डिप्रेशन अर्थात् उदासी (Depression)

संपरीक्षक डा. देशराज बहादुर कुँवर

    जब मानिस धेरै जसो चिन्ता ले ग्रस्त हुन्छ वा आफूलाई असहाय महसुस गर्छ भने त्यो डिप्रेशन अर्थात् उदासी को संकेत हो । डिप्रेशन का कारण मानिस को सोच्ने, कुरा गर्ने र दैनिक क्रियाकलाप सामान्य रूप मा संचालन गर्ने कुरामा समेत अवरोध उत्पन्न हुन्छ । यो समस्या अरु गहिरियो भने बिरामी को अवस्था झन् भयावह हुन्छ । मानसिक रूप मा हतास हुने समस्या भनेर पनि चिनिने डिप्रेशन सामान्यतया मन कमजोर भए पछि देखिन्छ । यस किसिम को सामान्य समस्या त धेरथोर हर कोही मा पाइन्छ तर जब कोही कडा प्रकार को उदासी को शिकार हुन्छ तब यो एक समस्या बनेको निर्क्योल गर्न सकिन्छ ।

    डिप्रेशन हाल विश्व मै एक गम्भीर समस्या को रुप मा देखिएको छ । हर शय जना मा पाँच जना डिप्रेशन अर्थात् उदासी को शिकार भएको पाइएको छ । हुनत डिप्रेशन को समस्या महिला मा बढ्ता देखिने गरेको छ तर यो जसलाई पनि र जुनसुकै उमेर मा पनि देखिने समस्या हो । डब्लुएचओ को तथ्यांक अनुसार सन् २००५ यता दश वर्ष को अवधि मा डिप्रेशन का बिरामी को संख्या मा १८ प्रतिशत ले वृद्धि भएको छ । तथ्यांक ले कति सम्म भयावह तस्वीर देखाउँछ भने, विश्वमा १५ वर्ष देखि २९ वर्ष उमेरका मानिस को मृत्युको प्रमुख कारण डिप्रेशन बाट हुने आत्महत्या हो ।

    डिप्रेशन हुनुको कारण के हो ?

    सामान्यतया डिप्रेशन को समस्या महिला मा बढ्ता देखिने र युवावस्था बाट शुरु हुने भए पनि एसमा उमेर र लिंग ले खासै फरक पार्दैन । चिन्ता र उदासी एक आम समस्या भए पनि केही कारणहरु ले तेसलाई एक गम्भीर समस्या मा रूपान्तरित गरिदिन्छन् । डिप्रेशन हुनुका पछाडि रहेका प्रमुख कारणहरु लाई बूँदागत रूप मा तल दिइएको छ-

    • वंशानुगत कारण यदि वंश मा कसैलाई डिप्रेशन को समस्या रहेको थियो भने सामान्य उदासी बिस्तारै गम्भीर समस्या बन्न सक्छ ।
    • मृत्यु तथा क्षति यदि आफूले अत्यन्त मायाँ गरिएको व्यक्ति को मृत्यु भयो वा ऊसँग टाढा हुनु पर्यो भने पनि डिप्रेशन को समस्या देखिन सक्छ ।
    • मनमुटाव यदि परिवार को कुनै सदस्य वा साथीसँगी सँग नराम्रो सँग मनमुटाव भयो भने पनि डिप्रेशन को समस्या आइपर्न सक्छ ।
    • लिंग पुरुष भन्दा महिला लाई डिप्रेशन को समस्या बढ्ता देखिएको छ । गर्भावस्था का बेला तथा बच्चा जन्माए पछि को समय डिप्रेशन का लागि उर्बर समय हो ।
    • प्रमुख घटना राम्रा हुन् वा नराम्रा हुन् ठूला घटनाहरु पनि डिप्रेशन लाई बढाउने कारण हुन सक्छन्। जस्तै पढाइमा ग्राजुएशन, विवाह वा सम्बन्ध विच्छेद, जागीर मिल्नु वा जागीर गुम्नु आदि ।
    • गम्भीर प्रकृति को बिमारी कहिलेकाहीं कुनै गम्भीर प्रकृति को रोग लाग्यो भने पनि डिप्रेशन को समस्या देखिन सक्छ ।
    • लागू पदार्थ लागू पदार्थ सेवन गर्ने मध्ये ३० प्रतिशत लाई डिप्रेशन को समस्या देखिएको छ ।

     

    लक्षणहरु :

    • शरीरमा तागत नभएको महसुस हुने
    • भोक प्यास वा निद्रामा गडबडी हुने (बढ्ता भोक लाग्ने वा भोक नलाग्ने, बढ्ता नींद लाग्ने वा नींद नलाग्ने)
    • चिन्ता छाउने
    • ससाना कुरा मा पनि चाँडो रीस उठ्ने र आत्तिने
    • छटपटी बढेर एकै ठाउँ मा बस्न मन नलाग्ने वा एकाग्रता नहुने
    • कुनै निर्णय लिन कठिनाई महसुस हुने
    • हीनताबोध तथा आत्मग्लानि हुने
    • आफैंलाई हानि पुर्याउने वा आत्महत्या गर्ने सोच आउने ।

     

    रोग को निदान :

    बिरामी डिप्रेशन को शिकार भएको छ कि छैन भन्ने थाहा पाउनका लागि डाक्टर ले निम्नलिखित उपायहरु अपनाउने छन्-

    • बिरामी को पारिवारिक अवस्था देखि लिएर सम्पूर्ण इतिहास खोतल्ने प्रयास गर्ने छन्।
    • बिरामी मा बेला बेला मा देखिएको वा देखिन सक्ने आत्महत्या सम्बन्धी प्रयास, विभ्रम, तनाव आदि का बारे मा जानकारी लिने छन् ।
    • थाइरोइड को जाँच सीटी स्क्यान एमआरआई आदि को परीक्षण गर्ने छन् ।
    • बिरामी को परिवार का अन्य सदस्यसँग पनि पूछताछ गर्न सक्ने छन् ।
    • तत्पश्चात डाक्टर ले डिप्रेशन कुन चरण मा छ त्यो पत्ता लगाउने छन् ।

     

    उपचार :

    डिप्रेशन को उपचार गर्दा डाक्टर ले बिरामी मा कुन स्तर को डिप्रेशन छ त्यसका आधार मा औषधि दिने वा काउन्सेलिङ गर्ने त्यसको निर्क्योल गर्ने छन् । यदि कसैलाई डिप्रेशनको लक्षण देखिएमा वा डिप्रेशन भएमा दुई महिनादेखि ६ महिना सम्म औषधि सेवन गरेमा सजिलै निको हुन्छ । औषधि जीवनभर खाइरहनु पर्दैन । तपाईं मानसिक डाक्टर सँग भेट्न हिच्किचाउनु हुँदैन । जति चाँडो रोग को निदान हुन्छ उति नै चाँडो एसको उपचार पनि हुन्छ । बिरामी लाई डाक्टर ले उदासी को स्तर हेरेर उपयुक्त एन्टीडिप्रेसेन्ट दिने छन् । सँगसँगै अन्य व्यावहारिक उपचार पनि गराउने छन् ।

    डिप्रेशनमा काउन्सिलिङको महत्व-

    डिप्रेशनमा काउन्सिलिङ अर्थात् परामर्शको ठूलो महत्व हुन्छ । मुख्य गरी चिकित्सकसितको कुराकानी जरुरी छ । त्यसबाहेक, कहिलेकाहीँ परिवारका सदस्यका कारण पनि कसैमा डिप्रेशन को लक्षण देखा पर्न सक्छ । त्यो अवस्थामा ऊ सित कुरा गरेर तथा उनको परिवारका सदस्यसित कुरा गरेर पनि डिप्रेzन निको पार्न सकिन्छ ।

    डिप्रेzन हुना साथै औषधि नै खानुपर्छ भन्ने जरुरी हुFदैन । मानौं श्रीमाg\  सितको झगडाको कारणले श्रीमतीमा डिप्रेशन देखिएको छ भने डिप्रेशनको कारण पत्ता लगाएर श्रीमान् सित परामर्श गरेर पनि समाधान हुन सक्छ ।

     

    स्वउपचार :

    • आफूलाई डिप्रेशन भएको महसुस भएमा आफ्नो नजीकको मान्छेसँग कुरा गर्ने । आफ्नो कुरा सुनिदिने व्यक्तिसित कुराकानी गरेर मन हलुका बनाउने ।
    • परिवार तथा साथीभाइको सरसंगतमा बस्ने । पहिलेकै जसरी नियमित रुपमा खाने तथा सुत्ने कुरामा ध्यान दिने ।
    • नियमित रुपमा व्यायाम तथा हिंड्डुल गर्ने ।
    • आफूले गरिरहेको कामलाई निरन्तरता दिइरहने अर्थात् मनमा नकारात्मक विचार खेल्ने गरी खाली नबस्ने । डिप्रेशनको कारण पहिले जसरी काम गर्न कठिनाइ हुने भएकाले यसलाई सहज रुपमा लिने ।
    • डिप्रेशन का लक्षण देखिइसकेको छ भने जाँड, रक्सी वा कुनै पनि लागूपदार्थ सेवन नगर्ने ।

    रोकथाम :

    डिप्रेशन हुन नदिन तथा सामान्य रुप मा शुरु भइसकेको छ भने पनि तलका कुराहरु गरेर डिप्रेशन को समस्या बाट मुक्त हुन सकिन्छ ।

    • परिवार तथा साथीभाई सँग कुराकानी गरेर बस्न खोज्ने। आफूलाई एक्लो हुन नदिने ।
    • जुन काम गर्दा आफूलाई सहज अनुभव हुन्छ त्यो काम मा स्वयंलाई बिजी बनाउने ।
    • सन्तुलित आहार लिने र सन्तुलित व्यायाम गर्ने ।
    • उत्साह लाई अँगाल्ने । हतोत्साही सोच नराख्ने । धैर्य गर्न सिक्ने ।
    • आफ्ना कुनै आत्मीय मानिस डिप्रेशन को शिकार छ भने उसलाई सहयोग गरेर र उसका कुरा सुनेर उसलाई त्यो समस्या बाट मुक्त बनाउन प्रयास गर्ने ।
    • लागू पदार्थ जाँड रक्सी आदि नशाजन्य कुराहरु को सेवन नगर्ने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper