- मानसिक रुप ले उत्तेजित हुँदा पनि लिंग मा उत्तेजना नआउनु । अर्थात् लिंग हुनुपर्ने जति दह्रो नहुनु र लिंग को शिथिलता का कारण यौन सम्बन्ध राख्न नसक्नु ।
- शीघ्रस्खलन हुनु वा यौन सम्पर्क गर्न खोज्दा शुरु मा नै वीर्यस्खलन हुनु ।
- लिंग क्षणिक समय का लागि मात्रै दह्रो हुनु । अर्थात् लिंग को कडापन योनि मा प्रवेश गराउने बेला सम्म पनि कायम नरहनु ।
- योनि मा प्रवेश गराउँदा लिंग मा पीडा हुनु ।
- समागम का बेला मन एकाग्र हुन नसक्नु ।
- बाल्यावस्था मा भएको कुनै गलत आदत वा बिमारी ।
- गम्भीर किसिम को यौनरोग को शिकार हुनु ।
- लामो समय सम्म क्षयरोग मधुमेह तथा मुटुरोग को समस्या झेलिरहन पर्नु ।
- लागू पदार्थ वा मादक पदार्थ को नियमित सेवन तथा निकोटिनयुक्त चुरोट, चिया, कफी आदि को अत्यधिक सेवन गर्नु ।
- गुप्तांग मा चोटपटक लाग्नु । अण्डकोष तथा लिंग मा भएको घाउ चोटपटक ले पनि पुरुष मा नपुंसकता निम्त्याउँछ ।
- शरीर मा टेस्टोस्टेरोन हर्मोन को कमी हुनु वा असन्तुलन हुनु ।
- रगत मा कोलेस्टेरोल स्तर बढ्नु र लामो समय देखि उच्च रक्तचाप को शिकार हुनु ।
- प्रोस्टेट क्यान्सर को समस्या देखिनु ।
- मानसिक तनाव हुनु तथा आपसी सम्बन्ध सुमधुर नहुनु ।
- जन्मजात नपुंसक हुनु ।
- भौतिक परीक्षण : एसमा सावधानीपूर्वक लिंग र अण्डकोष को अवस्था तथा लिंग को स्पर्श चेतना को स्थिति बुझ्ने प्रयास गरिन्छ ।
- रक्त परीक्षण : चिनी रोग, रगत मा टेस्टोस्टेरोन को मात्रा, हेमोग्लोबिन को मात्रा आदि को परीक्षण बाट नपुंसकता का पछाडी को कारण पत्ता लगाउन सजिलो हुन्छ ।
- अन्य विविध परीक्षण बाट लिंग को मांसपेशी को अध्ययन सँगै लिंग मा रगत पुरयाउने रक्तनली को अवस्था का बारे मा पत्ता लगाइन्छ ।
- बिरामी को मानसिक अवस्था को अध्ययन गरी तनाव तथा अवसाद भए नभएको बुझ्ने प्रयास गरिन्छ ।
- प्रथमतः डाक्टर ले नपुंसकता का पछाडी कुनै अन्य रोग वा कारण भए तेसको उपचार गर्ने छन् ।
- लिंग सोझो र दह्रो बनाउने विभिन्न औषधिहरु हुन्छन् । डाक्टर ले बिरामी को अवस्था र आवश्यकता हेरेर तेस्ता औषधि खाने बारे मा सल्लाह दिन सक्छन् ।
- भ्याकुम पम्प को सहायता बाट लिंग मा हुने रक्तसंचार लाई यथास्थिति मा ल्याउने प्रयास गर्न सक्छन् ।
- यदि कुनै नशा मा अवरोध भएको छ भने सो अवरोध लाई हटाउन शल्यक्रिया गर्न पनि सक्छन् ।
- यदि नपुंसकता का पछाडी कुनै तनाव, चिन्ता वा मानसिक समस्या ले भूमिका खेलेका भए बिरामी लाई मानसिक उपचार द्वारा ठीक पार्न सकिन्छ ।
- धुम्रपान, मद्यपान, लागू पदार्थ सेवन जस्ता कुलत बाट टाढै रहने ।
- नियमित व्यायाम तथा योगासन को अभ्यास गर्ने ।
- नियमित रुप मा सन्तुलित निद्रा को उपयोग गर्ने ।
- पौष्टिक र सन्तुलित खानपान गर्ने ।
- बढ्ता तनाव र चिन्ता लिने बानी त्याग्ने ।
परिचय :
