- ब्रेन ट्यूमर ।
- मस्तिष्क भित्र को रक्तस्राव ।
- मस्तिष्क को एकभाग सुक्ने वा मर्ने ।
- मस्तिष्क भित्र नाम्लेजुका को फुल पस्ने । नेपाल मा चाहिं नाम्लेजुका को फुल का कारण ले हुने छारेरोग अत्यधिक मात्रा मा देखिएको छ ।
- जन्मँदा मस्तिष्क मा लागेको चोट । बच्चा जन्मँदा असावधानी भयो र बच्चा को टाउको मा चोट लाग्यो भने पनि पछि त्यो बच्चा लाई छारेरोग लागेको देखिएको छ ।
- मस्तिष्क ज्वरो (इन्सेफ्लाइटिस मेनेन्जाइटिस आदि) ।
- अनिद्रा, तनाव आदि अत्यधिक भएमा ।
- रगत मा चिनी को मात्रा कम भएमा ।
- शरीर मा हर्मोन को गडबडी भएमा ।
- कुनै कुनै मस्तिष्क सम्बन्धी औषधि सेवन गर्दा पनि एस्तो समस्या देखिन सक्छ ।
- वंशानुगत रूप मा पनि छारेरोग सरेर आएको हुन सक्छ ।
- शरीर पूरै वा एक भाग मात्रै काम्ने ।
- बेहोश हुने अथवा अर्धचेत अवस्था मा हुने ।
- काम्न छाडेपछि पनि केही बेर सुस्ताउने अथवा बेहोशै हुने ।
- टाउको साह्रै दुख्ने ।
- वान्ता हुने ।
- कम्पन भएको शरीर को भाग केही बेर लुलो हुने ।
- मुख बाट फिँज निस्कने ।
- लक्षण को आधार मा ।
- सीटी स्क्यान अथवा एमआरआई को जाँच को आधार मा ।
- इइजी नामक मस्तिष्क को विद्युतीय तरंग को आधार मा ।
परिचय :
अचानक कम्प हुने, मुख बाँधिने, होश हराउने, जतापायो उतै पल्टने र मुख बाट फिँज निकाल्ने जस्ता लक्षणहरु देखिने र केही समय पछि पुनः पहिलेकै जस्तो स्वस्थ हुने समस्या लाई हामी छारेरोग लागेको भन्छौं । एसलाई मिर्गी, काम्नेरोग, बाख्री बेथा, छोप्ने रोग, बोक्सी लागेको वा झम्टने रोग का नाम ले पनि पुकारिन्छ । यो वास्तव मा स्नायुप्रणाली सँग सम्बन्धित रोग हो । विभिन्न कारण ले मस्तिष्क को संरचना वा कार्यप्रणाली मा विकृति पैदा भयो भने कहिलेकाहीं स्नायुकोषहरु आवश्यकता भन्दा बढी उत्तेजित हुन गई चेतना हराउने, मूर्च्छा हुने अथवा कम्प हुने जस्ता अवस्था मा पुग्ने सम्भावना हुन्छ । एस्तो अवस्था नै छारेरोग हो । एसलाई अंग्रेजी मा इपिलेप्सी Epilepsy अथवा सीजर डिस्अर्डर भनिन्छ । यो रोग जुन बेला पनि लागिरहने हुँदैन । केही दिन वा महिना को अन्तराल मा छारेरोग का लक्षणहरु देखिन सक्छन् र केही मिनट पछि आफ से आफ हराएर जान्छन् ।
नेपाली समाज मा छारेरोग सम्बन्धी अनेक भ्रमहरु व्याप्त छन् । कतिपय ले एसलाई मानसिक रोग का रूप मा लिने गर्छन् भने कतिपय ले दैवी शक्ति मानव शरीर मा प्रवेश भएको अर्थ मा लिन्छन् । फेरि कसैकसैले एसलाई कसैको आँखा लागेको वा बोक्सी लागेको रूप मा पनि लिन्छन् । एसै हुनाले छारेरोग को बिरामी लाई धामीझाँक्री, झारफुक, हेराउने चराउने, टूनामूना आदि अनेकौं विधि अपनाएर सञ्चो बनाउने निरर्थक प्रयास गरेको पाइन्छ । वास्तव मा यो एक विशुद्ध शारीरिक रोग हो, एसको उपचार सम्भव छ र छारेरोगीहरु पनि अन्य मानिसहरु जस्तै सामान्य जीवनयापन गर्न सक्छन् । विश्वभरि करीब ५ करोड मानिस छारेरोग बाट पीडित छन् ।
कारण
कतिपय लाई यो रोग कुनै विशेष कारण बिना नै लागेको पाइन्छ । क्षयरोग का अधिकांश बिरामी एसै समूह भित्र पर्छन् । एसलाई Idikopathic Epliepsy भनिन्छ । केही लाई भने मस्तिष्क मा भएका विभिन्न खराबी का कारण यो रोग लागेको पाइन्छ । एसलाई Symptomatic Epliepsy भनिन्छ । ती खराबीहरु एसप्रकार छन् –
लक्षण
प्रायः छारेरोग का लक्षणहरु सबैमा उस्तै देखिने भए पनि मानिस मानिस मा हलुका फरक खालका हुन सक्छन् र जसलाई हुन्छ उसलाई प्रत्येक पटक एकै प्रकार को हुन्छ । यदि पटक पटक फरक प्रकार का लक्षण देखिएका छन् भने त्यो मानसिक रोग का कारण भएको पनि हुन सक्छ । तर कतिपय जटिल किसिम का छारेरोग मा भने मानसिक रोग को लक्षण पनि देख्न सकिन्छ ।
रोग को निदान
छारेरोग को निदान निम्न तीन कुरा को आधार मा गरिन्छ –
उपचार
धेरै जसो छारेरोग को निश्चित उपचार छैन । यदि मस्तिष्क को खराबी का कारण छारेरोग को लक्षण देखिएको हो भने तेसको उपचार पछि ती लक्षणहरु स्वतः देखिन छाड्छन् । कतिपय छारेरोग मा डाक्टर ले सीजर कम गर्ने औषधि दिन सक्छन् । छारेरोग मा दिइने औषधिहरु एन्टी एपिलेप्टिक ड्रग्स AED का नाम ले जानिन्छन् । औषधि ले काम गरेन भने कतिपय रोगी को शल्यक्रिया समेत गर्न सकिन्छ ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्