गनोरिया (Gonorrhea)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, एमबीबीएस, पीएचडी

    परिचय :

    विभिन्न यौन संक्रामक रोगहरु मध्ये गनोरिया (Gonorrhea) आम रुप मा देखिने समस्या हो । एसलाई धातुरोग पनि भनिन्छ । एस रोग मा यौनांग सुन्निने र यौनांग का वरिपरि घाऊ हुने गर्छ । यो रोग नेपाल भारत जस्ता मुलुक मा तीब्र गति मा फैलिरहेको कुरा विश्वस्वास्थ्य संगठन को प्रतिवेदन मा उल्लेख छ । तेसैले हामीहरु यो रोग का बारे मा बढ्ता विज्ञ हुनु सँगै यो रोग बाट जोगिनका लागि सजग हुनु आवश्यक छ ।

     

    गनोरिया समय मै उपचार गरेमा निको हुने भए पनि कहिलेकाहीं एसले गम्भीर जटिलताहरु पैदा गर्ने गरेको देखिएको छ । एसमा पेल्भिक भाग अर्थात् कटी प्रदेश सुन्निएको पाइन्छ । महिलाहरु मा एसले पाठेघर तथा डिम्बबाहिनी नली सुन्निने समस्या ल्याउँछ । निजेरिया गनोरिया नामक ब्याक्टेरिया बाट यो रोग लाग्दछ ।

     

    जोखिम

    • गनोरिया सँगै अर्को यौन संक्रामक रोग क्लामिडिया हुन सक्छ ।
    • लामो समयसम्म गनोरिया को उपचार गरिएन भने एचआईभी हुने सम्भावना मा वृद्धि हुन्छ ।
    • गनोरिया का कारण बाँझोपन को समस्या देखा पर्न सक्छ ।
    • पुरुषहरु मा गनोरिया का कारण इपिडिडाइमिटिस देखा पर्न सक्छ जसमा शुक्राणू को उत्पादन मा ह्रास आउने हुन्छ ।
    • बाथ को समस्या देखा पर्न सक्छ ।

     

    लक्षण

    गनोरिया का ब्याक्टेरिया को प्रवेश सँगै लक्षण देखिइहाल्छन् भन्ने हुँदैन । कसैमा छिटै देखिन्छन् भने कसैमा १४ दिन मा देखिन सक्छन् । एसका लक्षणहरु पुरुष मा र स्त्री मा अलिकता भिन्न रुप मा देखिन्छन् –

    पुरुष मा देखिने लक्षण

    • शिश्न बाट हल्का सेतो देखि लिएर हल्का हरियो पीप जस्तो देखिने पानी बग्नु ।
    • शिश्न को अगाडी को छाला तथा सुपारी सुन्निनु ।
    • अण्डकोष दुख्नु ।
    • तारन्तार पिसाब आउनु र पिसाब फेर्दा पीडा हुनु ।
    • दिसा गर्दा पनि दुख्नु र गुदद्वार मा चिलाउनु ।
    • घाँटी दुख्नु र निल्न गाह्रो हुनु ।
    • आँखा दुख्नु र आँखा बाट पनि पीप बग्नु ।
    • जोर्नीहरु दुख्नु, सुन्निनु र तात्नु ।

    स्त्री मा देखिने लक्षण

    • यौनक्रिया गर्दा बढी पीडा हुनु ।
    • ज्वरो आउनु ।
    • योनी बाट हल्का सेतो देखि लिएर हल्का हरियो पीप जस्तो पानी बग्नु ।
    • योनी को मुख सुन्निनु ।
    • महीनाबारी को बीच मा पनि रक्तस्राव हुनु ।
    • यौन सम्बन्ध राखिसके पछि रक्तस्राव हुनु ।
    • वान्ता हुनु, पेट तथा कम्मर दुख्नु ।
    • तारन्तार पिसाब हुनु र पिसाब फेर्दा पीडा हुनु ।
    • घाँटी दुख्नु, चिलाउनु र निल्न अपठेरो हुनु ।
    • आँखा दुख्नु, पाक्नु तथा आँखा बाट पीप बग्नु ।
    • जोर्नीहरु दुख्नु, सुन्निनु र तात्नु ।

