- दिसा पहेंलो देखिनु ।
- बच्चा लट्ठ परिराख्नु ।
- दूध राम्ररी चुस्न नसक्नु ।
- पिसाब पहेंलो र धमिलो देखिनु । नवजात शिशु को पिसाब पानी जस्तै रंगहीन हुनु पर्छ ।
- हातखुट्टा र पेट पहेंलो देखिनु ।
- जिब्रो को तल्लो भाग पनि पहेंलो देखिनु ।
- तौल नबढ्नु ।
- झिजो मान्नु ।
- आमा को र शिशु को रक्तसमूह तथा आर एच फ्याक्टर (Rh factor) मा अनमेल ।
- रक्तकोषहरु को आकार मा अनमेल ।
- बच्चा जन्माउँदा भएको समस्या का कारण टाउको भित्र रक्तस्राव ।
- राता रक्तकोष को संख्या मा अधिकता ।
- संक्रमण ।
- इन्जाइम लगायत केही महत्त्वपूर्ण प्रोटीन को अभाव ।
- अक्सिजन को कमी । (hypoxia)
- पित्तबाहिनी नली बन्द हुनु ।
- दिसा नहुनु ।
- कलेजो सुन्निनु ।
- फोटोथेरापी : एसमा प्रकाश को सहायता ले बच्चा को उपचार गरिन्छ । बच्चा लाई यूभी रे बाट सुरक्षित गर्ने प्लाष्टिक को बिर्को ले छोपेर प्रकाश पठाइन्छ ।
- रगत को अदलाबदली : बच्चा को रगत पटक पटक निकालेर नयाँ रगत चढाउने काम पनि गर्न सकिन्छ । एसले बच्चा को शरीर को बिलिरुबिन को बढी मात्रा भएको रगत फालेर नयाँ ताजा रगत प्रतिस्थापित गर्दछ ।
- इम्म्यूनोग्लोबुलिन को प्रयोग : यदि बच्चा को रक्त समूह आमा को रक्त समूह सँग मेल खाएको छैन भने बच्चा लाई इम्म्यूनोग्लोबुलिन चढाइन्छ । एसले बच्चा को रगत मा आमा बाट आएको एन्टिबडी घटाउने काम गर्दछ । बच्चा को रक्तसमूह मा नहुने तर आमा बाट आएका तेस्ता एन्टिबडी ले बच्चा का राता रक्तकोष नष्ट गर्ने काम गर्दछन् ।
परिचय :
नवजात शिशु को शरीर मा पित्त (बिलिरुबिन, Bilirubin) को मात्रा धेरै भयो भने तेसलाई नवजात शिशु को जण्डिश का नाम ले चिनिन्छ । बिलिरुबिन भनेको राता रक्तकण मर्दा निस्कने पहेंलो पदार्थ हो । लिभर (liver) अर्थात् कलेजो ले एसलाई टुक्र्याउने र शरीर बाट बाहिर फाल्ने काम गर्दछ । कलेजो ले राम्रो सँग काम गरेन भने रगत मा बिलिरुबिन को मात्रा बढ्दै जान्छ र छाला तथा आँखा को सेतो भाग पहेंलो देखिन थाल्छ । शिशु जन्मे पछि मात्रै कलेजो ले काम गर्न थाल्ने हुनाले शुरु शुरु मा कलेजो को काम प्रभावकारी नहुन पनि सक्छ र अन्य कारण पनि प्रभावी हुन सक्छन् – अनि नवजात शिशु मा जण्डिश देखिन्छ । धेरैजसो अवस्था मा नवजात शिशु को जण्डिश शरीर को स्वाभाविक प्रक्रिया अन्तर्गत पर्दछ भने केही अवस्था मा एसको समय मै पहिचान र उपचार नगरे मृत्युकारक पनि हुन सक्छ ।
लक्षण :
जण्डिश को मुख्य लक्षण भनेकै शरीर को छाला र आँखा को सेतो भाग पहेंलो हुनु हो । छाला पहेंलो हुने काम शुरु मा घाँटी अनुहार मा भएर बिस्तारै शरीर भरि फैलँदै जान्छ । एस किसिम को जण्डिश का अन्य लक्षणहरु मा निम्न पर्दछन् –
कारण :
आमा को पेट भित्र भएका बेला भ्रूण का शरीर बाट पित्त (Bilirubin, बिलिरुबिन) निष्काशन गर्ने काम सालनाल का माध्यम ले आमा को शरीर मा रहेको कलेजो (liver) ले गर्दछ । भ्रूण लाई खुवाउने देखि लिएर भ्रूण बाट निष्काशित फोहर मैला फाल्ने काम गर्ने माध्यम पनि सालनाल नै हो । सबै काम आमा कै शरीर ले गर्ने हुँदा भ्रूण मा रहेको कलेजो (liver) निष्क्रिय जस्तै रहेको हुन्छ । त्यो निष्क्रियता बच्चा जन्मेको केही समय सम्म रहिरहन सक्छ । तेसैले अधिकांश नवजात शिशुहरु मा जण्डिश को लक्षण देखा पर्छ । २ देखि ४ दिन सम्म मा बच्चा को छाला र आँखा मा पहेंलोपन देखिन सक्छ । एसलाई असामान्य मानिँदैन । तर कहिलेकाहीं त्यो गम्भीर प्रकृति को पनि हुन सक्छ । तेसका विभिन्न कारण हुन सक्छन् –
निदान :
डाक्टर ले बच्चा को शरीर हेरेरै बच्चा लाई जण्डिश भए नभएको निर्क्यौल गर्न सक्छन् । जण्डिश को गम्भीरता पत्ता लगाउन रगत मा बिलिरुबिन को मात्रा मापन गर्न सक्छन् या पिसाब को जाँच पनि गराउन सक्ने छन् ।
उपचार :
यदि जण्डिश को लक्षण देखिए पनि बच्चा को तौल मा उपयुक्त वृद्धि भइरहेको छ भने तेसलाई सामान्य मानिन्छ र बच्चा लाई आमा को दूध ८ देखि १२ पटक सम्म राम्ररी खुवाउने तथा बीच बीच मा ग्लुकोज पानी पनि खुवाउने सल्लाह दिइन्छ । टाउको र अनुहार मा छायाँ पर्ने गरी बच्चा लाई बिहान का घाम मा राख्नु पनि लाभदायक हुन्छ ।
यदि जण्डिश गम्भीर प्रकृति को छ भने निम्न उपचारहरु प्रयोग गर्न सकिन्छ –
बचावट :
नवजात शिशु लाई जण्डिश बाट जोगाउने तेस्तो निश्चित उपाय छैन । तै पनि नवजात शिशु लाई शुरु का दिनहरु मा निकै ध्यान दिनु पर्छ । बच्चा लाई शुरु का केही दिन सम्म दिन को ८-१२ पटक आमा को दूध खुवाउनु पर्छ । बीच बीच मा उमालेर सेलाएको पानी मा ग्लूकोज राखेर दुई तीन चम्चा ग्लुकोज पानी खुवाउने।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्