- खानपान मा आयोडिन को कमी । नेपाल मा यो एक जटिल समस्या हो । थाइराइड ग्रन्थी ले उत्पादन गर्ने हर्मोनहरु मा आयोडिन को पनि आवश्यकता पर्छ । आयोडिन को कमी ले उसले चाहे जति हर्मोनहरु उत्पादन गर्न सक्दैन र हाइपोथाइराइडिज्म हुन्छ ।
- हाशिमोटो रोग : हाम्रो आफ्नै रोगप्रतिरोध प्रणाली ले थाइराइड ग्रन्थी लाई आक्रमण गरे पछि थाइराइड ग्रन्थी क्षतिग्रस्त हुन गई राम्रो सँग काम गर्न नसक्ने हुन्छ । यस किसिम को समस्या लाई हाशिमोटो रोग का रुप मा बुझिन्छ ।
- थाइराइड ग्रन्थी मा क्षति पुग्ने रेडियो विकिरण का कारण वा शल्यक्रिया द्वारा थाइराइड ग्रन्थी नै हटाएको अवस्था मा पनि यो समस्या देखा पर्दछ ।
- कतिपय औषधिहरु को दुष्प्रभाव का कारण पनि यो समस्या हुन सक्छ । तिनमा लिथियम युक्त औषधिहरु प्रमुख मानिन्छन् ।
- ग्रेभ्स रोग : हाम्रो आफ्नै रोगप्रतिरोध प्रणाली गडबड हुन गई बढ्ता थाइराइड हर्मोन उत्पादन हुने समस्या लाई ग्रेभ्स रोग का नाम ले जानिन्छ ।
- थाइराइड ग्रन्थी मा रहेका कतिपय कोषहरु चाहिने भन्दा धेरै सक्रिय भए भने पनि हाइपरथाइराइडिज्म हुन सक्छ ।
- थाइराइड ग्रन्थी चाहिने भन्दा बढ्ता ठूलो भयो भने पनि हाइपरथाइराइडिज्म हुने सम्भावना हुन्छ ।
- चाहिने भन्दा बढ्ता थाइराइड हर्मोन को सेवन ले पनि यो समस्या आइपर्न सक्छ ।
- रगत मा ट्राइआयोडोथाइरोनिन (T3) तथा थाइरोक्सिन (T4) हर्मोन को मात्रा ।
- रगत मा थाइराइड स्टिमुलेटिङ हर्मोन (TSH) को मात्रा ।
- Functional Stimulation Test (FST) द्वारा शरीर मा देखिएका लक्षणहरु को सम्बन्ध पिट्यूटरी ग्रन्थी वा थाइराइड ग्रन्थी सँगै हो वा अरु नै कुरा हो भन्ने पत्ता लगाइन्छ ।
- यदि थाइराइड मा गिर्खाहरु भएको आशंका भयो भने अल्ट्रासाउण्ड तथा न्यूक्लियर थाइराइड स्क्यान पनि गर्न सकिन्छ ।
- बिरामी मा हाइपोथाइरोइडिज्म देखिएको खण्ड मा उसलाई कृत्रिम थाइरोक्सिन हर्मोन दिएर शरीर मा भएको हर्मोन को कमी लाई पूर्ति गर्ने प्रयास गरिन्छ । तिनमा लिभोथाइरोक्सिन प्रमुख हो । यो आपूर्ति जीवनपर्यन्त गरिरहनुपर्ने हुन्छ ।
- बिरामी मा हाइपरथाइरोइडिज्म देखिएको खण्ड मा रेडियोधर्मी (Radioactive) आयोडिन को मद्दत ले उपचार गर्न सकिन्छ । रेडियोधर्मी आयोडिन को प्रयोग ले थाइराइड ग्रन्थी को केही भाग नष्ट गरिन्छ । यो उपचार झण्डै ८० प्रतिशत हाइपरथाइरोइडिज्म का बिरामी मा उपयोगी सिद्ध भएको छ । तर पाठेघर मा हुर्किरहेको भ्रूण मा यो विधि ले थाइराइड ग्रन्थी नष्ट हुने सम्भावना भएकाले गर्भवती महिला लाई यो उपचार गरिंदैन ।
- नियमित रुप मा आयोडिन चक्की को सेवनले पनि हाइपरथाइरोइडिज्म को उपचार गर्न सकिन्छ ।
- थाइराइड ग्रन्थी को कार्य लाई नियन्त्रण गर्ने औषधिहरु को पनि प्रयोग गर्न सकिन्छ ।