     

    कारण

    गनोरिया हुनुको मुख्य कारण भनेको निजेरिया गनोरिया नामक ब्याक्टेरिया को संक्रमण हो । एसले प्रजनन अङ्ग लाई मात्रै हानि नपुर्याएर आँखा, मुख, घाँटी, गुदा, यौनाङ्ग का म्यूकस मेम्ब्रेन लाई प्रभावित पार्नु सँगै ठूलो क्षति पुर्याउँछ ।

    यो संक्रमण यौन सम्पर्क का कारण संक्रमित व्यक्ति बाट स्वस्थ व्यक्ति मा सर्दछ । यो रोग संक्रमित आमा बाट नवजात शिशु मा पनि सर्ने सम्भावना हुन्छ ।

     

    रोग को निदान

    बिरामी को शरीर मा एसका लक्षण हेरेर र बिरामी ले अनुभव गरेका समस्या सुनेर डाक्टर ले एस रोग को अन्दाज गर्न सक्ने छन् । गनोरिया को पहिचान गर्न पोलिमरेज चेन रियाक्सन मा आधारित प्रविधि को उपयोग गरिन्छ । पिसाब को परीक्षण सँगै यौनांग को स्वाब लिएर सोको परीक्षण समेत गर्न सकिन्छ । प्रयोगशाला मा रगत कल्चर गरेर एन्टिबायोटिक औषधिहरु को प्रभावकारिता को परीक्षण गरिन्छ । गनीरिया को परीक्षण गर्दा क्लामिडिया, भिरिङ्गी तथा एचआईभी जस्ता अन्य यौनरोग का लागि पनि परीक्षण गरिनु पर्छ ।

     

    एस रोग का कारण निम्तिने थप समस्याहरु

    यो रोग आँफैमा एउटा समस्या त हो नै । तेसमाथी एस रोग का कारण निम्न समस्याहरु पनि निम्तिने गर्छन् –

    • एड्स, भिरिङ्गी जस्ता संक्रमणजन्य यौन रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।
    • सामाजिक रूप मा बहिष्कृत हुन सक्ने सम्भावना प्रबल हुन्छ ।
    • कसैसँग प्रेम मा परेको भए प्रेम टुट्ने तथा विवाहित भए सम्बन्ध विच्छेद हुने सम्भावना हुन्छ ।
    • यौन सम्बन्ध ले तत्काल राहत को अनुभूति भए पनि त्यो क्षणिक हुन्छ । तर तेसले दीर्घकालीन रूप मा नकारात्मक असर पार्दछ ।
    • यो समस्या ले ग्रसित मान्छेहरु मादक पदार्थ तथा लागू पदार्थ का अम्मली हुने सम्भावना अत्यधिक हुन्छ ।

     

    उपचार

    गनोरिया को उपचार गर्दा निम्न कुरा मा ध्यान दिइन्छ –

    • एन्टिबायोटिक : डाक्टर ले बिरामी को अवस्था हेरेर सेफ्ट्रियाक्जोन को एक शट सँगै एजिथ्रोमाइसिन को प्रयोग गर्न सक्छन् ।
    • यौनसम्पर्क मा बन्देज : बिरामी रोग बाट पूर्ण निको नहुन्जेल यौनसम्पर्क बाट टाढा रहनु पर्छ ।
    • औषधि खाँदाखाँदै बीच मा औषधि ले काम गरे नगरेको परीक्षण गर्न सकिने छ ।
    • यदि गर्भवती महिला मा गनोरिया देखियो र उपचार कै क्रम मा शिशु को जन्म भयो भने सो शिशु लाई आँखा मा लगाउने मलम दिन सकिन्छ ।

     

    रोकथाम

    गनोरिया हुन नदिनका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ –

    • जो पायो ऊ सित यौन सम्पर्क नगरेर ।
    • यौन सम्पर्क गर्दा कण्डोम को प्रयोग गरेर ।
    • यौनाङ्ग लाई सदैव सफासुग्घर राखेर ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper