- बच्चाहरु मा नाक कोट्याइरहने बानी हुन्छ । एसरी नाक कोट्याउँदा नाक भित्र रहेको पातलो झिल्ली च्यातिने सम्भावना हुन्छ र रगत बग्न सक्छ । बच्चाहरु मा प्रायः यही कारण ले नाथ्री फुट्ने गरेको पाइएको छ ।
- नाक मा चोटपटक लाग्नु वा कतै ठोक्किनु पनि नाथ्री फुट्नु को कारण हुन सक्छ ।
- साइनोसाइटिस अथवा साइनस संक्रमण ले पनि नाक को अगाडी को भाग लाई सुन्निने घाऊ हुने र फुट्ने अवस्था निम्त्याउँछ ।
- चिसो, रुघाखोकी वा बल गरेर सिँगान फाल्न खोज्दा पनि नाक भित्र रहेको झिल्ली मा दवाव पर्न गई नाथ्री फुट्न सक्छ ।
- नाकबाट रगत बग्ने समस्या प्रायः गर्मी मा हुने गर्छ । गर्मी समय मा तातोपन का कारण नाक मा रहेका रक्तनलीहरू फुल्छन् । कतिपय साना नलीहरू आफै फुट्छन र त्यहाँबाट रगत आउँछ ।
- सुख्खा हावा मा लामो समय सम्म सास फेरिरहन पर्नु पनि नाथ्री फुट्नु को कारण हुन सक्छ ।
- रुघाखोकीलगायत अन्य रोगको संक्रमण भई नाकमा घाउ हुँदा पनि रगत आउन सक्छ । नाक मा ट्युमर (मासु पलाउने) भएमा पनि नाकबाट रगत आउँछ ।
- रगत मा प्लेटलेट को कमी हुँदा वा रगत जम्न नदिने औषधि सेवन गरिरहेको अवस्था मा वा इबुप्रोफेन जस्ता नन स्टेर्वाइडल एन्टीइन्फ्लामेटरी ड्रग्स NSAIDs को सेवन पनि नाक बाट रगत बग्ने कारण हुन सक्छ ।
- रक्तजन्य रोगहरू हुँदा होमोफेलिया भएको व्यक्ति, कलेजोको रोग भएका व्यक्तिको पनि नाकबाट बारम्बार रगत आउने हुन्छ ।
- मिर्गौला मा समस्या भएकाहरूमा पनि नाकबाट रगत जाने समस्या हुन्छ ।
- कोकेन जस्ता लागू पदार्थ को सेवन पनि नाथ्री फुट्नु को कारण हुन सक्छ ।
- उच्च रक्तचाप : उच्च रक्तचाप का कारण शरीर का अन्य भागहरु मा रक्तस्राव भए झैं नाक बाट पनि रक्तस्राव हुने सम्भावना हुन्छ । उच्च रक्तचाप ले नाक को पछिल्तिर बाट मात्र नभएर अघिल्तिर बाट पनि रक्तस्राव हुने सम्भावना हुन्छ ।
- नाक को शल्यक्रिया : नाक मा भएका घाऊ वा गिर्खा को शल्यक्रिया गर्ने क्रम मा नाक को अघिल्तिर सँग सँगै पछिल्तिर बाट पनि रगत बग्ने सम्भावना रहन्छ ।
- क्याल्शियम को कमी ।
- हेमोफिलिया तथा ल्यूकेमिया जस्ता रोगहरु ।
- ट्यूमर को समस्या ।
- कुनै बाहिरी वस्तु नाक भित्र पस्नु ।
- इबोला जस्ता रोगहरु को संक्रमण ।
- रयूम्याटिक ज्वरो ।
- रगत मुख भित्र पनि छिर्ने हुँदा वान्ता हुने र वान्ता हुँदा वान्ता मा रगत देखिने सम्भावना हुन्छ ।
- मुटु को धडकन तिब्र हुन सक्छ ।
- श्वासप्रश्वास छिटो हुन सक्छ ।
- बढी रगत बहेको छ भने अनुहार पहेंलो देखिन सक्छ ।
- सीधा बस्ने र नाक लाई दुवै औंला ले थिच्ने । सकेसम्म रगत घाँटी तिर नबगोस् भन्ने हिसाब ले बसेको हुनुपर्छ । रगत घाँटीतिर बग्दै गयो र श्वासनली तिर पस्यो भने अरु समस्या बढ्न सक्छ ।
- सुत्नु वा निहुरिनु हुँदैन । सकेसम्म मुटुभन्दा नाक माथी परोस् भन्ने तिर विचार पुर्याउनु पर्छ ।
- ५ देखि २० मिनट सम्म नाक थिचिराख्ने र पाइन्छ भने नाक बाहिर बरफ को चीसो ले सेक्ने ।
- तर २० मिनट सम्म पनि रगत थामिएन भने नाक लाई बढ्ता दवाव नपर्ने गरेर र टाउको सीधै रहने गरेर अस्पताल पुर्याउने ।
- रगत मा प्लेटलेट्स को कमी भएको हो वा पिनास का कारण रगत बगेको हो सो पत्ता लगाएर सो को उपचार गर्ने छन् ।
- नजल प्याकिङ : कटन वा स्पोन्ज को सानो डल्लो रगत आएको ठाउँ मा दवाव पर्ने गरेर राखिन्छ जसले गर्दा रगत आउन रोकिने सम्भावना हुन्छ ।
- कटेरी : रगत चुहिएको ठाउँ लाई तातो ले डामेर त्यहाँ बाट रगत आउन नपाउने बनाउन सक्छन् ।
- सेप्टल सर्जेरी : दुई नाक बीच को भाग लाई अरु कडा पार्नका लागि यो प्रक्रिया अपनाउन सकिन्छ ।
