- खील परेको छाला साह्रो र हलुका पहेंलो हुन्छ ।
- थोरै माथी उठेको हुन्छ ।
- खुट्टा मा खील परेको छ भने तेसले हिँडडुल गर्न गाह्रो हुन्छ ।
परिचय :
छाला मा निरन्तर घर्षण र दबाब पर्दै जाँदा छाला को निश्चित सानो क्षेत्र कडा र बाक्लो हुँदै गएर अन्ततः दबाब परेको ठाउँ मा काँडा को ठोसो बाँकी रहे झैं भएर दुख्ने समस्या लाई खील परेको भनिन्छ । हुनतः खील प्रायः पैताला मा हुने गरेको पाइएको छ । तर काम मा हात को धेरै उपयोग गर्नेहरु का हात मा पनि यो देखिन सक्छ । जस्तो कि तबला, गीतार, भायलीन बजाउने, काठ मा बुट्टा कुँद्ने, ढुङ्गा कुँद्ने, कोदालो, बाउसो चलाउने, घाँस काट्ने आदि का हत्केला मा पनि खील पर्ने सम्भावना हुन्छ । खील पर्दा केही भाग छाला मोटो र साह्रो हुँदै जान्छ भने सँगैको सतह भन्दा हलुका माथी उठेको हुन्छ । खील लाई अंग्रेजी मा कर्नस् (corns) भन्छन् । खील परेको भाग मा दबाब पर्दा दुख्छ । हिँडडुल गर्ने तथा काम गर्न सहज हुँदैन । एसको बाहिरी सतह मृत कोषहरु ले भरिएको हुन्छ ।
कारण
छाला मा निरन्तर घर्षण भइरहँदा या दबाब पर्न जाँदा केही समय पश्चात् दबाब परेको निश्चित ठाउँ मा खील को उत्पत्ति हुने हो । कुनै ठोसो नै बाँकी रहनु पर्छ भन्ने छैन । प्रायः गरेर कसिलो जुत्ता को प्रयोग ले खुट्टा को बूढी औंला को साइड मा बाक्लो छाला को तह बन्दै र साह्रो हुँदै जान्छ र तेहाँ पछि खील पर्न सक्छ । तेस्तै अग्लो हिल भएको टाइट जुत्ता लगाउनाले कुर्कुच्चा मा खील पर्ने सम्भावना हुन्छ । बिना मोजा साह्रो तलुवा भएको जुत्ता लगाउनाले पनि पैताला मा खील पर्न सक्छ । बाजा बजाउने वाद्यवादक, मूर्ति कुँद्ने मूर्तिकार, काठ कुँद्ने शिल्पकार, नाच्ने कलाकार, कपडा काट्ने मास्टर, कुची चलाउने चित्रकार, धावक, मार्शल आर्टिष्ट, खेलाडी आदि लाई हत्केला वा पैताला मा बढ्ता घर्षण हुने र दवाव परिरहने ठाउँ मा खील पर्ने सम्भावना हुन्छ । क्रिकेट खेलाडी लाई हत्केला तथा औंला का काप मा खील को समस्या निस्कन सक्छ । समग्र मा छाला को कुनै भाग मा अत्यधिक घर्षण र दबाब परिरह्यो भने त्यो साह्रो र बाक्लो हुँदै गएर दुख्न थाल्छ । जसलाई हामी खील परेको भन्छौं ।
लक्षण
जटिलता
खील मा थप संक्रमण हुन गयो भने एसले जटिल समस्या को रूप लिन सक्छ ।
निदान
खील को पहिचान सम्बन्धित विशेषज्ञबाट छाला को परीक्षण तथा पूर्ण रगत गणना गराएर गरिन्छ । डाक्टर ले कुनै इन्फेक्सन ले एस्तो भएको हो वा खील नै हो भन्ने पनि छुट्याउने छन् ।
उपचार
खील को मामिला मा हाम्रा गाउँघर मा एउटा मान्यता के छ भने धेरै अगाडी काँडा बिझेको र त्यो काँडा राम्ररी निस्केको छैन । तेसको तुस बाँकी नै छ । तेसलाई जब सम्म बाहिर निकालिँदैन तब सम्म यो निको हुँदैन । तसर्थ एसको लागि लुगा सिउने सियो ले घोचेर काँडा झिक्ने प्रयास गरिन्छ । तेसरी कोट्याउँदै जाँदा भित्र काला काला मसिना धर्सा समेत देखिन सक्छन् । तिनैलाई काँडा भन्ने ठानिन्छ । तर त्यो काँडा नभएर रगत जमेर सुकेको अवस्था हो । खील कोट्याउनु भन्दा अगाडी तेसलाई तातो पानी मा डुबाएर वा म्वाइस्चराइजर लगाएर वा कागती को रस चुहाएर नरम पार्नु आवश्यक हुन्छ ।
डाक्टरहरु ले पनि खील लाई सानो शल्यक्रिया गरेर हटाउँछन् । बजार मा खील लाई नरम पार्ने स्यालिसाइलिक एसिड भएका ह्याण्डिप्लाष्ट जस्ता टेप किन्न पाइन्छन् । सो टेप लगाएर खील भएको भाग लाई नरम पारिसके पछि बिस्तारै खुर्केर हटाउन सकिन्छ । अनि केही दिन मै त्यो निको भएर जान्छ ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्