- वंशाणुगत कारण : सामान्यतया परिवार का कुनै सदस्य लाई दम छ भने अरु लाई पनि देखिन सक्छ ।
- वातावरणीय प्रभाव : वातावरणीय प्रदूषण पनि दम को जोखिम बढाउने एउटा कारण मानिन्छ । चिसो वातावरण मा दम को समस्या बढ्ने गरेको देखिएको छ ।
- धूवाँधूलो, व्यायाम र विभिन्न औषधि (जस्तैः एस्पिरिन) पनि दमका कारक हुन् । व्यायाम का कारण ले हुने दम लाई परिश्रम का कारण उब्जेको दम भनिन्छ ।
- दम भइसकेकाहरु लाई घर भित्र एलर्जी गराउने (उपियाँ, उडुस, साङ्ला, किर्ना- House mite, कार्पेट वा सिरक को धूलो, धूवाँ, घर पालुवा जनावरका रौं आदि) कुराले समस्या लाई झन् चर्को बनाउँछ ।
- यसैगरी धूमपान र तनाव ले पनि दम बढाउँछ ।
- भाइरल संक्रमण ले पनि सुषुप्त रुप मा रहेको दम लाई बढाइदिन्छ ।
- साथै सास फेर्दा छातीबाट घ्यार–घ्यार आवाज आउने गर्छ । शुरुशुरु मा एस्तो लक्षण हप्ता वा अझै लामो अन्तराल मा एक पटक हुने गर्छ । तर, रोग जटिल हुँदै गएको खण्ड मा दिनहुँ जस्तो समस्या आइपर्छ ।
- घ्यार–घ्यार जस्तै खोकी र सास फेर्दा सुसेल्न खोजे जस्तो आवाज आउन सक्छ । सुख्खा खोकी को समस्या दिउँसो मा भन्दा बिहान र साँझ बिते पछि बढ्ता देखिन्छ । कसैकसैलाई भने दमको समस्या नभई खोकी मात्र लाग्ने पनि हुन्छ ।
- दम एलर्जी को कारण बाट सृजित रोग भएका कारण बिरामीलाई रुघा लागिरहने, शरीर चिलाउने र हाच्छ्यूँ आइरहने पनि हुन सक्छ।
- छाती कस्सिए जस्तो वा केही कुरा ले थिचिराखे जस्तो हुने, लामो सास तान्न खोज्दा र सास फाल्न खोज्दा बढ्ता गाह्रो हुने हुन्छ ।
- वातावरण मा भएको कुनै पनि एलर्जी बनाउने तत्त्व (Allergen) को सम्पर्क मा आउँदा श्वासप्रश्वास मा समस्या हुन्छ ।
- यदि परिवार मा कसैलाई दम को बिमारी छ भने ।
- एक्जेमा, राइनाइटिस जस्ता एलर्जिक रोगहरु छन् भने ।
- धूलो धूवाँ को संसर्ग मा बस्ने तथा धूमपान गर्ने आदत छ भने ।
- शरीर बढ्ता मोटो हुँदै गयो भने ।
- प्रदूषित वातावरण मा बस्नु पर्यो भने ।
- ठाउँ हेरेर क्लिनिकल जाँचबाट र केवल लक्षण को आधार मा रोग को निदान गर्नुपर्ने हुन्छ । तेस्तो अवस्था मा ल्याब टेस्टमा कुनै गडबडी नदेखिने पनि हुन सक्छ ।
- संभव छ भने ‘पल्मोनरी फङ्सन टेस्ट’ पीएफटी (Spirometry Test) गरेर यो रोगको निदान गर्न सकिन्छ । विशेषतः पीएफटी गर्दाको औषधि ले श्वास को प्रवाह मा सुधार भएको देखिएमा दम रोग को निदान गर्न सजिलो हुन्छ ।
- रगत मा ‘इओसिनोफिल’ बढेको देखिएमा दमको सम्भावना रहन्छ ।