- कहिलेकाहीं रोग को अवस्था हेरेर अपरेशन नै गरेर थाइराइड ग्रन्थी को केही भाग निकाल्नु पर्ने पनि हुन सक्छ ।
- थाइराइड क्यान्सर भइसकेको अवस्था मा रेडियोधर्मी आयोडिन को प्रयोग वा अन्य रेडियोविकिरण को उपयोग गरेर वा विभिन्न क्यान्सर नियन्त्रक औषधि को प्रयोग गरेर उपचार गर्न सकिन्छ ।
- थाइराइड को बारे मा सचेत हुने र चिकित्सक सँग नियमित परामर्श लिने ।
- दाँत को टाउका को वा छाती को एक्स रे गर्दा घाँटी लाई विकिरण मुक्त बनाउन आवश्यक उपाय अपनाउने ।
- आयोडिनयुक्त नून को सेवन गर्ने ।
- धूलो, धुवाँ सँगै धूमपान बाट जोगिने ।
- बढ्ता चिल्लो, पीरो तथा अजिनोमोटोयुक्त खानेकुरा नखाने ।
- सेलेनियमयुक्त खानेकुरा को सेवन गर्ने । जस्तै ब्राजिल नट, कोदो, काउनो, ब्राउन राइस आदि ।
परिचय :
रुद्रघण्टी भन्दा मुनि श्वासनली को अघिल्तिर श्वासनली सँगै टाँसिएर बसेको पुतली आकारको झण्डै ४ सेमी लामो गलग्रन्थी लाई थाइराइड भनिन्छ । थाइराइड ले थाइरोक्सिन (T4) र ट्राइआयोडोथाइरोनिन (T3) नामक दुई किसिम का हर्मोनहरु उत्पादन गर्दछ जसलाई समग्र मा थाइराइड हर्मोन भनेर चिनिन्छ । एसरी उत्पादित हर्मोन को मुख्य काम भनेको शरीरको मेटाबोलिजम नियन्त्रण गर्नु हो । जसले शरीरलाई फुर्तिलो बनाउने काम गर्छ । डाक्टरी भाषा मा भन्नुपर्दा इनको काम भनेको शरीर लाई बढी भन्दा बढी अक्सिजन उपयोग गर्न सक्ने बनाउनु र प्रोटीन को निर्माण मा उत्प्रेरक को भूमिका खेल्नु हो । थाइराइड ग्रन्थी बाट उत्पन्न हुने हर्मोन मा घटबढ भएर शरीरमा देखिने समस्या लाई सामान्यतया थाइराइड भन्ने गरिए पनि यसलाई थाइराइड बिकार भनेर बुझ्नु पर्छ । यो बच्चा देखि बूढा सम्म जो कसैलाई पनि हुन सक्छ तर पुरुषको तुलनामा महिलामा बढी देखिने हुन्छ। कसैलाई थाइराइड बाट उत्पादित हर्मोन को मात्रामा कमी हुने हुन्छ भने कसैलाई यसको मात्रा बढी हुन जान्छ । तर कसै कसैको थाइराइड मा गीर्खा समेत आउने हुनसक्छ ।
थाइराइड को समस्या विशेष गरी दुई प्रकारको हुन्छ- थाइराइड ग्रन्थीले शरीरमा आवश्यक भन्दा कम हार्मोन उत्पादन गरेमा त्यसलाई हाइपोथाइरोइडिज्म भनिन्छ भने शरीरमा आवश्यक भन्दा बढी हर्मोन उत्पादन हुने अवस्थालाई हाइपरथाइरोइडिज्म भनिन्छ । थाइराइड बिकार लाई सामान्य रोग ठानेर हेलचक्र्याईं गर्नु हुँदैन । समय मै एसको उपचार गरिएन भने एसल क्यान्सर को रुप समेत लिन सक्दछ ।
कारक तत्त्व :
थाइराइड ग्रन्थी लाई संचालन गर्ने काम हाम्रो मस्तिष्क मा रहेको पिट्यूटरी ग्रन्थी को हो । सो ग्रन्थी बाट स्रवित थाइराइड स्टिमुलेटिङ हर्मोन (TSH) ले थाइराइड ग्रन्थी को कार्य मा उत्प्रेरक को भूमिका खेल्दछ । यदि थाइराइड ले बढी मात्रा मा हर्मोनहरु को उत्पादन गर्यो भने पिट्यूटरी ग्रन्थी ले अवस्था हेरेर TSH को उत्पादन केही समय का लागि घटाउँछ वा बन्द गर्छ । तेसै गरी थाइराइड ले कम हर्मोन उत्पादन गर्यो भने TSH को उत्पादन बढाउँछ । तर यदि TSH को उत्पादन मा असन्तुलन भयो भने थाइराइड ग्रन्थी ले उत्पादन गर्ने हर्मोन मा पनि असन्तुलन देखा पर्दछ । कहिलेकाहीं स्वयं थाइराइड ग्रन्थी मा खराबी आउनाले पनि उसले उत्पादन गर्ने हर्मोन मा असन्तुलन देखा पर्ने हुन्छ । इनै कारणहरु ले थाइराइड बिकार को जन्म हुन्छ । थाइराइड बिकार कै एक समस्या का रुप मा लिइने गलगाँड खानपान मा आयोडिन को कमी ले हुने गर्छ । एसरी थाइराइड बिकार का कारण जान्न हाइपोथाइराइडिज्म तथा हाइपरथाइराइडिज्म लाई अलग अलग किसिम ले हेर्नुपर्ने हुन्छ-
हाइपोथाइराइडिज्म : जब थाइराइड ग्रन्थी ले निम्न कारण ले गर्दा चाहिने जति हर्मोनहरु को उत्पादन गर्न सक्दैन तब यो समस्या देखिन्छ ।
हाइपरथाइराइडिज्म : जब थाइराइड ग्रन्थी ले निम्न कारण ले गर्दा चाहिने भन्दा बढ्ता हर्मोनहरु को उत्पादन गर्न थाल्छ तब यो समस्या देखिन्छ ।
लक्षणहरु :
थाइराइड बिकार को किसिम अनुसार यसका लक्षण लाई दुई भाग मा बाँड्न सकिन्छ-
(१) हाइपोथाइरोइडिज्म : रगत मा T3 र T4 को मात्रा घट्न गयो भने स्वाभाविक रुप ले शरीरका उपापचय (मेटाबोलिजम) न्यूनता आउँछ र शरीर मा निम्न लक्षणहरु देखा पर्छन्-
१. आलस्यता
२. छाला मा शुष्कता
३. कपाल झर्नु
४. महिनाबारी मा गडबडी
५. कब्जियत
६. जाडो खप्न नसक्नु
७. मांसपेशी बाउँडिनु
८. कमजोरी हुनु
९. मोटापा बढ्नु
१०. मुटु को धड्कन कम हुनु
(२) हाइपरथाइरोइडिज्म : रगत मा T3 र T4 को मात्रा बढ्न गयो भने स्वाभाविक रुप ले शरीरका उपापचय (मेटाबोलिजम) मा चाहिने भन्दा बढी तिब्रता आउँछ र शरीर मा निम्न लक्षणहरु देखा पर्छन्-
१. मुटु को धड्कन बढ्नु सँगै पल्पिटेशन हुनु
२. रक्तचाप मा वृद्धि
३. शरीर बाट बढ्ता पसिना निस्कनु
४. तारन्तार दिसा लाग्नु वा पातलो दिसा हुनु
५. अत्याहट र छटपटी हुनु
६. धेरै भोक लाग्नु र खानु तर तौल नबढ्नु
७. राम्ररी निद्रा नपर्नु
८. आँखा वरिपरि को भाग फुल्नु
९. महिनाबारी रोकिनु वा गडबडी हुनु
रोग को निदान :
बिरामी का लक्षणहरु का आधार मा थाइराइड बिकार को शंका गरिन्छ र प्रयोगशाला मा रगत को जाँच गरे पछि थाइराइड बिकार भए नभएको यकीन हुन्छ । प्रयोगशाला मा गरिने जाँचहरु निम्न प्रकार का हुन सक्छन्-
रोग को उपचार :
रोग को प्रकृति का आधार मा थाइराइड बिकार को उपचार अलग अलग प्रकार ले गर्नुपर्ने हुन्छ-
थाइराइड रोग को रोकथाम तथा निराकरण का उपायहरु :
हुनत आजसम्म पनि थाइराइड हुनुका मुख्य कारणहरु पत्ता लागेका छैनन् । तर पनि आफ्नो खानपान र जीवनचर्या लाई सन्तुलित बनाएर थाइराइड को समस्या बाट केही हद सम्म मुक्त हुन सकिन्छ । केही उपायहरु लाई तल बूँदागत रुप मा दिइएको छ-
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्