- जति बेला पनि मन मा नकारात्मक किसिम का कुराहरु आउनु ।
- कुनै कुरा को निर्णय लिन नसक्नु ।
- स्वयं सँग निराश हुनु ।
- भावनात्मक प्रतिक्रियाहरु बढ्नु तथा बढ्ता संवेदनशील या आक्रामक हुनु ।
- स्मरणशक्ति घट्नु ।
- प्रेरणा, समर्पण तथा आत्मविश्वास को अभाव हुनु ।
- खानपान सम्बन्धी आदत मा परिवर्तन हुनु ।
- धूमपान, मादक पदार्थ सेवन वा लागू औषधि लिने जस्ता कुलत मा लाग्नु ।
- राम्रो सँग नींद नलाग्नु । राति अबेला सम्म बस्नु र बिहान ढिलो सम्म सुत्नु ।
- जति बेला पनि निराश र उदास भइरहनु ।
- पुरानो घटना लाई सम्झाउने खालका व्यक्ति वार्तालाप ठाउँ आदि सँग पर हुन खोज्नु ।
- विभिन्न किसिम को पीडा सँग जाडो लागेको महसूस हुनु ।
- पखाला लाग्नु वा कब्जियत हुनु ।
- वाकवाकी लाग्नु र रिँगाउनु ।
- छाती दुख्नु ।
- यौनेच्छा मा कमी हुनु ।
- परिवार मा या आफन्त मा भएको आत्मीयजनको मृत्यु ।
- स्वयं वा आफ्नो नजीक को व्यक्ति को मृत्यु हुने अवस्था (रोग दुर्घटना आदि) महसूस गरिरहनु ।
- गम्भीर किसिम को चोटपटक लाग्नु ।
- पारिवारिक सम्बन्ध मा अचानक कटुता उत्पन्न हुनु ।
- अत्यधिक व्यस्त हुनाले परिवार र बच्चासँग समय बिताउन नपाउनु ।
- ज्यानै जोखिम मा हुने किसिम को धम्की को सामना गर्नु ।
- बढ्ता भावुक र संवेदनशील स्वभाव हुनु ।
- पारिवारिक लगाव बढ्ता हुनु ।
- अनिश्चितता लाई स्वीकार गर्न नसक्नु ।
- पूरा हुन नसक्ने खाल का महत्त्वाकांक्षा लिनु ।
- सकारात्मक सोच को अभाव हुनु ।
- पहिले पनि तेस्तै किसिम को दुर्घटना को सामना गरेको ।
- ASD वा PTSD पहिले पनि भएको ।
- अन्य प्रकार का मानसिक समस्या पनि भएको ।
- केही समय यता कुनै हृदयविदारक घटना भोगेको छ कि ?
- कुनै औषधि को सेवन गरिरहेको छ र तेसको साइड इफेक्ट भएको हो कि ?
- कुनै लागू पदार्थ को सेवन गर्ने गरेको छ कि ?
- अरु कुनै स्वास्थ्य सँग सम्बन्धित समस्या छन् कि ?
- बिरामी को वास्तविक समस्या के हो र के कुरा को पूर्ति हुनु आवश्यक छ त्यो पत्ता लगाउने छन् ।
- यदि बिरामी ले आत्महत्या गर्ने सम्भावना छ वा अरु लाई क्षति पुर्याउन सक्छ भन्ने लागेमा अस्पताल मा भर्ना गराने छन् ।
- बिरामी लाई लामो वार्तालाप द्वारा उसमा भएको समस्या का बारे मा अवगत गराउने छन् ।
- आवश्यक देखेमा चिन्ता घटाउने औषधिहरु वा एन्टी डिप्रेशन का औषधिहरु दिने छन् ।
- सम्मोहन विधि को उपयोग गर्न पनि सक्ने छन् ।
परिचय :
सामान्यतया जीवन का बारे मा चिन्ता गर्नु, पढाई को चिन्ता लिनु र पारिवारिक सुखसुविधा का लागि सोच्नु मानवीय स्वभाव हो । तर इनै कुरा चाहिने भन्दा बढी सोच्न थालियो भने तेसले मानसिक तनाव दिन थाल्छ र बिस्तारै एउटा मानसिक रोग बन्छ जसलाई तिब्र मानसिक तनाव अर्थात् एक्यूट स्ट्रेस डिस्अर्डर (Acute Stress Disorder, ASD) भनिन्छ ।
यदि परिवार मा वा आफन्त मा मन ले झेल्नै नसक्ने किसिम को मृत्यु वा अन्य कुनै पीडादायी घटना भयो भने तेसको लगत्तै कसै कसैमा एस किसिम को समस्या देख्ने गरिएको छ । नेपाल, भारत जस्ता सुमधुर पारिवारिक सम्बन्ध हुने मुलुकहरु मा यो खाल को समस्या पाश्चात्य मुलुक मा भन्दा बढ्ता भएको अनुमान गरिएको छ ।
लक्षण :
एसका लक्षणहरु लाई निम्न भाग मा बाँडेर हेर्न सकिन्छ –
भावनात्मक तथा मानसिक लक्षण
व्यावहारिक लक्षण
शारीरिक लक्षण
कारण :
बाह्य कारण
आन्तरिक कारण
जोखिम का अवस्थाहरु :
ठूलै किसिम को मानसिक या शारीरिक दुर्घटना बाट गुज्रेका जो कसैमा पनि यो खालको मानसिक समस्या देखिन सक्छ । तर यदि बिरामी मा तलका मध्ये कुनै समस्या छ भने जोखिम बढ्ता हुन्छ –
निदान कसरी गरिन्छ ?
डाक्टर ले बिरामी बाट निम्न कुरा को जानकारी लिएर तथा बिरामी मा देखिएका लक्षणहरु को अध्ययन गरेर बिरामी लाई तिब्र मानसिक तनाव भए नभएको पत्ता लगाउने छन् –
उपचार कसरी गरिन्छ ?
डाक्टर ले ASD को उपचार मा तलका विधि अपनाउने छन् –
ADVERTISEMENT
यो रोग लाग्नै नदिन सकिन्छ ?
कसैको पनि जीवन मा अत्यन्त दुःखदायी घटना हुनु अवश्यम्भावी हुन्छ । तेसैले त्यो खालको अवस्था नआओस् भनेर जोगाउने कुनै उपाय छैन । तर तेस्ता घटना पछि यदि परिवार का कुनै सदस्य मा घटना ले बढ्ता प्रभाव पारेको देखियो भने तुरुन्त डाक्टर लाई देखाउँदा राम्रो हुन्छ । सबैले ससाना कुरा मा नआत्तिने र सुझबुझ ले काम लिने बानी को विकास गर्न सकियो भने पनि यो रोग लाग्ने सम्भावना घटेर जान्छ ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्