- कहिलेकाहीं छाती को एक्स-रे तथा सिटी स्क्यान पनि गर्नु पर्ने हुन सक्छ । जसमा केही गम्भीर किसिम का परिवर्तनहरु देखिन सक्छन् ।
- एलर्जी बढाउने तत्त्व बाट टाढा रहन कोशिश गर्ने ।
- धूमपान नगर्ने । धूलो र धूवाँ बाट बच्ने ।
- गलैंचा, खेलौना आदि को धूलो सँग जोगिने ।
- स्वस्थकर खानपान मा ध्यान दिने ।
- हरेक दिन बिहान प्राणायाम गर्ने ।
- भाइरल संक्रमण आदि भएमा समय मै उपचार गर्ने ।
- फ्रीज को चिसो खानेकुरा तथा पिउने कुरा नखाने ।
परिचय :
फोक्सो को श्वासनली मा आएको संकुचन का कारण श्वासप्रश्वास मा हुने कठिनाई, सास फुल्ने समस्या तथा श्वासप्रश्वास मा तिब्रता आदि को समुच्च रुप लाई दम भनेर चिनिन्छ । यो एक चिरकाल सम्म दुःख दिइरहने दीर्घ रोग हो । तर दम भएको मान्छे लाई जति बेला पनि श्वास प्रश्वास मा समस्या हुन्छ भन्ने छैन । जति बेला दम ले समाउँछ तेति बेला बढ्ता कठिनाई महसूस हुन्छ ।
विश्व स्वास्थ्य संगठन का अनुसार विश्व का करीब २५ करोड मानिस दम को समस्याले आक्रान्त छन् । दम रोगका कारण हजारौं ले वर्षेनी ज्यान गुमाउनु परेको अवस्था छ । मृत्यु हुने मा ८० प्रतिशत जति नेपाल जस्ता कम विकसित तथा विकासोन्मुख मुलुक का नागरिक पर्ने गर्दछन् । बालकहरु मा पनि देखिने यो रोग बालकहरु हुर्कंदै जाँदा घट्दै गएको देखिएको छ । यद्यपि यो रोग जुनसुकै उमेर समूह का मानिसलाई पनि हुन सक्छ । दम का कारण हुने अस्वस्थता र मृत्युदर लाई न्यूनीकरण गर्न समय मै निदान र प्रभावकारी उपचार विधि अपनाउनु जरुरी हुन्छ ।
कारणहरु :
दम लाग्नुको मुख्य कारण मा वंशानुगत र वातावरणीय प्रतिकूलता को सयोजन लाई लिन सकिन्छ । जोखिम बढाउने कारणहरु लाई तल बुँदा मा टिप्ने प्रयास गरिएको छ –
दम का लक्षण :
दम का बिरामी लाई सास फेर्न अप्ठ्यारो महसूस हुने गर्छ । धेरैजसो दम को समस्या राति वा बिहानीपख वा धूवाँधूलो को सम्पर्क मा आएको बेला देखिन्छ । तेसका अलावा सामान्य रुघाखोकी भएको बेला वा भाइरल इन्फेक्सन भएको अवस्था मा पनि दम जटिल बन्दै जाने हुन्छ । दम का सामान्य लक्षणहरु एसप्रकार छन् –
दम को जोखिम बढाउने कारक तत्त्वहरु :
निम्न कुराहरु ले दम हुन खोजेको अवस्था मा थप कारक बनेका हुन्छन्-
दम को निदान कसरी गरिन्छ ?
दम भएको हो कि भन्ने शंका भएमा तुरुन्त डाक्टर को परामर्श लिइहाल्नु पर्छ । डाक्टर ले दम हो कि होइन भन्ने पत्ता लगाउन निम्न परीक्षणहरु गर्ने छन् –
दम को उपचार कसरी गरिन्छ ?
दम लाई पूरै निर्मूल पार्न नसके पनि समय मै पत्ता लागेमा नियन्त्रण भने गर्न सकिन्छ । दम का बिरामी लाई दम ले एट्याक नगरोस् भन्ने उद्देश्य पनि दम को उपचार मा निहित हुन्छ । दम का बिरामी लाई ‘इन्हेलर’ विधि (जसमा औषधि लाई यन्त्र को मद्दत ले सिधै फोक्सो सम्म पुर्याइन्छ) बाट उपचार गर्नु राम्रो मानिन्छ । किनकि इन्हेलर बाट लिइने औषधि ले द्रूत गति मा मात्र काम गर्दैन । अपितु बढी प्रभावकारी पनि हुन्छ । मुखबाट खाइने औषधि को अल्लि कम मात्रा मात्रै रक्तसञ्चार मा पुग्ने र यो शरीर सबै भाग मा पुग्ने भएकाले ‘साइड इफ्फेक्ट’ हुने सम्भावना बढी हुन्छ । तेसैले इन्हेलर विधि लाई श्वासप्रश्वास को उपचार का लागि सर्वोत्तम मानिएको हो । दम का बिरामी ले प्रयोग गर्ने ब्रोङ्कोडाइलेटर र स्टेरोइड औषधिहरू इन्हेलर बाट दिने गरिन्छ ।
सामान्यतः इन्हेलर यन्त्र तीन प्रकारका छन्- १. एमडीआई (मिटर डोज इन्हेलर) २. डीपीआई (ड्राइ पाउडर इन्हेलर) र ३. नेबुलाइजर (नेबुलाइजर को प्रयोग धेरैजसो जटिल र अस्पताल भर्ना भएको अवस्था मा गरिन्छ) । एमडीआई र डीपीआई सजिलो सँग बोक्न र प्रयोग गर्न सकिने भएकाले घर मै प्रयोग गरिन्छ। मिटर डोज इन्हेलर मा औषधि ‘स्प्रे’ को रुप मा राखिएको हुन्छ। तेस्तै ड्राई पाउडर इन्हेलर मा औषधि को धूलो क्याप्सुल मा राखिएको हुन्छ । जुन इन्हेलर यन्त्रद्वारा लिइन्छ । एसका अलावा एमडीआई राम्रो संयोजन गर्न नसक्ने बिरामी र वृद्धावस्था का व्यक्ति तथा बच्चा ले ‘स्पेसर’ प्रयोग गर्न सक्छन् ।
यी यन्त्रहरु को प्रयोग ठीक तरीका ले गर्न जरुरी छ । तेसो भएमा मात्रै इनीहरुको प्रभावकारिता बढी हुन्छ। इन्हेलर प्रयोग गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा भनेको इन्हेलर औषधि फोक्सो को भित्री भाग सम्म पुर्याउनुपर्छ भन्ने हो। एस प्रविधि को सफलता एसैमा निर्भर हुन्छ । इन्हेलर लिने सही तरीका चिकित्सक बाट सिक्नु जरूरी छ । औषधि दिने फर्मासिस्ट ले पनि औषधि दिँदा बिरामी लाई इन्हेलर लिने तरीका सिकाउनु पर्छ । ठूला र व्यस्त श्वासप्रश्वास का क्लिनिकहरू मा भने यी औषधि लिने विधि सिकाउने छुट्टै इन्हेलर एजुकेटर को व्यवस्था गरिएको हुन्छ।
दम र क्रोनिक अप्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) पनि मधुमेह र उच्च रक्तचाप जस्तै दीर्घकालीन रोग हुन्, जसले दीर्घ रूप मा फोक्सो लाई क्षति पुर्याउँछ । तेसैले इनको औषधि लामो समय लिनुपर्ने हुनाले सबभन्दा प्रभावशाली र सबभन्दा कम साइड इफेक्ट गर्ने इन्हेलर विधि नै यसको सर्वोत्तम उपचार हो ।
दम बाट जोगिने उपाय :
दम को कारक तत्व भनेको नै जटिल वंशाणुगत कारण भएकाले एसबाट पूर्ण रुपमा जोगिने उपाय को विकास हुन सकेको छैन । हुनतः जेनेटिक इन्जीनियरिङ को विकास हुँदै छ र भविष्य मा कुनै उपाय पत्ता लाग्ने सम्भावना बाँकी नै छ । अहिले को समय मा रोग लागिसकेकाहरू ले समय मै एसको निदान र उपचार गरेमा फोक्सो मा हुने दीर्घ प्रभाव लाई न्यूनीकरण गर्न सकिन्छ । तेस्तै, एसका जोखिमहरू बाट बच्ने तर्फ सोच्नुपर्छ । जस्तै :
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्