प्रोष्टेट क्यान्सर (Prostate Cancer)

संपरीक्षक डा संगीता बराल, छाला तथा यौन रोग विशेषज्ञ, MBBS, PhD

    परिचय :

    प्रोष्टेट ग्रन्थी मा भएको क्यान्सर लाई प्रोष्टेट क्यान्सर भनिन्छ । यो ग्रन्थी पुरुषहरु को  मूत्रथैली को मुनि मलाशय को सामुन्ने रहेको हुन्छ । एसलाई पौरुष ग्रन्थी पनि भनिन्छ । एस हिसाब ले हेर्दा प्रोष्टेट को समस्या भनेको केवल पुरुषहरु लाई मात्रै हुने समस्या हो । प्रोष्टेट ग्रन्थी मूत्रमार्ग को वरिपरि टाँसिएर रहेको हुन्छ । वीर्य को तरल पदार्थ उत्पादन गर्ने वीर्य पुटिका प्रोष्टेट ग्रन्थी को पछिल्तिर हुन्छ । उमेर सँगसँगै प्रोष्टेट ग्रन्थी को आकार मा परिवर्तन हुँदै जान्छ । यो ग्रन्थी ले वीर्य लाई तरल बनाउने पदार्थ उत्पादन गर्नु सँगै पिसाब को प्रवाह लाई नियन्त्रित गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

     

    प्रोष्टेट कै कोशिका मा बन्ने एक प्रकार को क्यान्सर लाई प्रोष्टेट क्यान्सर भनिन्छ । प्रोष्टेट क्यान्सर को वृद्धि अत्यन्त सुस्त गति मा हुने गरेको पाइएको छ । धेरैजसो रोगीहरु मा यो क्यान्सर पूर्ण वृद्धि भइसकेपछि मात्रै लक्षणहरु देखिने हुन्छ । शुरु मै पत्ता लाग्यो भने एसको उपचार सहज हुन्छ । अन्यथा एसले उपचार प्रक्रिया मा पनि जटिलता खडा गर्दछ ।

     

    लक्षण

    हुनत प्रोष्टेट क्यान्सर को शुरुआती दिनहरु मा कुनै लक्षण देखिँदैन । तर प्रोष्टेट ग्रन्थी को वृद्धि सँगै लक्षणहरु अनुभव हुन शुरु हुन्छ । एसको संकेत का रुप मा निम्न लक्षणहरु देख्न सकिन्छन् –

    • तारन्तार पिसाब लाग्नु ।
    • पिसाब ले च्याप्नु । केही बेर पनि रोक्न नसक्नु ।
    • पिसाब फेर्दा शुरु मा पीडा तथा जलन हुनु ।
    • खुलेर पिसाब नहुनु ।
    • सुतेका बेला पटक पटक पिसाब आउनु ।
    • पिसाब राम्रो सित सफा भएको अनुभव नहुनु । अथवा अझै पिसाब बाँकी रहे जस्तो महसूस हुनु ।
    • कहिलेकाहीं पिसाब मा रगत देखिनु ।
    • यौन समागम मा शिथिलता को अनुभव हुनु ।
    • स्खलन पश्चात् पेट को तल्लो भाग दुख्नु ।

     

    कारण

    प्रोष्टेट भनेको एउटा सामान्य ओखर को आकार को बहिःस्रावी (exocrine) ग्रन्थी हो । एसले उत्पादन गर्ने तरल पदार्थ ले शुक्राणु लाई बगाएर लैजान र तिनलाई पौष्टिकता प्रदान गर्न सहायता मिल्दछ । प्रोष्टेट ग्रन्थी ले उत्पादन गर्ने प्रोटीन प्रोष्टेट स्पेसिफिक एन्टिजेन (PSA) भनिन्छ । रगत मा एसको मात्रा बढी देखियो भने तेसले प्रोष्टेट क्यान्सर को संकेत गर्दछ । प्रोष्टेट क्यान्सर को शुरुआत ग्रन्थीय कोषहरु बाट हुन्छ । एसलाई एडेनोकार्सिनोमा का नाम ले जानिन्छ । एडेनोकार्सिनो मा आरम्भ सँगै प्रोष्टेट को स्वरुप र आकार मा परिवर्तन देखा पर्दछ । हुनत ५० वर्ष कटेका ५० प्रतिशत जति पुरुषहरु मा प्रोष्टेट ग्रन्थी को स्वरुप र आकार मा परिवर्तन देखिन्छ । तर यो परिवर्तन सामान्य भन्दा धेरै भयो भने त्यो प्रोष्टेट क्यान्सर को संकेत हुन सक्छ । अन्यथा स्वरुप र आकार मा परिवर्तन हुनुलाई असामान्य रुप मा लिनु पर्दैन । प्रोष्टेट को राम्रो उपचार भएन भने एसको दुष्प्रभाव हाड मा समेत देखा पर्न सक्छ ।

     

    रोग को निदान

    डाक्टर ले बिरामी का लक्षण हेरेर र सुनेर सामान्य धारणा बनाउन सक्छन् । तर प्रोष्टेट क्यान्सर हो कि होइन भन्ने निश्चय गर्न केही थप परीक्षणहरु आवश्यक हुन्छ –

    • पीएसए रक्त परीक्षण : प्रोष्टेट क्यान्सर को सांकेतिक लक्षण देखिएका पुरुषहरु मा एस किसिम को परीक्षण गरिन्छ । यदि पीएसआर को स्तर ४ देखि १० न्यानोग्राम प्रति एमएल छ भने क्यान्सर हुने सम्भावना २५ प्रतिशत र १० न्यानोग्राम भन्दा अधिक छ भने ५० प्रतिशत हुन्छ । धेरैजसो स्वस्थ पुरुष मा यो ४ न्यानोग्राम भन्दा कम हुन्छ । तर कम भएर पनि लक्षणहरु देखिएको छ भने उसमा प्रोष्टेट क्यान्सर छैन भन्ने ग्यारेण्टी चाहिं हुँदैन ।
    • प्रोष्टेट को बायोप्सी परीक्षण : प्रोष्टेट को बायोप्सी परीक्षण गरेर क्यान्सर कोशिका को जाँच गरिन्छ र क्यान्सर कुन अवस्था मा पुगेको छ भन्ने पत्ता लगाइन्छ ।
    • इमेजिङ परीक्षण : इमेजिङ परीक्षण द्वारा क्यान्सर का कोषहरु कति सम्म फैलिएका छन् भन्ने पत्ता लगाइन्छ ।
    • सीटी स्क्यान : एस परीक्षण द्वारा लिम्फ नोड तथा अरु अंग मा प्रोष्टेट क्यान्सर को फैलावट पत्ता लगाइन्छ ।
    • एमआरआई : एस परीक्षण ले वीर्य पुटिका तथा वरपर को क्षेत्र मा क्यान्सर को प्रभाव पत्ता लगाउन सहज हुन्छ ।

     

     

    उपचार

    प्रोष्टेट को प्रारम्भिक अवस्था र विकसित अवस्था का आधार मा उपचार पनि फरक फरक तरीका ले गर्नुपर्ने हुन्छ ।

    • शल्य चिकित्सा : बिरामी को उमेर ७५ वर्ष भन्दा बढी वा सम्भावित बाँच्ने आयु १० वर्ष भन्दा कम छ भने शल्यक्रिया गरिँदैन । अन्यथा शल्य चिकित्सा द्वारा क्यान्सर प्रभावित प्रोष्टेट ग्रन्थी तथा वरपर का लिम्फ नोड निकालिन्छ ।
    • विकिरण चिकित्सा : क्यान्सर कोषहरु लाई अरु बढ्न बाट रोक्न तथा मार्न का लागि विकिरण चिकित्सा को उपयोग गरिन्छ ।
    • रसायन चिकित्सा (Chemotherapy) : प्रोष्टेट क्यान्सर विकसित अवस्था मा पुगेको अवस्था मा रसायन चिकित्सा ले शरीर भरि फैलिएका क्यान्सर कोषहरु लाई निर्मूल पार्न सहयोग मिल्दछ ।
    • हर्मोन चिकित्सा (Hormone Therapy) : यदि पुरुष हार्मोन टेस्टोस्टेरोन को उत्पादन लाई रोक्नुपर्ने अवस्था देखिएको छ भने विभिन्न औषधि द्वारा हर्मोन को उत्पादन लाई रोकिन्छ ।
    • बिरामी को अवस्था र क्यान्सर को प्रभाव हेरेर डाक्टर ले उपचार का अन्य विकल्प पनि प्रयोग मा ल्याउन सक्ने छन् ।

     

    रोकथाम

    हुनत अधिकांश प्रोष्टेट का समस्याहरु को कारण यकीन गर्न कठिन हुन्छ । तर पनि ज्यादाजसो प्रोष्टेट को समस्या अध्ययन गर्दा निम्न सावधानी अपनाएमा प्रोष्टेट क्यान्सर हुने खतरा बाट मुक्ति मिल्न सक्छ –

    • तौल बढ्न नदिने ।
    • नियमित रुप मा शारीरिक परिश्रम गरिरहने ।
    • बढ्ता क्यालोरी भएका खानेकुरा तथा पेय पदार्थ को सेवन घटाउने ।
    • प्रतिदिन फलफूल तथा मौसम अनुसार का तरकारी खाने ।
    • प्रशोधित मासु तथा रातो मासु को सेवन घटाउने ।
    • मादक पदार्थ को सेवन घटाउने ।
    • दुग्धजन्य पदार्थ को सेवन सीमित गर्ने ।

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper