- वंशाणुगत : यदि परिवार मा अरु लाई पनि पित्त थैली को पत्थरी को समस्या देखिएको छ भने आफूलाई पनि हुने सम्भावना बढ्ता हुन्छ ।
- शरीर को तौल : बढ्ता मोटो वा बढ्ता दुब्लो हुनु । अथवा छिटो छिटो शरीर को तौल घटाउने काम गरेको हुनु ।
- धेरै व्रत बस्नु : चाहिने भन्दा धेरै भोकै बस्नु ।
- मधुमेह को रोगी हुनु ।
- कोलेस्टेरोल घटाउन का लागि औषधि सेवन गरिरहेको हुनु ।
- रक्ताल्पता : लामो समय देखि शरीर मा रगत को कमी हुनु ।
- गर्भनिरोधक चक्की को बढ्ता सेवन गर्नु वा गर्भधारण को अवस्था मा हुनु ।
- माथिल्लो पेट को दाहिने कोखा मा दुख्ने गर्छ ।
- दुखाई कहिले काहीं दाहिने पाखुरा वा ढाड तिर पनि सर्न सक्छ । चिल्लो खानेकुरा खाए पछि दुखाई बढ्ने गर्छ ।
- पेट ढुस्स भएर फुले जस्तो आभास हुन्छ । अपच हुन्छ र बेला बेला मा डकार आउने हुन्छ ।
- पिसाब मा रगत देखिन सक्छ ।
- दुखाई सँगै ज्वरो पनि आउन सक्छ ।
- खान मा अरुचि हुन्छ र वाकवाकी लाग्न सक्छ ।
- पित्तथैली को संक्रमण ।
- सँगसँगै कमलपित्त हुनु ।
- अग्न्याशय अर्थान् प्यानक्रियाज को संक्रमण ।
- पित्तथैली को क्यान्सर ।
- रक्त परीक्षण : रगत मा कोलेस्टेरोल सुगर आदिको परीक्षण गरिन्छ ।
- अल्ट्रासाउण्ड : मिर्गौला, कलेजो, प्यानक्रियाज, पित्तथैली, प्रोस्टेट आदि भित्री अंगहरु को अवस्था हेर्न र ती भित्र पत्थर भए नभएको जान्न यो परीक्षण प्रभावकारी मानिएको छ ।
- थप निश्चित हुन का लागि सीटी स्कयान तथा एक्सरे पनि गराउने छन् ।
- प्रशस्त पानी पिउने ।
- मासु, चिल्लो पदार्थ कम र सागसब्जी ज्यादा खाने ।
- धेरै भोको नबस्ने ।
- एकै चोटि धेरै खानु भन्दा धेरै पटक थोरै थोरै खानु ।
- जंक फूड, प्रशोधित खानेकुरा, फास्ट फूड कम खाने ।
परिचय :
पित्तथैली अर्थात् पित्ताशय कलेजो को मुनिपट्टि रहेको नासपती आकार को एउटा सानो थैली हो । यो करीब ३-४ इन्च लामो र १ इन्च जति चौडा हुन्छ । एसको मुख्य काम भनेको कलेजो मा बनेको पित्त जम्मा गर्नु र बाक्लो पार्नु हो । कलेजो र पित्तथैली सम्म पित्त ल्याउने काम हेपाटिक नली (Hepatic Duct) ले गर्दछ । पित्त (Bile) भनेको पाचन प्रणाली मा सहयोग पुर्याउने एक प्रकार को तरल पदार्थ हो । पित्त को उत्पादन कलेजो मा निरन्तर रुप मा भइरहेको हुन्छ । पित्तथैली ले सानो आन्द्रा मा आएका चिल्लो पदार्थयुक्त खाना लाई पचाउने तथा अम्लिय पदार्थ लाई निष्क्रिय पार्ने उद्देश्य ले पित्त पठाउने गर्दछ । पित्त मा लवण, कोलेस्टेरोल, राता रक्तकोष नासिएर बनेका कणहरु पाइन्छन् जसलाई bilirubin भनिन्छ । पित्ताशय मा ती तत्वहरु बिस्तारै जम्मा हुँदै जाँदा पछि ससाना केराउ का दाना जस्ता वा ठूलै गुच्चा जस्ता साह्रो रुप मा देखा पर्ने हुन सक्छन् । यदि पित्तनली (common bile-duct) मा केराउ को दाना जस्तो पत्थर आएर बस्यो भने तेस मानिस लाई कमलपित्त अर्थात् जण्डिस हुने सम्भावना हुन्छ ।
