पागलपन

संपरीक्षक डा. देशराज बहादुर कुँवर, वरिष्ठ मानसिक रोग विशेषज्ञ

     

    परिचय :

    पागलपन एक किसिमको मानसिक रोग हो जसमा रोगी ले किसिम किसिम का असामान्य व्यवहार को प्रदर्शन गर्दछ । उत्निखेरै हाँस्ने, उत्निखेरै रुने, उत्निखेरै रिसाउने र उत्निखेरै खुशी हुने चरित्र देखियो भने उसमा मानसिक विचलन भएको बुझ्नु पर्छ । प्रायः एस्ता रोगीहरु अश्लील किसिमका कुराहरु गर्ने र देखाउने हुन्छन् । इनले आँफूले आफैलाई पिट्ने टोक्ने गरेर अरुको ध्यान आफूतिर तान्ने कोशिश पनि गर्दछन् ।

    यो सामान्य देखि लिएर गम्भीर प्रकृति को हुन सक्छ । कसैमा पनि पागलपन को सामान्य लक्षण देखिनासाथ मानसिक डाक्टर को परामर्श लिएमा यो समस्या बाट समय मै छुटकारा पाउन सकिन्छ ।

     

    कारण :

    • परिवार मा पागलपन को वंशाणुगत समस्या हुनु ।
    • बाल्यकाल मा कुनै पीडादायी मानसिक समस्या बाट गुज्रनु ।
    • गम्भीर प्रकृति को यौन प्रताडना को शिकार हुनु ।
    • टाउको मा चोटपटक लाग्नु ।
    • कुनै अत्यन्त पीडादायी घटनाले अकस्मात् ठूलो चिन्ता मा पर्नु । जस्तो कि आफ्ना प्रियजन को मृत्यु, धनजन को क्षति, प्रेमी वा प्रेमिका को आपसी सम्बन्ध तोडिनु ।
    • लामो समयदेखि राम्ररी ननिदाउनु ।
    • कुनै ठूलै रोग लागेर बिरामी पर्नु ।
    • लागू पदार्थ को सेवन गर्नु ।
    • परिवार मा उपेक्षित हुनु वा कसैले बेवास्ता गरेको अनुभूति गर्नु ।
    • विषादि को सेवन गर्नु ।

     

    लक्षण :

    • सामान्य मानिसहरु भन्दा आँफूलाई अलग देखाउन खोज्नु ।
    • विना कारण हाँस्नु, रुनु, रिसाउनु वा खुशी हुनु ।
    • चर्को चर्को आवाज निकालेर अरुको ध्यान तान्न खोज्नु ।
    • लगाइरहेको कपडा च्यात्नु, सामानहरु फाल्नु, फुटाल्नु ।
    • राम्ररी सुत्न नखोज्नु । सुते पनि बेला बेला उठेर चिच्याउनु ।
    • एकदमै असामाजिक र असामान्य स्वभाव देखाउनु ।

     

    उपचार :

    • औषधि : पागलपन को अवस्था र रोगी को स्वभाव का आधार मा निद्रा लाग्ने, चिन्ता बाट मन हलुका हुने, डिप्रेशन बाट छुटकारा दिने आदि प्रकृतिका औषधिहरु दिन सकिन्छ ।
    • साइकोथेरापी : यो उपचार मा अवलम्बन गरिने विधि व्यक्तिपिच्छे फरक हुन सक्छ । बिरामी लाई अस्पताल मै भर्ना गरेर एस किसिमको उपचार गर्ने गरिन्छ ।
    • जीवनशैली मा परिवर्तन : जस्तो खाल को दैनिक क्रियाकलाप गर्दै आएको छ त्यसमा परिवर्तन ल्याउँदा पनि बिरामी मा सुधार हुन सक्छ । नियमित व्यायाम गराउनाले डिप्रेशन हुन दिँदैन। संगीत सुनाउने, खेलकूद मा सरिक गराउने आदि कार्य ले पनि बिरामी मा सुधार हुन सक्छ ।
    • इलेक्ट्रोकन्भल्सिभ थेरापी (ECT) : अन्य उपचार ले काम नगरेको खण्ड मा टाउको मा इलेक्ट्रोड को प्रयोग गरेर मस्तिष्क लाई उत्प्रेरित गर्ने काम गरिन्छ जसलाई ईसीटी भनिन्छ । यदि समस्या गम्भीर प्रकृति को छ भने बढी मा केही हप्ता मात्रै यस प्रकार को थेरापी दिने चलन छ ।
    • डाक्टर ले अरु पनि विभिन्न उपचार विधि अपनाएर बिरामी को उपचार गर्न सक्ने छन् ।

     

    पुनर्स्थापनीय उपचार :

    पागलपन को उपचार गर्दै गरेका बेला वा उपचार गरिसके पछि को अवस्था मा थोरै पनि असावधानी ले बिरामीलाई पुनः पहिलेकै बिरामी अवस्थामा ल्याइपुर्याउन सक्छ । तेसैले बिरामीलाई पुनर्स्थापनीय उपचार द्वारा पागलपन लाई न्यूनीकरण गर्न र पुनः फर्कन नदिने तर्फ ध्यान दिइन्छ । यो उपचार बिरामी लाई घर मै राखेर वा पुनर्स्थापनी केन्द्र मा भर्ना गरेर गर्न सकिन्छ –

    • आपस मा बोल्ने अभ्यास : बिरामी लाई सामाजिक तवरले निरोगी सरह बोल्न सकोस् भन्ने उद्देश्यले आँफू आँफू मा कुरा गर्ने, छलफल मा सरिक गराउने गर्नु पर्छ ।
    • दैनिक क्रियाकलाप लाई रुटिन मा गर्ने अभ्यास : बिहान उठ्ने देखि लिएर बेलुकी सुत्ने सम्म का क्रियाकलाप लाई एउटा रुटिन बनाएर बिरामी लाई तेसको अनुसरण गराउने कोशिश गर्नु पर्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper