- तारन्तार हाच्छ्यूँ आउनु ।
- नाक बाट पानी बग्नु अर्थात् रुघा लाग्नु ।
- नाक बन्द हुनु ।
- सामान्य ज्वरो आउनु ।
- घाँटी खसखस हुनु ।
- स्वर भारी हुनु ।
- थकान को महसूस हुनु ।
- सामान्य टाउको दुख्नु ।
- खोकी लाग्नु ।
- आइसक्रिम, दही, मोही, फ्रीज मा राखेका चिसा खानेकुरा नखाने ।
- तातो तुलसी पानी वा बेसार पानी वा जिम्मु पानी पिउने । एस्तो पानी बनाउँदा थोरै नून पनि राख्न सकिन्छ ।
- तातो नून पानी ले गार्गल गर्ने । कुल्ला गर्ने ।
- पानी को बाफ लिने ।
- ज्वरो कम गर्न र बन्द नाक खुलाउन एन्टिकोल्ड औषधि को प्रयोग गर्ने ।
- भिटामिन सी भएका खानेकुरा खाने ।
- अदुवा को रस मा मह मिसाएर खाना ले पनि फाइदा हुन्छ ।
- चिनी नहालेको ग्रीन टी (हरियो चिया) पिउनु पनि रुघाखोकी मा लाभदायक हुन्छ ।
- आइसक्रिम, दही, मोही, फ्रीज मा राखेका चिसा खानेकुरा खाँदा सन्तुलित मात्रा मा खाने । सकेसम्म सुत्ने बेला मा एस्ता खानेकुरा नखाने ।
- रुघाखोकी लागेका मानिस ले प्रयोग गरेका कपडा आदि प्रयोग नगर्ने ।
- बाहिर बाट आए पछि हातगोडा साबुनपानी ले राम्रो सँग धुने ।
- सफा र स्वस्थ जीवनशैली अपनाउने ।
- मास्क लगाएर हिँड्ने ।
- जाडोभरि तुलसी पानी पिउने ।
- सकेसम्म चिन्तामुक्त हुने प्रयास गर्ने ।
परिचय :
प्रायः जाडो मौसम मा नाक बाट बढ्ता पानी बग्ने र खोकी लाग्ने समस्या लाई रुघाखोकी का नाम ले जान्दछौं । एसलाई अंग्रेजी मा कमन कोल्ड Common Cold भनिन्छ । यो अनेक किसिम का भाइरस ले हुने गर्छ । रुघाखोकी मुख्यतः हावा का माध्यम ले एक व्यक्ति बाट अर्को मा सर्छ । यो समस्या जाडो मौसम मा मात्रै हुन्छ भन्ने पनि छैन । कहिलेकाहीं अन्य मौसम मा पनि रुघाखोकी हुन सक्छ ।
यो जुनसुकै उमेर का मानिस लाई हुन सक्छ । बालबालिका लाई रुघाखोकी लाग्दा डाक्टर को सल्लाह बिना औषधि खुवाउनु हुँदैन । ती औषधि को साइड इफेक्ट बच्चा का लागि हानिकारक हुन सक्छन् । कहिलेकाहीं पिनास तथा कान को संक्रमण ले पनि रुघाखोकी को जस्तै लक्षण देखाउँछन् ।
लक्षण
रुघाखोकी लाग्नु नै एसको प्रमुख लक्षण हो। एसका लक्षणहरु लाई एसप्रकार टिप्न सकिन्छ –
कारण
वातावरण जतिसुकै सफा देखिए पनि भाइरस ब्याक्टेरियाहरु हावा मा उडिरहेका हुन्छन् । यिनै मध्ये एक प्रकार का भाइरस को संक्रमण का कारण हामीलाई रुघाखोकी लाग्छ । प्रायः गरेर सामान्य रुघाखोकी मा राइनोभाइरस Rhinovirus बढ्ता जिम्मेवार पाइएको छ । हाम्रो श्वासप्रश्वास प्रणाली को माथिल्लो भाग मा भएको भाइरल संक्रमण नै रुघाखोकी को कारण हो । रुघाखोकी लगाउने भाइरस का लागि चिसो र सुख्खा वातावरण प्रिय लाग्छ । एकजना लाई आक्रमण गरिसके पछि सोही व्यक्ति को शरीर मा यिनीहरु को संख्या मा वृद्धि हुन्छ र त्यो व्यक्ति बाट अर्को व्यक्ति मा सर्ने सम्भावना पनि रहिरहन्छ । यी भाइरसहरु ले शुरु मा नाक का केही कोषहरु लाई आक्रमण को तारो बनाउँछन् र हाम्रो शरीर को प्रतिरक्षात्मक प्रणाली ले तिनीहरु लाई बगाएर फाल्न का लागि अत्यधिक सिँगान बनाउन थाल्छ र हामी रुघा लागेको अनुभव गर्छौ ।
नाक मा आक्रमण गरे पछि हामीले फेर्ने श्वास सँगै यी भाइरसहरु फोक्सो मा पनि पुग्छन् र फोक्सो का कोषहरु लाई पनि आक्रमण को निशाना बनाउँछन् । अनि हामीलाई खोकी लाग्न थाल्छ । हाम्रो प्रतिरक्षा प्रणाली ले तिनलाई तथा तिनका कारण बनेको श्लेष्मा लाई फोक्सो बाट हटाउन हामीलाई खोकी लगाउँछ ।
यदि यो आक्रमण थप तिब्र भयो भने हाम्रो प्रतिरक्षा प्रणाली ले तेसका बिरुद्ध लड्न पाइरोजेन्स नामक रसायन को उत्पादन शुरु गर्दछ । पाइरोजेन्स रसायन का कारण हाम्रो शरीर को तापमान मा वृद्धि हुन्छ जसलाई हामी साधारण अर्थ मा ज्वरो आएको भन्दछौं ।
रोग को निदान
बिरामी का लक्षण हेरेर नै रुघाखोकी को निदान हुन्छ । डाक्टर ले मुख्यतः यो सामान्य रुघाखोकी हो वा इन्फ्लूएन्जा भाइरस द्वारा लागेको रुघाखोकी हो सो खुट्याउने छन् । कतै यो ब्याक्टेरिया वा अन्य कुनै रोग का कारण रुघाखोकी देखिएको त हैन भन्ने पनि डाक्टर को खोजी को विषय हुने छ ।
उपचार
रुघाखोकी को संक्रमण भाइरस बाट हुने भएकाले एसलाई कुनै पनि एन्टिबायोटिक औषधि ले काम गर्दैन । यदि चिसो बाट जोगिन खोज्ने, आराम गर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने यो साता दश दिन मा आफ से आफ निको भएर जान्छ । फेरि रुघाखोकी चाँडो सञ्चो भएन वा अरु जटिल बन्यो भने तेसले पिनास गराउन सक्छ । छिटो आराम होस् भन्नका लागि निम्न उपायहरु अपनाउन सकिन्छ –
रोकथाम
रुघाखोकी को संक्रमण भाइरस बाट हुने भएकाले एसलाई कुनै पनि एन्टिबायोटिक औषधि ले काम गर्दैन । यदि चिसो बाट जोगिन खोज्ने, आराम गर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने यो साता दश दिन मा आफ से आफ निको भएर जान्छ । फेरि रुघाखोकी चाँडो सञ्चो भएन वा अरु जटिल बन्यो भने तेसले पिनास गराउन सक्छ । छिटो आराम होस् भन्नका लागि निम्न उपायहरु अपनाउन सकिन्छ –
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्