पित्त थैली मा पर्ने पत्थरी पनि दुई किसिम का देखिएका छन् – एक प्रकार का पत्थरहरु हलुका हरियो-पहेंलो रंग का हुन्छन् जसमा ज्यादाजसो कोलेस्टेरोल रहेको हुन्छ । झण्डै ७० प्रतिशत पित्त थैलीका पत्थरहरु यस खालका हुन्छन् । अर्का प्रकार का पत्थरहरु अल्लि साना हुन्छन् र गाढा रंगका हुन्छन् । यी ज्यादाजसो बिलिरुबिन तथा क्याल्शियम ले बनेका हुन्छन् । लिभर संक्रमण भएका बिरामी मा यो खाल का पत्थर पर्ने गरेको देखिएको छ ।
विश्व को कुल जनसंख्या को लगभग १० प्रतिशत मानिस मा पित्त थैली मा पत्थरी देखिएको छ । हाम्रो देश मा एस रोग को स्पष्ट तथ्याङ्क नभए पनि कुल जनसंख्या को झण्डै १५ प्रतिशत मा पित्त थैली को पत्थरी हुन सक्ने अनुमान छ ।
यो रोग हरेक उमेर समूह मा हुने भए पनि ३० बर्ष देखि ४० वर्ष को उमेर का मानिस मा तुलनात्मक रुपमा धेरै देखिने गरेको छ । तेसै गरी यो रोग पुरुषहरु को तुलना मा महिलाहरु मा बढ्ता देखिने गरेको विभिन्न अध्ययन र अनुसन्धानहरुले देखाएका छन् ।
कारक तत्त्वहरु :
किन पित्तथैली मा भएको पित्त ले पत्थर को रुप लिन्छ भन्ने बारे मा अनुसन्धान भइरहेको छ । पित्त को संरचना मा परिवर्तन, खाना मा बढ्ता चिल्लो पदार्थ को प्रयोग, मधुमेह, राता रक्तकोष नष्ट हुने रोग (haemolytic disease) आदि ले पित्ताशय मा पत्थरी हुनमा सहयोग गर्दछन् । यी बाहेक निम्न कारणहरु पनि पित्तथैली को पत्थरी का लागि जिम्मेवार मानिन्छन् –
लक्षणहरु :
सामान्यतः पित्त थैली मा पत्थरी पर्दैमा लक्षणहरु देखिई हाल्छन् भन्ने छैन । पत्थरी भनेको बिस्तारै बन्दै जाने भएकाले वर्षौं सम्म पनि लक्षण नदेखिने हुन्छ । कुनै कुनै बिरामी मा पत्थरी ठूलै भए पछि पनि लक्षण देखिँदै नदेखिने हुन सक्छ । ती केबल अरु कुनै कारण ले पेट को भिडियो एक्सरे गर्नु परेका बेला पित्त थैली मा पत्थरी भएको देखिन्छ । पत्थरीको समस्या भएका अधिकांश मा निम्न लक्षणहरु देखिन्छन् –
जोखिमयुक्त अवस्था :
निदान :
यदि डाक्टर लाई बिरामी को लक्षण हेर्दा पित्तथैली मा पत्थरी भएको लाग्छ भने तेसको निर्क्यौल गर्न का लागि निम्न परीक्षण गर्न सक्ने छन् –
उपचार :
संसारभरि नै सबैभन्दा धेरै गरिने पेटको अप्रेशन मध्ये पित्तथैली को पत्थरी झिक्न गरिने अप्रेशन पहिलो स्थान मा आउँछ । औषधि ख्वाएर पित्तथैली को पत्थरी हटाउन सकिंदैन । पित्तथैली को पत्थरी को एकमात्र उपचार शल्यक्रिया गरेर पित्तथैली पूरै बाहिर निकाल्नु हो । आजभोलि यो अप्रेशन दूरवीन प्रविधि बाट गरिन्छ । सबै प्रकार को पित्तथैली को पत्थरी को शल्यक्रिया गर्नु पर्छ भन्ने छैन । डाक्टर को सल्लाह अनुसार शल्यक्रिया गर्ने वा नगर्ने निश्चय गर्न सकिन्छ ।
दूरवीन प्रविधि बाट अप्रेशन गर्दा बिरामी लाई दुखाई कम हुन्छ भने समय पनि थोरै लाग्छ । तेसैगरी घाउ मा संक्रमण हुने र पाक्ने समस्या पनि न्यून रहन्छ । दुखाई कम हुनाले अप्रेशन गरेको ४ देखि ६ घण्टा भित्रै बिरामी हिँडडुल गर्न सक्दछन् र सामान्य मानिस सरह खानेकुरा समेत खान सक्दछन् । अप्रेशन गरेको २४ घण्टामा बिरामीलाई अस्पताल बाट डिस्चार्ज गरी घर पठाउन सकिन्छ भने अप्रेशन को ४८ घण्टा देखि ७२ घण्टा मा बिरामी सामान्य जीवनशैली मा कामकाज गर्न सक्ने हुन्छन् ।
पत्थरी हुन नदिन के गर्ने ?
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्