- लिगेशन : रगत चुहुने रक्तनली का टुप्पा लाई बाँधेर चुहुने मुख बन्द गरेर रगत आउन बाट रोकिन्छ ।
- नाक कोट्याउने बानी लाई घटाउने ।
- नाक सुख्खा भएको महसूस भएमा नाक मा भ्यासेलिन वा अन्य म्वाइस्चराइजिङ क्रीम लगाउने ।
- नाथ्री फुटे पछि केही दिन सम्म नूनपानी ले नाक सफा गर्ने ।
- न्यासोजेल वा अन्य वाटर बेस्ड जेल नाक को भित्री सतह मा लगाउने ।
- बल गरेर सिँगान नफाल्ने ।
- गर्मी वा सुख्खापन बाट जोगिने ।
- इबुप्रोफेन, टाइलिनल, प्यारासिटामोल, एस्पिरिन जस्ता औषधि को सेवन घटाउने ।
- रक्तचाप लाई नियन्त्रण मा राख्ने ।
- धूमपान, लागू पदार्थ सेवन जस्ता कार्य नगर्ने ।
परिचय :
नाथ्री फुट्नु अर्थात् नाक बाट रगत बग्नु लाई डाक्टरी भाषा मा एपिस्ट्याक्सिस भनिन्छ । नाक भित्र रहेको पातलो झिल्ली फाटेर अचानक रगत बग्नु नै नाथ्री फुट्नु हो । एसरी नाथ्री फुट्दा प्रायः एउटा नाक को प्वाल बाट रगत बग्ने गर्दछ । केही अपवाद लाई छाडेर यो एस्तो आम समस्या हो कि हामी सबैको जीवन मा एक न एक फेर नाथ्री फुटेको अनुभव भएकै हुन्छ । नाथ्री फुट्नु का अनेक कारण हुन सक्छन् र कारण अनुसार यो एक सामान्य देखि लिएर गम्भीर प्रकृतिको हुन सक्छ । कति सम्म गम्भीर हुन सक्छ भने यो नै मृत्यु को कारण बनेका घटना पनि छन् ।
रक्तनलीहरु फुटेर रगत बाहिर निस्कन सक्ने सबैभन्दा संवेदनशील अंग भनेको नाक नै हो । किन नाक बाट एति सजिलै रगत बाहिर निस्कन्छ भन्ने बारे मा जान्न का लागि नाक को बनावट पनि जान्नु आवश्यक छ । हामीले नाक बाट सास लिन्छौं । तेसरी लिएको सास छान्न का लागि नाक को भित्री सतह मा मसिना रौं हुन्छन् । सँगसँगै तेसरी छानिएको धूलो धूवाँ लाई टाँसेर राख्न का लागि चिपचिपे पानी रौं को फेद बाट निस्किरहेको हुन्छ । तेसरी पानी निस्कन सजिलो होस् भन्ने उद्देश्य ले नाक को भित्री सतह मा थुप्रै रक्तनलीहरु बिछिएका हुन्छन् र तिनलाई पातलो झिल्ली ले छोपिराखेको हुन्छ । सबैभन्दा घना रुप ले रक्तनलीहरु फिँजिएको ठाउँ किजेलब्याच प्लेक्सस (Keisselbach’s Plexus) का नाउँले चिनिन्छ । प्रायः नाथ्री फुट्ने ठाउँ पनि यही नै हो । कहिलेकाहीं नाक को पछाडी को भाग बाट रगत बग्ने गरेको पनि पाइएको छ जसलाई बढ्ता गम्भीर प्रकृति को मानिन्छ ।
नाथ्री फुट्नु का कारणहरु :
नाक बाट रगत बग्ने समस्या लाई दुई भाग मा बाँडेर हेर्ने गरिएको छ । पहिलो- नाक को अघिल्तर बाट रगत बग्ने समस्या र दोस्रो- नाक को पछिल्तिर को भाग बाट रगत बग्ने समस्या । नाथ्री फुट्ने समस्या मा पहिलो समस्या ले झण्डै ९० प्रतिशत भाग ओगटेको छ ।
नाक को अघिल्तिर बाट रगत बग्ने समस्या का कारणहरु :
नाक को पछिल्तिर बाट रगत बग्ने समस्या का कारणहरु :
नाथ्री फुट्नु का अन्य कारणहरु :
नाथ्री फुट्नु को लक्षण :
नाक बाट रगत बगेको देखिनु नै नाथ्री फुट्नुको प्रमुख लक्षण हो । रगत बग्नु सँगै निम्न लक्षणहरु देखिन सक्छन् –
नाथ्री फुट्दा घर मै गरिने उपचार :
नाथ्री फुट्ने धेरै जसो अवस्था सामान्य हुने भएकाले एसको प्राथमिक उपचार घर मै गर्न सकिन्छ र सो उपचार पछि यो निको हुन पनि सक्छ । घर मै गर्न सकिने केही उपचार विधि एसप्रकार छन् –
नाथ्री फुट्दा अस्पताल मा गरिने उपचार :
यदि सामान्य उपचार ले पनि नाथ्री फुट्ने समस्या निराकरण नभएमा वा केही दिन बिराई नाथ्री फुट्ने गरेमा डाक्टर लाई देखाउनु पर्ने हुन्छ । डाक्टर ले नाथ्री फुट्नुको कारण पत्ता लगाएर निम्न बमोजिम तेसको उपचार गर्ने छन् –
नाथ्री फुट्नु बाट जोगिने उपायहरु :
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्