- राता रक्तकोष को नष्ट हुने क्रम अत्यधिक हुनु र तिनबाट निस्केको बिलिरुबिन लाई कलेजो ले अलग्याउन नभ्याउनु ।
- कलेजो मा क्षति हुनाले कलेजो ले रगत मा भएको बिलिरुबिन लाई छुट्टयाएर लिन नसक्नु ।
- पित्तनली कुनै कारण ले अवरुद्ध भएर पित्त पित्तथैली सम्म वा पित्तथैली बाट सानो आन्द्रा सम्म पुग्न नसक्नु ।
- आँखा को सेतो भाग पहेंलो देखिनु ।
- छाला तथा मुख भित्र पहेंलोपन देखिनु ।
- दिसापिसाब पहेंलो हुनु ।
- कब्जियत हुनु र पेट सफा नहुनु ।
- दाहिने कोखो दुख्नु ।
- जिउ चिलाउनु ।
- ज्वरो आउनु ।
- वाकवाकी लाग्नु वा वान्ता हुनु ।
- खाने रुचि घट्दै जानु ।
- तौल घट्दै जानु ।
- कमजोरी को अनुभव हुनु ।
- लिभर फङ्कशन टेष्ट, बिलिरुबिन को स्तर तथा रक्तकोषहरु को मापन का लागि रक्त परीक्षण ।
- जण्डिस को कारण निर्क्योल गर्न पिसाब को ल्याब परीक्षण ।
- अल्ट्रासाउण्ड, सीटी स्क्यान, MRI गरेर कलेजो तथा प्यानक्रियाज को अवस्था को अध्ययन ।
- लिभर को बायोप्सी जाँच ।
- मलेरिया वा हेपाटाइटिस मध्ये कुनै रोग का कारण पनि रगत मा बिलिरुबिन को मात्रा बढ्ने हुन्छ । यी रोग मध्ये कुनै पनि देखिएमा प्रथमतः सो को उपचार गर्ने ।
- प्यारासिटामोल वा ब्रुफेन जस्ता कलेजोका लागि हानिकारक औषधि को सेवन भइरहेको भएमा सो बन्द गर्ने ।
- रक्सी, चुरोट जस्ता लिभर कमजोर बनाउने खानपान त्याग्न लगाउने ।
- रगत मा बिलिरुबिन को मात्रा बढ्न नदिन पर्याप्त मात्रा मा पानी पिउने ।
- बासी तथा भुटे तारेका खानेकुरा नखाने ।
- पित्तनली मा पत्थर पर्नाले वा अन्य पत्थरी का कारण ले जण्डिस भएको भए शल्यक्रिया द्वारा पत्थर हटाउने ।
- लिभर पूर्ण रुप ले क्षतिग्रस्त भएको पाइएमा शल्यक्रिया द्वारा लिभर प्रत्यारोपण गर्ने।
- समय मै हेपाटाइटिस ए तथा हेपाटाइटिस बी को खोप लिने ।
- बढ्ता चिल्लो, पीरो भएका र तारेका खानेकुरा नखाने ।
- बासी तथा चीसा खानेकुरा नखाने ।
- स्वच्छ र सफा पिउने पानी पर्याप्त मात्रा मा पिउने ।
- सिटामोल, ब्रुफेन, निम्स जस्ता औषधि को धेरै सेवन नगर्ने । अथवा तिनको सेवन गर्दा पनि डाक्टर को सल्लाह मुताबिक गर्ने ।
परिचय :
आँखा, छाला तथा मुख भित्र को भाग पहेंलो देखिनु लाई हामी पहेंले भएको वा कमलपित्त भएको वा जण्डिस भएको भनेर जान्दछौं । वास्तव मा जण्डिस स्वयं मा कुनै रोग होइन । यो अन्य रोग मा देखिने एक प्रकार को लक्षण हो । रगत मा बिलिरुबिन को मात्रा बढी भएर आँखा, छाला र मुख भित्र को भाग पहेंलो हुनु नै जण्डिस हुनुको लक्षण हो । साधारण अवस्था मा बिलिरुबिन को मात्रा प्रति डेसिलिटर १ मिग्रा भन्दा कम हुनु पर्छ तर सो बढेर ३ मिग्रा भन्दा बढी भयो भने मात्रै आँखा, छाला र मुख भित्र पहेंलो देखिने हुन्छ । १० मिग्रा प्रति डेसिलिटर सम्म हुनुलाई ठूलो समस्या मानिँदैन । कतिपय बिरामी मा रोग चरम स्थिति मा पुगेका बेला बढी मा ७५ मिग्रा सम्म पुगेको पाइएको छ ।
राता रक्तकण को मृत्यु भए पछि विभिन्न प्रक्रिया द्वारा बिलिरुबिन निस्कन्छ र रगत मा मिसिन्छ । रगत मा भएको बिलिरुबिन लाई कलेजो का कोषहरु ले छुट्टयाएर लिन्छन् र पित्तथैली मा पठाइदिन्छन् । पित्तथैली बाट बिलिरुबिन सानो आन्द्रा मा पुग्छ र सानो आन्द्रा बाट ८० प्रतिशत जति पुनः शोषिएर रगत मा मिसिन सक्छ । भर्खरै जन्मेका बच्चा मा कलेजो बढ्ता क्रियाशील भइनसकेको हुने हुँदा जण्डिस देखिने सम्भावना बढ्ता हुन्छ । झण्डै आधा जसो बच्चा को रगत मा जन्मेको केही दिन सम्म १३ मिग्रा प्रति डेसिलिटर बिलिरुबिन देखिने गरेको छ । गर्भवती महिला मा भएको जण्डिस ले आमा तथा पेट मा भएको भ्रूण दुवै लाई हानि पुग्ने सम्भावना हुन्छ ।
कारण
रगत मा बिलिरुबिन बढ्नु का पछाडी अनेक रोग हुन सक्छन् । मलेरिया तथा हेपाटाइटिस मा प्रायः यो समस्या देख्ने गरिएको छ । बिलिरुबिन बढेर जण्डिस देखा पर्ने मूलभूत कारण लाई तीन भाग मा बाँड्न सकिन्छ –
लक्षण
कुन कारण ले जण्डिस भएको हो सोही आधार मा लक्षणहरु देखिन्छन् जसलाई समग्र मा निम्न बुँदाहरु मा टिप्न सकिन्छ –
रोग को निदान
बिरामी का लक्षण हेरेर, पुरानो इतिहास सुनेर तथा विभिन्न जाँच गरेर जण्डिस भए नभएको पत्ता लगाउनुका साथै जण्डिस को कारण र अवस्था का बारे मा थाहा पाइन्छ । ल्याब परीक्षणहरु मा निम्न कुराहरु पर्दछन् –
उपचार
जण्डिस आँफै मा रोग नभएकाले के कारण ले गर्दा जण्डिस का लक्षण देखिएका हुन् तिनको उपचार गर्नु नै जण्डिस उपचार को पहिलो शर्त हो । जण्डिस को उपचार गर्दा डाक्टर ले निम्न उपायहरु अवलम्बन गर्ने छन् –
रोकथाम
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्