- साइनस को भित्री भाग र नाक का बीच हावा तथा तरल पदार्थ आदि को आवतजावत मा रोकावट हुनु ।
- लामो समय देखिको रुघाखोकी तथा एलर्जी का कारण साइनस को मुख बन्द हुनु ।
- चुरोट को धुवाँ वायु प्रदूषण का कारण धूलो तथा सुख्खा हावा का कारण पनि साइनस को मुख बन्द हुन सक्छ ।
- साइनस मा रोकिएको चिप्लो पदार्थ मा भाइरल वा ढुसी को संक्रमण हुनु ।
- नाकभित्र मासु पलाएर वा नाक भित्र दुई प्वाल का बीच को विभाजक हड्डी बांगो हुन गएर पनि साइनस को नाक मा खुल्ने प्वाल बन्द हुन सक्छ ।
- दाँत को संक्रमण, दादुरा, निमोनिया आदि समस्या बाट पनि पिनास को जन्म हुन सक्छ ।
- कतिपय पिनास मा चिन्ता तथा तनाव ले पनि भूमिका खेलेका हुन्छन् ।
- शुरुशुरु मा नाक बाट पातलो सिँगान आउने र केही साता पछि सिँगान बाक्लो सेतो पहेंलो वा हरियो रंग को देखिँदै जाने ।
- साइनस सुन्निनाले नाक बन्द हुने र सास फेर्न अपठेरो हुने ।
- टाउको दुख्ने, आँखा दुख्ने, नाक को फेद दुख्ने र कान दुख्ने जस्ता समस्या देखिने । टाउको बिहान को समय मा बढ्ता दुख्ने हुन्छ ।
- सुँघ्ने र स्वाद ग्रहण गर्ने शक्ति कमजोर हुने ।
- कहिलेकाँही नाक बाट रगत मिसिएको सिँगान आउने ।
- ज्वरो आउने सास गन्हाउने तथा बंगारा दुख्ने ।
- राती सुतेको बेला मा मुख सुक्नु ।
- एक्यूट पिनास : सामान्य खालको पिनास हो । तीन-चार हप्तासम्मको पिनासलाई यो रुपमा चिनिन्छ । ‘एक्यूट साईनोसाइटिस’को मुख्य कारण रुघा वा भाईरल इन्फेक्सन नै हो । चार हप्ता देखि ३ महिना सम्मको लागि ‘सब–एक्यूट’ वा ‘सव–क्लिनिकल साईनोसाइटिस’ भन्ने गरिन्छ ।
- क्रोनिक पिनास : ब्याक्टेरिया को संक्रमण का कारण भएको पिनास बिना उपचार निको हुन गाह्रो हुन्छ । तीन महिनाभन्दा बढी भएमा त्यस्तो पिनासलाई ‘क्रोनिक साईनोसाईटिस’ भन्ने चलन छ एक्यूट साईनोसाईटिस लामो समयसम्म रहेमा वा बल्झिदै गएमा त्यसले ‘क्रोनिक साईनोसाईटोसिस’को रुप धारण गर्छ । एलर्जी, रुघाखोकी लामो समयसम्म रहेमा पनि क्रोनिक पिनास बन्ने देखिन्छ ।
परिचय :
नाकभन्दा पछाडी को भाग मा संक्रमण हुँदा टाउको दुख्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, सिँगान मा रगत देखिने आदि अनेक समस्या देखा पर्छन् । एसलाई हामी बोलीचाली को भाषा मा पिनास भएको भन्छौं । पिनास को मेडिकल नाम साइनोसाइटिस हो । साइनोसाइटिस भनेको साइनस मा संक्रमण हुनु हो । हाम्रो नाक को फेद भन्दा पछिल्तिर रहेको भाग लाई नेपाली मा वायुविवर भनिन्छ भने अंग्रेजी मा साइनस भनिन्छ । साइनस मा संक्रमण भई साइनस सुन्निने वा साइनस मा घाउ हुने समस्या लाई साइनोसाइटिस भनिएको हो ।
