- बंगारा को मांसपेशी कडा हुन थाल्छ र मुख खोल्न तथा बन्द गर्दा पीडा हुन्छ ।
- ज्वरो आउने पखाला लाग्ने र टाउको दुख्ने समस्या हुन्छ ।
- कुनै पनि खानेकुरा खान तथा पेय पदार्थ पिउन गाह्रो हुन्छ ।
- पेट साह्रो हुने तथा पछाडी को मांसपेशी खुम्चने गर्नाले बिरामी धनु झैं पछाडीतिर मोडिन खोज्छ ।
- रोग को तिब्रावस्था मा दौरा हुन शुरु हुन्छ र शरीर का सबै मांसपेशी मा पीडा हुन्छ ।
- श्वारप्रश्वास मा तिब्रता तथा अपठेरो हुनु, धेरै पसिना आउनु, रक्तचाप बढ्नु जस्ता समस्या पनि देखिन्छन् ।
- जुन घाउ बाट टिटानस फैलिएको हो त्यो घाउ को राम्रो उपचार गर्ने ।
- पेन्सिलिन तथा मेट्रोनिडाजोल जस्ता एन्टिबायोटिक चलाउने ।
- टिटानस को एन्टिटक्सिन इन्जेक्शन दिने ।
- मांसपेशी को पीडा र कडापन घटाउन डायजिपाम, बेक्लोफेन जस्ता आवश्यक औषधि खुवाउने।
- बिरामी को अवस्था बढी नै चिन्ताजनक रहेछ भने भेन्टिलेटर मा राख्ने ।
- बच्चा लाई सानो छँदा दिनु पर्ने सम्पूर्ण खोपहरु दिलाउनु पर्छ ।
- तेसपछि हरेक दश वर्ष मा टिटानस को थप बुस्टर खोप लगाउनु पर्छ ।
- गर्भवती महिला ले पनि टिटानस को खोप लिनु पर्छ ।
- खोप लिएको दश वर्ष भित्र चोटपटक लाग्दै पिच्छे टिटानस को सूई लिनु जरुरी छैन ।
- केही कुरा ले काट्यो वा चोटपटक लाग्यो भने घाउ राम्रोसँग डिटल पानी ले सफा गर्ने ब्याण्डेज लगाउने गर्नु पर्छ।
परिचय :
क्लोस्ट्रिडियम टिटानी नामक ब्याक्टेरिया का कारण मस्तिष्क मा हुने संक्रमण लाई धनुष्टंकार रोग का रुप मा चिनिन्छ । यो रोग को एक लक्षण का रुप मा धनु झैं शरीर लाई तन्काएर बंग्याउन खोज्ने आधार लाई लिएर रोग को नाउँ नै धनुष्टंकार रहन गएको हो । यसलाई अंग्रेजी मा टिटानस भनिन्छ । आजकल नेपाल का गाउँशहर सर्वत्र धनुष्टंकार भन्दा यही अंग्रेजी नाउँ टिटानस बढ्ता चलनचल्ती मा रहेको छ ।
क्लोस्ट्रियम टिटानी का स्पोरहरु मानिस तथा जनावर का गोबर फोहर, कस, हिलो आदि मा पाइन्छन् र यिनीहरु वर्षौं सम्म पनि बाँचिरहन सक्छन् । यहाँसम्म कि यिनलाई २० मिनट सम्म पानी मा उमाल्ने हो भने पनि मर्दैनन् । यी स्पोरहरु हाम्रा शरीर मा लागेका घाउचोटपटक को संसर्ग मा आउनासाथ हामी भित्र प्रवेश गर्छन् । यो समस्या कुनै पनि उमेर समूह का मानिस लाई हुन सक्छ । ती स्पोरहरु शरीर भित्र प्रवेश गरे पछि तिनीहरु सक्रिय हुन थाल्छन् । यिनीहरुले उत्पादन गर्ने टिटानोस्पाज्मिन नामक पदार्थ को दुष्प्रभाव हाम्रो स्नायु प्रणाली, मस्तिष्क तथा मांसपेशी माथी पर्दछ।
विकसित मुलुकहरु मा यसको समस्या घट्दो क्रम मा छ तर नेपाल जस्ता विकासोन्मुख मुलुकहरु मा आज पनि यो समस्या धेरै संख्या मा देख्ने गरिएको छ ।
धनुष्टंकार लाग्नुको कारण :
शरीर मा कुनै वस्तुले काट्दा, घोच्दा, पोल्दा वा चोटपटक लागेर छाला काटिएको वा कमजोर भएको अवस्था मा क्लोस्ट्रियम टिटानी नामक ब्याक्टेरिया रहेको फोहर वस्तु सम्पर्क मा भयो भने टिटानस को संक्रमण हुन्छ । भर्खर जन्मेको शिशु को नाभी काट्दा यदि ध्यान दिइएन र राम्ररी सफा नगरिएको कैंची वा चक्कु को प्रयोग गरियो भने पनि नवजात शिशु मा धनुष्टंकार हुने सम्भावना हुन्छ । जुन गम्भीर हुन सक्छ ।
यसका लक्षण :
टिटानस का जीवाणु शरीर भित्र प्रवेश गरेको एक-दुई साता पछि एसका निम्न लक्षणहरु देखिन्छन् –
धनुष्टंकार को निदान कसरी गरिन्छ ?
धनुष्टंकार लागे नलागेको निदान रोगी को लक्षण र विगत मा चोटपटक लागे नलागेको इतिहास का आधारमा गरिन्छ ।
उपचार के हो ?
टिटानस को उपचार को मुख्य उद्देश्य भनेकै शरीर भित्र ब्याक्टेरिया ले पैदा गरेको विषादि लाई निष्फल बनाउनु र मांसपेशी को कडापन र पीडा हटाउनु हो । त्यसका लागि –
रोकथाम :
टिटानस बाट बच्न का लागि निम्न कुरा मा ध्यान दिनु पर्छ –
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्