![](http://niroginepal.com/wp-content/uploads/2019/02/21.-Food-Poisoning-848x296.jpg)
- सडेगलेका वा बासी खानेकुरा खानाले । सडेगलेका वा बासी खानेकुरा मा ब्याक्टेरिया, भाइरस या तथा परजीवी को प्रचूर मात्रा मा उपस्थिति भइसकेको हुन सक्छ । तिनबाट हल्का गन्ध समेत आउन थालेको हुन्छ । समय सँगसँगै सालमोनेला, इ कोली, क्याम्फिलोब्याक्टर जस्ता ब्याक्टेरिया ले खानेकुरा देखि लिएर पिउने दूध सम्म लाई विषाक्त गर्ने काम गरिरहेका हुन्छन् । नोरो भाइरस, सेपो भाइरस एस्टो भाइरस आदि भाइरस पनि भोजन लाई विषाक्त बनाउन मा सक्रिय भएको पाइएको छ । टोक्सोप्लाज्मा एउटा तेस्तो परजीवी हो जसका कारण फूड प्वाइजनिङ भएका घटनाहरु अत्यधिक हुन्छन् ।
- हाम्रो शरीर लाई हानि गर्ने रसायन ले युक्त भएको खानेकुरा अर्थात् विषालु खानेकुरा खानाले । उदाहरण का रुप मा कुनै कुनै जंगली च्याऊ तथा राम्रो सँग भण्डारण नगरेको रक्सी आदि लाई लिन सकिन्छ ।
- खानेकुरा को कम्बिनेशन नमिलाई खाना ले पनि फूड प्वाइजनिङ हुन्छ ।
- पेट दुख्नु । पेट डम्म फुलेको जस्तो हुनु ।
- पखाला लाग्नु । पेट सफा भएको महसूस नहुनु ।
- वाकवाकी लाग्नु तथा उल्टी हुनु ।
- भोक नलाग्नु ।
- हलुका ज्वरो आउनु ।
- टाउको दुख्नु ।
- कमजोरी महसूस हुनु ।
- तीन दिन भन्दा लामो समय लागिरहेको पखाला ।
- १०१ डिग्री फरेनहाइट भन्दा बढ्ता ज्वरो ।
- बोल्न अपठेरो हुनु तथा हेर्न गाह्रो हुनु ।
- शरीर मा पानी को कमी भएको लक्षण देखिनु । मुख सुक्नु तर पिसाब निकै कम हुनु वा नहुनु ।
- दिसा वा पिसाब मा रगत देखिनु ।
- वृद्धवृद्धा ।
- गर्भवती महिला ।
- ससाना शिशुहरु तथा बालबालिका ।
- गम्भीर रोग लागेका व्यक्तिहरु ।
- शरीर मा पानी को कमी भएको छ भने नूनचिनीपानी खुवाउने वा नसा बाट ग्लूकोज पानी चढाउने ।
- ब्याक्टेरियल संक्रमण भएको देखियो भने एन्टिबायोटिक औषधि चलाउने ।
- विषालु खानेकुरा खानाले फूड प्वाइजनिङ भएको हो भने विष को प्रभाव घटाउने खालको औषधि खुवाउने ।
- खानेकुरा राम्ररी ढाकेर र चीसो पारेर राख्ने । एसका लागि घर मा फ्रीज छ भने तेसको प्रयोग गर्न सकिन्छ ।
- किचन लाई हरहमेशा सफा, स्वच्छ र व्यवस्थित राख्ने ।
- खानेकुरा राम्ररी पकाउने ।
- खानेकुरा खानु भन्दा अगाडी राम्री हात धुने ।
- आँफूले राम्ररी नजानेका खानेकुरा नखाने । जस्तो कि कुनै कुनै जंगली च्याऊ ।
- लामो समय देखि खुला राखेको रक्सी सेवन नगर्ने । किनभने तेस्तो रक्सी हावा मा रहेको अक्सिजन सँग प्रतिक्रिया गरेर विषालु भएको हुन सक्छ ।
- खानपीन मा प्रयोग गरिने भाँडाकुँडा सफा र स्वच्छ राख्ने ।
परिचय :
फूड प्वाइजनिङ (Food Poisoning) जसलाई हामी नेपाली मा दूषित भोजन का कारण हुने समस्या भनेर पनि चिन्छौं । खानेकुरा बाट खाना खाएको केही समय मै उत्पन्न हुने बिमारी नै फूड प्वाइजनिङ हो जुन एक आम समस्या का रुप मा देखा परेको छ । हाम्रा सबै अस्पताल का इमर्जेन्सी वार्ड मा हरेक दिन एउटा न एउटा फूड प्वाइजनिङ को केश आएकै हुन्छ । यो समस्या जाडो मौसम मा भन्दा गर्मी मौसम मा बढ्ता देखिन्छ । किनभने गर्मी मा ब्याक्टेरिया को वृद्धि बढ्ता हुन्छ र खानेकुरा ब्याक्टेरिया का कारण दूषित हुने समस्या पनि बढ्छ । एसरी दूषित भएको तथा खानेकुरा को कम्बिनेशन नमिलेको खाना खाँदा फूड प्वाइजनिङ हुने प्रचूर सम्भावना हुन्छ । कहिलेकाहीं रासायनिक रुप ले विषाक्त भोजन खाँदा पनि फूड प्वाइजनिङ हुन्छ । एउटै खानेकुरा खाँदा पनि कुनै फूड प्वाइजनिङ को शिकार हुने र कुनै नहुने पनि देखिएको छ । एसो हुनुका पछाडी व्यक्ति को रोग प्रतिरोध क्षमता शक्ति को भूमिका हुन्छ ।
कारण
फूड प्वाइजनिङ का कारण अनेक हुन सक्छन् । तिनलाई तलका बूँदा पनि टिप्न सकिन्छ –
लक्षण
मुख्यतया फूड प्वाइजनिङ का लक्षणहरु कुन कारण ले फूड प्वाइजनिङ भएको हो तेसमा निर्भर गर्दछन् । तै पनि विषाक्त खानेकुरा का कारण हुने लक्षण तेस्तो भोजन गरेको केही घण्टा भित्रै देखिन शुरु हुन्छ –
फूड प्वाइजनिङ का केही लक्षणहरु ले समस्या थप गम्भीर भएको संकेत गर्दछन् –
रोग को निदान
फूड प्वाइजनिङ को निदान का लागि बिरामी का लक्षणहरु नै पर्याप्त हुन्छन् । तै पनि डाक्टर ले बिरामी को अवस्था हेरेर रगत तथा दिसा पिसाब को जाँच पनि गराउन सक्ने छन् । फूड प्वाइजनिङ का कारण शरीर मा कुनै निश्चित रोग लागेको छ भने पनि सो को निश्चय गर्नु जरुरी हुन्छ र सोही आधार मा उपचार गरिन्छ ।
एस रोग का कारण हुने खतरा
हुनतः यो समस्या सबैका लागि खतरा हुन सक्छ तर तेसमाथी पनि निम्न व्यक्ति लाई एस समस्या का कारण बढ्ता हानि पुग्न सक्छ –
उपचार
फूड प्वाइजनिङ को उपचार गर्दा समस्या को स्रोत लाई आधार मानिन्छ । कतिपय मानिस मा फूड प्वाइजनिङ को समस्या केही घण्टा वा तीन चार दिन मै ठीक भएर जान्छ तर कतिपय मा एसले जटिल रुप लिन पनि सक्ने हुँदा निम्न उपाय अवलम्बन गर्न सकिन्छ –
फूड प्वाइजनिङ बाट बचावट
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्