हाम्रो नाक को मुनि अनुहार का हाडहरु ले घेरिएका चार जोडा हावाका थैला हुन्छन् । त्यसलाई हामीले ‘एयर फिल्ड क्याभिटिज’ भन्छौं । ती थैलाहरू ले हाम्रो टाउको लाई सन्तुलित बनाउने, आवाज लाई स्वरुप दिने काम गरिरहेका हुन्छन् । ती साइनसहरु को मुख हाम्रो नाक भित्र खुलेको हुन्छ ।
नाक को भित्र पट्टि रहेका ती साइनसहरु ले भेन्टिलेसन गर्ने, बाहिरी वातावरण र टाउको भित्रको हावा को चाप पनि सन्तुलित गर्ने काम गर्छन् । तिनकै योगदान स्वरुप हामीले टाउको ठाडो बनाउने देखि आवाज निकाल्ने सम्मका काम सजिलै गर्न सक्छौं । टाउको बाट निष्कासन हुने कतिपय फोहर पदार्थ तिनै साइनस मा जम्मा हुन्छन् र साइनस मा बन्ने चिप्लो पानी सँग मिसिएर नाक मा पुग्छन् । तेही नै सिँगान को रुप मा बाहिर निस्कने हो । तर धूवाँ धुलो तथा अन्य कुनै कारण साइनस नाक मा खुल्ने छिद्र थुनियो भने स्रवित चिप्लो पदार्थ तथा निष्कासित फोहर पदार्थ साइनस मा जम्मा हुँदै जान्छन् । केही दिन सम्म रोकिएर बसेको सिँगान का कारण साइनस मा संक्रमण हुन सक्छ र साइनस सुन्निन्छ । एसपछि बिरामी मा साइनोसाइटिस का लक्षणहरु देखिन थाल्छन् ।
नेपाली समाजमा पिनास साझा समस्या को रुप मा देखा परेको छ । प्रायः सबै मानिसहरु पिनास सँग परिचित छन् । तर पिनास भयो भनेर डराएर जँचाउन आउने धेरै को स्वास्थ्य परीक्षण गर्दा पिनास नभएको भेटिएको छ । मानिसले लामो समय देखि टाउको दुखिरह्यो भने तेसलाई पिनास भएको भन्ने भ्रम पालिरहेका हुन्छन् । धेरै मानिसलाई पिनास बारे सही जानकारी छैन ।
हाम्रा गाउँघर तिर पिनास हुनासाथ झारफुक गर्ने चलन छ । अस्पताल मा आउने विरामी मध्ये कतिपयहरू झारफुक बाट निको नभए पछि आउनेहरू छन् । सामान्य पिनास निश्चित समय पछि आफै निको भएर जान्छ । विरामीहरु आत्तिएर झारफुक गर्न र धामीलाई देखाउन जाने गर्छन् र धामीझाँक्री ले जस पाउँछन् । धामीझाँक्री नै पिनास भएर औषधि गर्न अस्पताल आएका अनेक घटना छन् ।
कारण :
साइनसहरु को नाक भित्र खुल्ने प्वाल मा कुनै कारणवश रोकावट आउनु र साइनस भित्रका फोहर तथा चिप्लो पदार्थ बाहिर निसक्न नसक्नु नै साइनोसाइटिस हुनुको प्रमुख कारण हो । साइनस बन्द भए पछि साइनस भित्र रहेको पदार्थ मा भाइरस वा ब्याक्टेरिया को वृद्धि हुने र तिनका कारण साइनस मा संक्रमण भएर साइनस सुन्निने सम्भावना बढ्ता हुन्छ । साइनोसाइटिस वा पिनास हुनुका कारण लाई बुँदागत रुप मा एसप्रकार टिप्न सकिन्छ –
लक्षण :
पिनास का प्रकार :
पिनास लाई दुई प्रकार मा विभाजन गरिएको छ –
रोग को निदान :
