख छन्–
स्थान, प्रकार तथा क्यान्सर को चरण का आधार मा तपाईंको सामान्य उपचारका विकल्पहरु निर्धारण गरिन्छन् । ती यसप्रकार हुन सक्छन्–
रोकथाम तथा बचावट :
धुम्रपान नगर्नु तथा धुम्रपान गर्ने बाट टाढा रहनु फोक्सोको क्यान्सरबाट बच्ने सबैभन्दा राम्रो उपाय हो । धुम्रपान गरिरहेको अवस्था छ भने पनि धुम्रपान छाडिदिनुभयो भने पनि फोक्सोको क्यान्सर हुने सम्भावनामा कमी आउँछ ।
सम्बन्धित विषयहरु :
Cancer, Lung Cyst, COPD
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्