- तिब्र ज्वरो आउनु । प्रायः १०० डिग्री फरेन्हाइट भन्दा धेरै । भाइरस को संक्रमण भएको केही दिन देखि नै ज्वरो आउन थाल्छ । प्रायः यो दादुरा भएकाहरु को सम्पर्क मा आएको १०-१२ दिनपछि शुरु हुन्छ र ४ दिन देखि १ साता सम्म रहन्छ ।
- रुघाखोकी लाग्नु । नाक बाट पानी बग्नु ।
- आँखा रातो हुनु
- मुख भित्र ससाना सेता दाग देखिनु ।
- घाँटी भित्र घाऊ हुनु ।
- उज्यालो हेर्न गाह्रो हुनु ।
- केही दिन मै अनुहार र घाँटी को माथिल्लो भाग मा बिबिरा देखिनु ।
- बिबिरा फैलँदै गएर हात खुट्टा मा समेत देखा पर्नु ।
- दादुरा ले सताउँदै गए पछि फोक्सो, कान को बीच भाग तथा मस्तिष्क मा समेत समस्या देखा पर्नु ।
- कान को संक्रमण तथा कान नसुन्ने समस्या ।
- ब्रोन्काइटिस ।
- असमय मै प्रसूति या गर्भपतन को समस्या ।
- रगत मा प्लेटलेट को संख्या मा ह्रास ।
- पखाला ।
- अन्धता ।
- ज्वरो घटाउन तथा जिऊ दुखेको कम गर्न प्यारासिटामोल । साना शिशुहरु लाई उमेर अनुसार प्यारासिटामोल को झोल दिनु पर्ने हुन्छ ।
- रोग प्रतिरोध क्षमता शक्ति बढाउनका लागि पर्याप्त मात्रा मा आराम ।
- बढी भन्दा बढी झोलिलो खानेकुरा का साथै उमालेर सेलाएको पानी दिन को ८ देखि १० गिलास पिउनु जाति हुन्छ ।
- कफ तथा घाँटी भित्र को घाऊ लाई सहज पार्न ह्यूमिडिफायर को प्रयोग गरिन्छ ।
- भिटामिन ए सप्लिमेन्ट लिनु पर्ने हुन्छ ।
परिचय :
गर्मी याम सँगै छाला मा देखा पर्ने मसिना बिबिरा लाई घमौरा भनेर चिनिन्छ । घमौरा र दादुरा मा महत्त्वपूर्ण अन्तर भनेको ज्वरो आउनु र नआउनु हो । घमौरा सँगै ज्वरो आउँदैन भने दादुरा निस्कँदा ज्वरो समेत आउँछ । घमौरा खासै डराउनु पर्ने समस्या होइन तर दादुरा आउनु भनेको अलिक गम्भीर किसिम को समस्या हो । दादुरा लाई अंग्रेजी मा मिजल्स (Measles) भनेर चिनिन्छ । दादुरा सामान्य देखि अत्यन्त कडा सम्म हुन्छ । यो अत्यन्त संक्रामक भाइरस का कारण ले हुन्छ । यो प्रायः ससाना बालबालिका लाई हुने गर्छ र एसलाई ससाना बालबालिका मा हुने मृत्यु र विकलांगता को प्रमुख कारक का रुप मा लिइन्छ । डब्लूएचओ का अनुसार कुपोषित बालबालिका तथा रोग प्रतिरोध क्षमता कम भएकालाई कडा किसिम को दादुरा हुन सक्छ । तेस्तो मा दादुरा संक्रमित रोगी को मृत्यु समेत हुने सम्भावना हुन्छ ।
गर्भावस्था मा दादुरा बाट संक्रमित भएका महिलाहरु एसका कारण समयपूर्व प्रसूति हुने तथा गर्भपतन हुने जस्ता जोखिम मा हुन्छन् । दादुरा को भाइरस ले प्रथमतः श्वालनली लाई संक्रमित गर्छ र तेसपछि सम्पूर्ण शरीर मा फैलन्छ । एक पटक दादुरा को संक्रमण भएर निको भएका व्यक्तिहरु लाई बाँकी जीवनभर यो संक्रमण दोहोर्याएर हुँदैन ।
कारण :
दादुरा प्यारामिक्सो भाइरस परिवार को एउटा भाइरस ले गर्दा हुन्छ । दादुरा रोगी सँग को प्रत्यक्ष सम्पर्क वा हावा का माध्यम ले यो फैलन्छ । यी भाइरसहरु दादुरा संक्रमित रोगी ले खोक्दा वा हाच्छिउँ गर्दा अर्को व्यक्ति मा सर्दछन् । श्वासप्रश्वास का माध्यम बाट निस्किने पानी का ससाना कण ले यो रोग अरु स्वस्थ व्यक्ति मा फैलाउने गर्छन् । दादुरा का रोगी ले प्रयोग गरेका लत्ताकपडा तथा रुमाल प्रयोग गर्नाले पनि यी भाइरस सर्ने सम्भावना हुन्छ ।
लक्षण
दादुरा को प्रारम्भिक लक्षण भनेको ज्वरो हो भने एसको तिब्रता बढ्दै जाँदा जिउ भरि मसिना बिबिरा देखिने र चिलाउने हुन थाल्छ । यी लक्षणहरु लाई बूँदागत रुप मा एसरी टिप्न सकिन्छ –
दादुरा सँग जोडिएका जोखिमहरु
दादुरा सँगै निम्न समस्याहरु देखिन सक्छन् :
रोग को निदान
बिरामी का लक्षण हेरेर तथा छाला को जाँच गरेर डाक्टर ले दादुरा को सजिलै निदान गर्न सक्छन् । थप निश्चित हुन डाक्टर ले दादुरा को भाइरस भए नभएको हेर्न रक्तपरीक्षण पनि गराउन सक्ने छन् ।
उपचार
दादुरा को भाइरस मार्ने खालको कुनै ओखती छैन । बिरामी लाई राम्रो खानपान मा राख्नु र देखिएका लक्षणहरु को उपचार मा लाग्नु नै एसको उपचार का विकल्पहरु हुन् ।
रोकथाम
यो भाइरस बाट हुने रोग भएकाले एसबाट बच्ने सबैभन्दा राम्रो उपाय नै खोप हो । नेपाल मा यो खोप निःशुल्क लगाइन्छ । दादुराको पहिलो मिजल्स रुबेला (एमआर) खोप ९ महिनामा र तेसपछि मिजल्स रुबेला वा मिजल्स रुबेला मम्प्स (एमआर/एमएमआर) खोप १५ देखि १८ महिना मा लगाउँदा जीवन भरि दादुरा लाग्नु बाट जोगिइन्छ ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्