पिनास को निदान गर्दा प्रथमतः बिरामी का लक्षण हेरिन्छ र नाक को जाँच गरिन्छ तथा आँखा मुनि का हाड मा दबाब दिँदा हुने पीडा को अध्ययन गरिन्छ । सामान्यतया थप परीक्षण तथा जाँच को आवश्यकता हुँदैन । तर जटिल प्रकार को पिनास रहेछ भने वा प्रारम्भिक परीक्षण ले पत्ता लागेन भने बिरामी को एलर्जी को परीक्षण, नाक को इण्डोस्कोपी, सिँगान को कल्चर अथवा साइनस को सीटी स्क्यान गरेर हेर्ने गरिन्छ ।
उपचार :
पिनास को अवस्था हेरेर उपचार प्रक्रिया पनि फरक फरक हुन्छ । ‘एक्यूट साईनोसाईटिस’ भनिने सामान्य खालको पिनास जीवन शैली मा सामान्य सुधार बाटै निको हुन सक्छ । त्यसका लागि एन्टिबायोटिक पनि जरुरी पर्दैन । दुई हप्तासम्म पिनास भएमा र त्यसपछि निरन्तर समस्या देखिए पेनकिलर, तातो पानीको बाफ दिने लगायतका काम गरेर निको पार्न सकिन्छ । औषधिले, चिसोबाट जोगिने प्रयास र शरीरलाई तातो राख्ने उपायले सामान्य पिनास निको पार्न सकिन्छ ।
पिनासले जटिल रुप धारण गरेको छ भने औषधि ले निको पार्न सकिन्छ । केही बिरामीलाई अवस्था हेरि पिनास सफा गर्ने विधि पनि अपनाउनुपर्ने हुन्छ । सुई बाट पिनास भित्र रहेको पानी फ्याँकेर पनि नाकको भित्री भाग सफा गर्ने अर्को उपाय छ । तर अचेल त्यो अभ्यास निकै कम प्रचलन मा छ । कतिपय अवस्थामा बिरामीलाई ‘सर्जिकल इन्टरभेन्सन’ गर्नपर्ने हुन्छ । नाकभित्रको मासुको म्यूकोजा मोटो भएको विरामीलाई पनि सर्जिकल उपचार आवश्यक हुन्छ र अपरेशन÷इण्डोस्कोपिक साईनो सर्जरी गर्नुपर्ने हुन्छ । पछिल्लो समय ‘फङसनल इण्डोस्कोपिक साईनोसर्जरी(फेस) र बेलुन साईनोप्लाष्टि पनि प्रचलनमा आउँदैछन् ।
कतिपय बिरामीको हकमा भने बारम्बार पिनास हुनुको कारण खोज्नुपर्ने हुन्छ । नाकभित्र मासु भए हटाउने, बाङगो हड्डी भए सोझ्याउने लगायतका काम गरेर पनि उपचार गर्नुपर्ने हुन्छ । पिनास जुनसुकै उमेर, लिंगका मानिसलाई पनि हुनसक्छ । तर बालबालिकामा पिनास भए छिटो जटिलता हुने खतरा रहन्छ । तेसमा बढ्ता ध्यान दिनु आवश्यक हुन्छ ।
रोकथाम का उपायहरु :
कुनै पनि रोग लाग्नु भन्दा पहिल्यै सतर्क भएर त्यो रोग बाट जोगिनु सबैभन्दा बुद्धिमान् कुरा हो । पिनास बाट पनि केही कुरा मा सावधानी अपनाउने हो भने जोगिन सकिन्छ । तिनलाई तलका बुँदाहरु मा टिप्ने प्रयास गरिएको छ –
१ रुघाखोकी लागेको छ भने तेसलाई सामान्य हो भन्ने सोचेर उपचार मा हेलचक्र्याइँ नगर्ने ।
२ सिँगान फाल्दा बढ्ता बल गरेर सिँ सिँ गर्दै फाल्ने प्रयास नगर्ने ।
३ धूलो धुवाँ बाट जोगिने । बढ्ता धूलो भएका ठाउँ मा जाँदा मास्क को प्रयोग गर्ने ।
४ भिटामिन सी युक्त खानेकुरा तथा पानी प्रशस्त मात्रा मा पिउने ।
५ रुघा बिग्रिएर नाक बन्द भएको छ भने पानी को बाफ लिने र तातो नूनपानी पिउने बानी बसाल्ने ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्