जब पुरुष सन्तानोत्पादन गर्न असमर्थ हुन्छ तब पुरुष को त्यो कमजोरी लाई नपुंसकता का नाम ले जानिन्छ । सन्तानोत्पादन गर्न असमर्थ हुनुका पछाडी अनेक कारण हुन सक्छन् । लिंग सोझो र दह्रो हुन नसक्नु, महिला सँग सफल शारीरिक सम्बन्ध बनाउन नसक्नु, आवश्यक मात्रा मा वीर्य को उत्पादन नहुनु आदि नपुंसकता का उदाहरण हुन् । नपुंसकता को शिकार भएका कतिपय पुरुषहरु मा सहवास को इच्छा भए पनि स्त्री लाई खुशी पार्ने सामर्थ्य हुँदैन । प्रायः ४० वर्ष कटेका पुरुषहरु मा यो समस्या देखिने गरेको छ ।
राम्रो खानपान को कमी, अस्तव्यस्त जीवनशैली, शरीर मा पोषक तत्त्व को कमी, बचपन का गलत आदत, कुनै जटिल रोग आदि का कारण पुरुष मा नपुंसकता को जन्म हुन सक्छ । नपुंसकता को शिकार भएका पुरुषहरु विवाहबन्धन मा बाँधिनै चाहँदैनन् र बाँधिइहाले भने पनि आफ्नी श्रीमती सँग सदैव लज्जित भएर बाँच्न विवश हुन्छन् । दाम्पत्य जीवन दुःखद हुँदै जान्छ र पुरुष मा भएको यही नपुंसकता का कारण दम्पत्ति का बीच सम्बन्धविच्छेद हुने स्थिति समेत आउन सक्छ ।
लिंग राम्रोसँग दह्रो र सोझो नहुनु को समस्या नपुंसकता मा सबैभन्दा बढी मा देखिएको समस्या हो । जसले आधा भन्दा बढी लाई प्रभावित गरेको छ । नपुंसकता का अन्य समस्या मा उत्तेजना नहुनु, सम्बन्ध राख्न इच्छा नहुनु, शीघ्रस्खलन हुनु आदि पर्दछन् ।
नपुंसकता का लक्षण :
नपुंसकता का केही सामान्य लक्षणहरु एसप्रकार छन्-
नपुंसकता का कारण :
नपुंसकता को प्रकृति अनुसार कारण पनि अलग अलग हुन सक्छन् । लिंग दह्रो हुन तथा उपयुक्त समय सम्म दह्रो रहिरहनका लागि लिंग मा भएका स्नायुतन्तुहरु चुस्त र स्फूर्त हुनु सँगै रक्तप्रवाह पनि यथोचित हुनु आवश्यक हुन्छ । लिंग मा कर्पोरा क्याभेर्नोसा दुई प्रकोष्ठ हुन्छन् । तिनमा रगत भरिँदै जाँदा लिंग मोटो हुँदै र दह्रो हुँदै जाने हो । यो प्रक्रिया मा मस्तिष्क तथा यौनांगहरु को महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि कारण जसले एसमा बाधा पुर्याउँछन् ती नपुंसकता का लागि दोषी मानिन्छन् । यहाँ तेसका केही कारणहरु बुँदागत रुप मा टिप्ने कोशिश गरिरएको छ-
नपुंसकता को परीक्षण :
नपुंसकता को परीक्षण गर्दा शारीरिक, मानसिक तथा हर्मोन को अवस्था गरी तीनै पक्ष का बारे मा अध्ययन गर्नुपर्ने हुन्छ । नपुंसकता को निदान गर्दा डाक्टर ले निम्न कुरा को अध्ययन गर्ने छन्-
नपुंसकता को उपचार :
नपुंसकता को उपचार मा डाक्टर ले बिरामी को समस्या हरेर सोही मुताबिक उपचार गर्ने प्रयास गर्छन् । तिनमा केही उपचार एसप्रकार टिप्न सकिन्छ –
रोकथाम :
यदि नपुंसकता जन्मँदै लिएर आइएको छैन भने जीवनशैली लाई तल दिइए बमोजिम नियमित बनाउँदा एसको समस्या ले पिरोल्ने नौबत नै नआउने हुन सक्छ –
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्