- सास मा दुर्गन्ध आउने ।
- तातो वा चीसो खाँदा सर्रर्र हुने तथा दुख्ने ।
- गिँजा सुन्निने र थुक्दा थुक मा रगत देखिने ।
- दाँत मा ब्रश गर्दा पनि दुख्ने र रगत पीप बग्ने ।
- दाँतहरु को जरा कमजोर हुने र हल्लाउन खोज्दा हलुका हल्लिएको महसूस हुने ।
- दुई दाँत का बीच को ग्याप बढ्ने ।
- गिँजा को संक्रमण का कारण खाने कुरा राम्ररी नपच्ने, अरुचि हुने र सँगसँगै आँखा मा पनि समस्या देखा पर्ने ।
- दाँत राम्ररी सफा नगर्ना ले दाँत मा फोहरमैला जम्मा हुँदै जानु ।
- बढी गुलिया खाने कुरा खानु र दाँत सफा नगर्नु ।
- गिँजा को रोग जिन्जीभाइटिस (Gingivitis) बढ्दै गएर पायरिया हुन सक्छ ।
- शरीर मा भिटामिन सी, डी, मिनरल आदि को कमी हुनु ।
- रोग प्रतिरोधक क्षमता मा ह्रास हुनु ।
- डायबिटिज को समस्या हुनु ।
- दाँत को समस्या ले मुटु प्रभावित हुने सम्भावना हुन्छ ।
- पायरिया हुँदा तेसले दाँत लाई सपोर्ट गर्ने गिँजा को हड्डी मा समस्या उत्पन्न गराउने सम्भावना पनि हुन्छ ।
- पायरिया का कारण दाँत को गिँजा नीलो बन्ने सँग दाँत पहेंलो देखिने हुन सक्छ ।
- पायरिया का कारण ले कलेजो मिर्गौला तथा फोक्सो समेत प्रभावित हुन सक्छन् ।
- बिहान बेलुका गरम नूनपानी ले कुल्ला गर्ने ।
- पीडा कम गर्न इबुप्रोफेन तथा सिटामोल मिसिएको औषधि सेवन गर्ने ।
- डक्सिसाइक्लिन टेट्रासाइक्लिन एमोक्जिसिलिन आदि एन्टिबायोटिक को सेवन गर्ने ।
- लिस्टेरिन भएको माउथवाश ले बिहान बेलुका कुल्ला गर्ने ।
- बिटाडिन गार्गल को प्रयोग गर्ने ।
- मुख र पेट को ठूलो सम्बन्ध छ । मुख अस्वस्थ भएमा पेट मा खराबी हुने र पेट अस्वस्थ भएमा मुख मा समस्या देखा पर्ने हुन्छ । तसर्थ पेट सफा राख्ने अर्थात् कब्जियत हुन नदिने ।
- दैनिक दुई पटक नियमित रुप ले दाँत मा ब्रश गर्ने र गुलियो खाए पछि कुल्ला गर्ने ।
- भिटामिन सी भएका फलफूलहरु नियमित रुप मा सेवन गर्ने ।
- धूमपान, गुटखा, पानपराग आदि को सेवन बाट बच्ने ।
- समय समय मा दाँत माझ्दा धूलो नून ले गिँजा को मालिश गर्ने ।
परिचय :
मुख भित्र गिँजा दुख्ने, सुन्निने र तेहाँबाट हल्का रगत आउने समस्या लाई पायरिया भएको भनिन्छ । एसलाई नेपाली मा दन्तहर्षा भन्ने चलन भए पनि आधुनिक समय मा आएर प्रायः सबैले पायरिया का नाम ले बढ्ता जान्दछन् । एसलाई डाक्टरी भाषा मा पेरियोडोन्टाइटिस (Periodontitis) भनिन्छ । पेरियोडोन्टियम भनेको दाँत को फेद मा दाँत लाई सहारा दिन बसेको गिँजा को बाहिरी सतह हो । यही सतह मा हुने संक्रमण लाई हामी दन्तहर्षा भन्छौं । यो दाँत मा हुने एक गम्भीर प्रकार को रोग हो । गिँजा सुन्निनु, पाक्नु, दुख्नु तथा रगत बग्नु लाई सामान्य रुप मा लिने चलन छ । तर वास्तव मा एसले हाम्रो स्वास्थ्य सँग सम्बन्ध राख्ने अन्य संवेदनशील अंगहरु जस्तै- मुटु, कलेजो, फोक्सो, मिर्गौला आदि मा पनि नराम्रो असर पार्न सक्दछ । किनभने त्यहाँ पैदा भएका ब्याक्टेरियाहरु रक्त प्रवाह सँगै यी विभिन्न ठाउँ मा पुग्ने सम्भावना बढ्ता हुन्छ ।
पायरिया मा मुख गन्हाउनु सँगै खाना खान गाह्रो हुने, पाचन सम्बन्धी समस्या हुने, तातो वा चीसो कुरा पिउँदा पनि एक किसिम को स्नायुशूल हुने समस्या देखिन्छ ।
लक्षण
दन्तहर्षा अर्थात् पायरिया का लक्षणहरु लाई एसप्रकार टिप्न सकिन्छ –
कारण
हाम्रो मुख मा अनेक किसिम का ब्याक्टेरियाहरु विद्यमान हुन्छन् । राम्रा पनि र नराम्रा पनि, नराम् ब्याक्टेरिया को संक्रमण पायरिया को कारण बन्दछ । यदि खाना खाए पछि दाँत र मुख राम्ररी सफा गरिएन भने दाँत का काप मा अड्केका फोहरहरु मा अनेक घातक ब्याक्टेरियाहरु को वृद्धि हुन थाल्दछ । ती मध्ये केही ब्याक्टेरियाहरु गिँजा मा पायरीया गराउने कारण बन्न सक्छन् । पायरिया हुनुका कारणहरु लाई निम्नानुसार बूँदागत रुप मा टिप्न सकिन्छ –
रोग को निदान
दाँत र गिँजा को अवस्था हेरेर र बिरामी को समस्या सुनेर डाक्टर ले सजिलै पायरिया भए नभएको निर्क्यौल गर्ने छन् । गिँजा सुन्निएको र रगत पीप बगेको बाहिरै बाट देख्न सकिन्छ ।
एस रोग का कारण निम्तिने थप समस्याहरु
पायरिया स्वयं मा एउटा समस्या त हो नै । तेसमाथी एस रोग का कारण निम्न समस्याहरु पनि निम्तिने गर्छन् –
उपचार
पेरिडोन्टाइटिस अर्थात् पायरिया को उपचार मा रोग को जटिलता का आधार मा तय गरिन्छ । सामान्य भएमा एन्टिबायोटिक औषधि को सेवन तथा घरेलु उपचार ले नै निको हुन सक्छ भने जटिल भएको खण्ड मा सर्जरी समेत गर्नुपर्ने अवस्था आइपर्न सक्छ । डाक्टर को सल्लाह बमोजिम निम्न उपाय अपनाउन सकिन्छ –
रोकथाम
दन्तहर्षा बाट बच्नका लागि निम्नलिखित नियमहरु को सावधानीपूर्वक पालना गर्नु पर्छ-
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्