- स्थान : पक्षाघात ले शरीर को कुनै एउटा भाग वा एक भन्दा धेरै भाग प्रभावित भएको आधार मा विभिन्न प्रकार मा बाँडिएको छ –
- मोनोप्लेजिया : एसमा एउटा हात वा एउटा खुट्टा प्रभावित भएको हुन्छ ।
- हेमिप्लेजिया : एसमा एकैतिर का एउटा हात र एउटा खुट्टा प्रभावित भएका हुन्छन् ।
- प्याराप्लेजिया : एसमा दुवै खुट्टा प्रभावित हुन्छन् ।
- क्वाड्रिप्लेजिया : एसमा चारैवटा हातखुट्टा प्रभावित हुन्छन् ।
- गम्भीरता : आंशिक र पूर्ण गरी गम्भीरता का हिसाब ले पनि दुई किसिम का पक्षाघात हुन्छन् । आंशिक पक्षाघात मा पक्षाघात बाट प्रभावित भाग को मांसपेशी मा आंशिक नियन्त्रण गर्न सकिन्छ भने पूर्ण पक्षाघात मा पक्षाघात बाट प्रभावित मांसपेशी मा कुनै किसिम को मानसिक नियन्त्रण सम्भव हुँदैन ।
- अवधि : पक्षाघात अस्थायी पनि हुन सक्छ र स्थायी पनि हुन सक्छ । मस्तिष्काघात ले हुने पक्षाघात प्रायः अस्थायी भएको पाइन्छ । अरु कतिपय कारण बाट हुने पक्षाघातहरु स्थायी किसिम का हुन्छन् ।
- मांसपेशी को अवस्था : मांसपेशी धोलो हुने पक्षाघात लाई फ्लास्सिड भनिन्छ भने मांसपेशी कडा हुने पक्षाघात लाई स्पाज्टिक पक्षाघात भनिन्छ ।
- कुनै दुर्घटना का कारण भएको चोटपटक जसले कुनै अंग को स्नायुतन्तु मा क्षति पुर्याएको हुन्छ ।
- औषधि को दुष्प्रभाव का कारण भएको स्नायुतन्तु वा मांसपेशी को क्षति ।
- मस्तिष्काघात । मस्तिष्काघात बाट प्रायः अस्थायी किसिम को पक्षाघात हुन्छ ।
- सेरेब्रल पाल्सी ।
- पोष्ट पोलियो रोग ।
- चोटपटक का कारण भएको मस्तिष्क को क्षति ।
- न्यूरोफाइब्रोम्याटोसिस
- शल्य चिकित्सा अथवा स्थायी पक्षाघात भएको हो भने प्रभावित अंग काटेर फाल्ने काम ।
- फिजिकल थेरापी ।
- अक्कुपेसनल थेरापी ।
- स्पाज्टिक पक्षाघात मा बोटोक्स वा मसल रिल्याक्सर जस्ता औषधि को प्रयोग सहयोगी हुन सक्छ ।
- जीवनशैली लाई सुमधुर बनाउने ।
- उच्चरक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रण मा राख्ने ।
- रातो मासु सकेसम्म नखाने वा कम खाने ।
- चुरोट र रक्सी नखाने ।
- रगत मा रगत जमाउने तत्त्व आवश्यक भन्दा बढी छ भने तेसको उपचार गर्ने
- खाना मा फलफूल र सागपात को मात्रा बढाउने ।
- तनाव नलिने ।
- तौल नियन्त्रण मा राख्ने ।
परिचय :
मांसपेशी नचल्नाले शरीर को कुनै अंग नचल्ने वा कुनै अंग ले काम नगर्ने समस्या लाई पक्षाघात भनिन्छ । यो शरीर को सानो भाग मा हुन पनि सक्छ र शरीर को धेरै भाग मा पनि हुन सक्छ । अस्थायी पनि हुन सक्छ र स्थायी पनि हुन सक्छ । जीवन को कुनै पनि समय मा पक्षाघात को समस्या आइपर्न सक्छ । पक्षाघात हुँदा नलेको भाग वा अंग मा दुखाई को अनुभव पनि हुँदैन । प्रायः मस्तिष्काघात का कारण पक्षाघात को समस्या देखिन सक्छ । किनभने मस्तिष्काघात मा मस्तिष्क भित्र रगत चुहुने र जम्ने हुने समस्या हुने हुँदा तेसरी जमेको रगत ले मस्तिष्क का कतिपय कोषहरु लाई काम गर्न नसक्ने तुल्याउँछन् । ती कोषहरु शरीर को जुन अंग सँग सम्बन्धित हुन्छन् ती अंग स्वाभाविक रुप ले प्रभावित हुन पुग्छन् । तेसैले न ती अङ्ग लाई मस्तिष्क ले सूचना दिन सक्छ न ती अङ्ग को सूचना नै मस्तिष्क ले क्रियान्वयन गर्न सक्छ ।
लक्षण
पक्षाघात का लक्षणहरु सामान्य हुन्छन् । कुनै अंग ले काम नगरेको अनुभव हुन्छ । सो अंग एताउता चलाउन सकिँदैन । शुरुशुरु मा पक्षाघात भएको अंग निदाएको जस्तो वा झमझम गरेको जस्तो महसूस हुन सक्छ । अनि बिस्तारै त्यो पनि हराउँछ र सो भाग को संवेदना शक्ति नै हराएर जान्छ । त्यो भाग आँफूले चाहेर पनि चलाउन सकिँदैन ।
पक्षाघात का प्रकार
चिकित्सकहरु ले पक्षाघात लाई पक्षाघात भएको अंग, गम्भीरता, अवधि तथा मांसपेशी को अवस्था का आधार मा विभिन्न प्रकार मा बाँडेका छन् ।
कारण
कतिपय मानिसहरु जन्मजात रुप मा पक्षाघात को समस्या बाट ग्रसित हुन्छन् । अन्य सबलाङ्ग मानिस मा पक्षाघात का निम्न कारकतत्त्वहरु निम्न हुन सक्छन् –
रोग को निदान
शरीर का बाहिरी अङ्ग मा भएको पक्षाघात को निदान गर्न सहजै सकिन्छ । तर शरीर का भित्री अङ्ग मा भएको पक्षाघात निश्चय गर्न डाक्टर ले एक्स रे, सीटी स्क्यान, एमआरआई तथा अन्य परीक्षण को सहारा लिनु पर्ने हुन्छ । स्पाइनल कर्ड मा भएको चोटपटक का कारण पक्षाघात भएको हो भने डाक्टर ले माइलोग्राफी गरेर हेर्न सक्छन् ।
उपचार
कतिपय अवस्था मा पक्षाघात को उपचार सम्भव हुँदैन । पक्षाघात को उपचार गर्दा पक्षाघात हुनुको मूल कारण जान्नु आवश्यक हुन्छ । किनकि सोही कारण लाई आधार मानेर उपचार गरिन्छ । ती उपचारहरु एसप्रकार छन् –
बचावट
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्